Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

पोखरामा बन्दै गरेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको २५ प्रतिशत निर्माण सकियो

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामले गति लिएको छ । विमानस्थल निर्माणको २५ प्रतिशत काम पूरा भएको विमानस्थल निर्माण आयोजनाले जानकारी दिएको छ । तोकिएको अवधिभन्दा पहिले नै निर्माण सम्पन्न गर्ने गरी कामले गति लिएको आयोजना प्रमुख बिनेश मुनकर्मीले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - यसअघि पोखरामा आयोजित एक कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको अवधिभन्दा ६ महिनाअघि नै तयार हुने दाबी गरेका थिए । मन्त्री अधिकारीको दाबीअनुरूप नै विमानस्थल ६ महिनाअघि नै तयार हुने आयोजना प्रमुख मुनकर्मीले बताए । ‘मन्त्रीज्यूले भन्नुभएको झैँ ६ महिनाअघि नै निर्माण सम्पन्न हुने ढंगले काम भइरहेको छ,’ उनले भने, ‘यसका लागि सबै प्रकारको वातावरण तयार पनि छ ।’ के–के काम हुँदै छ ? विमानस्थल निर्माण आयोजनाका अनुसार अहिले विमानस्थलको रनवेमा अन्तिम लेयर ढलान गर्ने काम धमाधम चलिरहेको छ । तीन तहको ढलान गर्नुपर्ने र तेस्रो चरणको ढलानको पनि १० प्रतिशत काम सकिएको आयोजना प्रमुख मुनकर्मीले बताए । उनका अनुसार अहिले साइड सम्याउने काम पनि त्यही ढंगले चलिरहेको छ । एप्रोन निर्माणको काम सकिएको छ । जहाज पार्किङ गर्ने स्थल निर्माणको काम पूरा भएको छ । रनवे, टर्मिनल बिल्डिङ, हेंगर बिल्डिङ, कार्गो, एटिसीलगायत अन्य सहायक गरी विभिन्न ११ भवन निर्माण कार्य एकसाथ भइरहेको छ । हेंगरको ढलान कार्य सकिएर स्टिल स्ट्रक्चरको काम सुरु भएको उनले जानकारी दिए । साइड ड्रेनको काम भइरहेको, पाँचवटा कल्भर्टको निर्माणको काम पूरा भएको र सिँचाइ नाला निर्माणको कामसमेत सकिएको मुनकर्मीले बताए । असारसम्म ३५ प्रतिशतभन्दा धेरै काम सकिने निर्माण सम्झौताअनुसार असारसम्म ३५ प्रतिशत काम सक्ने लक्ष्य हो । आयोजना प्रमुख मुनकर्मीले त्योभन्दा धेरै काम सम्झौता अवधिमा भइसक्ने दाबी गरे । उनका अनुसार अहिले निर्माण कार्यमा दैनिक तीन सय ५० जना कामदार खटेका छन् । अहिलेसम्म विमानस्थल आयोजनाले साढे तीन अर्ब रुपैयाँ भुक्तानी दिइसकेको छ । झन्डै ३० करोडको थप बिल आइसकेको उनले जानकारी दिए । निर्माण कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता हो । यद्यपि, विमानस्थल निर्माणको काम एकचौथाइ सकिँदा नसकिँदै हवाई उडान कम्पनीले आफ्ना विमान उडानका लागि पूर्वाधारप्रति चासो राखिसकेका छन् । बुद्ध एयर, हिमालयन एयरलाइन्स र एउटा चिनियाँ विमान उडान कम्पनीले हेंगरलगायतका पूर्वाधार बनाउने चासो राखेको आयोजना प्रमुख बिनेश मुनकर्मीले बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: