Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

राजदूत शेर्पाले भनिन् : मेरो चरित्रहत्याको न्याय कसले दिने ?

काठमाडौं । अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले दुई महिना लामो खिचातानीपछि अन्ततः राजीनामा दिएकी छन्। राजदूत शेर्पा ‘मानव तस्करी’जस्तो गम्भीर आरोपमा मुछिएकी थिइन्। आफ्नै गाडी चालक वाङ्छु शेर्पाले मानव बेचबिखन आरोप लगाएका थिए। यो विवादले नेपाली राजनीति नै तरंगित भएको थियो। आजको अन्नपुर्ण पोष्ट दनिक्मा खबर छ - सत्तारुढ दलले पटक–पटक बैठक बसी निकासको बाटो खोज्यो। पूर्वएमाले र पूर्वमाओवादीबीच सम्बन्धको आधार केलाइयो। तब पार्टीले उनलाई राजीनामा गराउने निष्कर्ष निकाल्यो। राजनीतिक दलका नेता र सरकारले पनि राजीनामा दिन सुझाए। त्यही आधारमा राजदूत शेर्पालाई आवश्यक प्रक्रिया पूरा गर्न अस्ट्रेलिया पठाइयो। यसबीच उनले पनि आफू निर्दोष रहेको भन्दै राजनीतिक भेटघाट बढाइन्। उनले ‘झुटो आरोप’विरुद्ध अन्तर्राष्ट्रिय अदालतसम्म पुग्ने बताउँदै आएकी थिइन्। अन्ततः अस्ट्रेलियाबाट फर्किएर उनले परराष्ट्र मन्त्रालयमा राजीनामापत्र बुझाएकी हुन्। उनले आफूमाथि लागेको आरोप झुटो भएको र यस्तो समस्या बोकेर बस्न नसक्ने राजीनामामा खुलाएकी छन्। ‘सत्य कहिल्यै मर्दैन, त्यही नैतिकताका आधारमा राजीनामा दिएकी छु’, उनले विज्ञप्तिमार्फत भनेकी छन्। छानबिन समितिले मानिस लगेको पुष्टि गर्न सकेन। विवादित व्यक्ति राजदूत रहँदा सम्बन्धित मुलुकसँगको सम्बन्धमा आशंका रहने निष्कर्ष समितिले निकाल्यो। ‘देश र जनताप्रतिको जिम्मेवारीमा अनवरत सेवा गरिरहँदा ममाथि भएको चरित्रहत्याको न्याय कहिले र कसले दिने ? ’, राजीनामापछि उनले भनिन्, ‘न्यायिक फैसला होस्, सत्य नमरोस्। यसकै लागि मैले बाटो खुला गरेकी हुँ। मैले मेरो र परिवारको बैंक खातासमेत खुला राखिदिएको छु।’ आरोप लगाउने व्यक्तिविरुद्ध पहिला आफूले उजुरी गरेको तर त्यसको सुनुवाइ नभएको गुनासो उनले गरिन्। पछि आफूमाथि नै छानबिन गर्ने नियतबारे स्पष्ट हुन जरुरी रहेको उनको भनाइ छ। ‘मलाई आरोप लगाउने व्यक्तिले एक वर्षदेखि बदमासी गरेको कुरा मन्त्रालयमा भन्दा पनि वास्ता भएन’, उनले भनिन्, ‘तर, उसले सञ्चारमाध्यमबाट ममाथि आरोप लगाउनेबित्तिकै छानबिन समिति बनाइयो। समितिका पदाधिकारीले हामीसँग त्यो सबै खालको छानबिन गर्ने प्राविधिक दक्षता छैन, पाएको यथार्थ राखेर प्रतिवेदन बनाउने भने। आखिर मलाई अन्योलमा राखे अनि राजीनामा दिएँ।’ एकतर्फी कुरा सुनेर निचोडमा पुगेकाले आफू कानुनी प्रक्रियामा जान सक्ने चेतावनी उनले दिइन्। ‘कोसँग कति पैसा लिएको हो ? त्यो देखाउनुप‍र्‍यो’, उनले भनिन्। कानुनी उपचार, परराष्ट्रभित्रकै जालो र शरणार्थीको खेती गर्ने व्यक्तिका विषयमा के गर्ने भनेर परामर्श लिइरहेको उनको भनाइ छ। उनका अनुसार २०७४ मंसिर ५ मा मन्त्रालयसहित अस्ट्रेलियाको सम्बन्धित निकायमा उक्त व्यक्तिको गैरकानुनी क्रियाकलापबारे पीडितले पठाएको प्रमाणसहित उजुरी पठाइएको थियो। उक्त पत्रको सुनुवाइ नगरी कसैले चिच्याएका भरमा कूटनीतिक नियोग प्रमुखका विषयमा छानबिन समिति बनाउनु दुर्भाग्य भएको उनको भनाइ छ। उनका अनुसार अस्ट्रेलियाको पीआर लिने चक्करमा नेपाली विद्यार्थी दलालबाट ठगिने गरेका छन्। त्यसलाई रोक्न खोज्दा आफूविरुद्ध आरोप लागेको उनको दाबी छ। कूटनीतिक मर्यादाका कारण तत्काल आरोप चिर्न नसकेको उनले खुलाइन्। ‘एकोहोरो भ्रम, लान्छना र जालझेलमा पर्दा पनि पहाडै खसेको देख्दाझैं मूकदर्शक बन्नुपर्‍यो’, विज्ञप्तिमा लेखिएको छ। शरणार्थी माध्यमबाट पीआर पाउने भएकाले केही व्यक्तिले ‘शरणको खेती’ गर्ने कुचेष्टाले वाङ्छुलाई प्रयोग गरेको दाबी उनले गरिन्। ‘अनुसन्धानमा सहयोग गर्न मैले आफ्नो कूटनीतिक उन्मुक्ति खुला गर्दै अस्टे«लिया सरकारसमक्ष पेस गरेकी थिएँ’, उनले भनिन्, ‘अस्ट्रेलिया सरकारले सम्पूर्ण आरोप झुटो साबित गर्दै ससम्मान कूटनीतिक रूपमा काम गर्न हौसला प्रदान गर्‍यो।’ गाउँको दूरदराजदेखि अन्तर्राष्ट्रिय मञ्च हुँदै नीति निर्माण तहसम्म भूमिका रहेको उनले स्मरण गराइन्। भनिन्, ‘मेरो शैक्षिक स्थिति, पारिवारिक पृष्ठभूमि, राजनीतिक–सामाजिक–आर्थिक हैसियतबारे विवेकशील समाजका कोही पनि अनभिज्ञ छैनन्।’ वाङ्छुलाई सरकारले अविलम्ब नेपाल झिकाई कानुनअनुसार कारबाही गर्नुपर्ने उनको माग छ। ‘घटनाको वास्तविकता र यथार्थ थाती राखेर एकाध मिडियाको पछाडि लागी कूटनीतिज्ञजस्ता व्यक्तिलाई मानमर्दन गर्ने परम्पराको थालनी हुनु दुखद् छ’, उनले भनेकी छन्। आफू मानव तस्करीविरुद्ध लड्दै आएको उनले सुनाइन्। भनिन्, ‘मेरो सर्वस्व भनेकै इमानदारी हो।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: