Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने एक सय २७ पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा चोरी गर्ने एक सय २७ लाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - महिना दिनयता प्रहरीले सुरु गरेको विशेष अप्रेसनपछि पक्राउ परेका उनीहरूमध्ये ३ महिला र २१ पुरुष पुर्पक्षका लागि जेल चलान गरिएका छन् । दुई महिला र १८ पुरुष धरौटीमा छुटेका छन् । बाँकी ८३ जनाको भने हिरासतमै थप अनुसन्धान भइरहेको छ । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले पक्राउमध्ये केही भारतीयमूलका छन् । उनले भने, ‘चोरीविरुद्ध प्रहरीले विशेष अप्रेसन चलाएको थियो । जसमा अधिकांश नेपाली युवा–युवती पक्राउ परेका छन् । केही भने भारतीयमूलका पनि पक्राउ परेका छन् । उनीहरूविरुद्ध विशेष अनुसन्धान भइरहेको छ ।’ धेरैजसो चोरी दिउँसै प्रहरीका अनुसार पक्राउ परेका मध्ये अधिकांश दिउँसोको समयमा चोरी गर्नेहरू छन् । एकान्त घर तथा सुनसान अवस्थाका घर उनीहरूको पहिलो निशानमा रहने प्रहरीको भनाइ छ । महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, ‘विशेष गरी दिउँसो हुने चोरीका घटना बढेका छन् । एकान्त स्थानका सुनसान घरमा धेरै चोरी हुने गरेको पाइयो । उजुरी बढेपछि हामीले संयुक्त रूपमा अनुसन्धान ग-यौँ । यही क्रममा उनीहरू पक्राउ परे ।’ प्रहरीका अनुसार उनीहरूले विशेष गरी तत्काल नगदमा बदल्न सकिने सामग्री चोरीको पहिलो निशाना बनाउने गरेको पाइएको छ । सोही कारण टेलिभिजन, मोबाइल, सुन र चाँदीका गहना चोरी हुने गरेको प्रहरीले बताएको छ । काठमाडौं परिसरका प्रमुख एसएसपी लामाले भने, ‘टिभी, मोबाइल, सुन, चाँदीजस्ता सामग्री धेरै चोरी हुने गरेको पाइयो । किनकि, यस्ता सामग्री तुरुन्तै बिक्न सक्छन् । अब हामीले चोरीका यस्ता सामग्री खरिद गर्नेहरूलाई पनि पक्राउ गर्छौँ । केहीलाई पक्राउ गरिसकिएको छ ।’

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: