Khabar Dabali २८ पुष २०८२ सोमबार | 12th January, 2026 Mon
Investment bank

ऊर्जामन्त्रालय मातहतका आयोजना ठेक्का सम्झौताअनुसार भएन

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतका ४० प्रतिशत बढी ठेक्का सम्झौताको म्याद थप नभएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै सार्वजनिक गरेको ‘नेपाल सरकारद्वारा सञ्चालन भएका आयोजनामा निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था अध्ययन तथा विश्लेषण’ विषयक प्रतिवेदनमा रु १८ अर्ब ६६ करोडका २३५ ठेक्का सम्झौता पनि तोकिएको समयमा पूरा नभएको पाइएको उल्लेख छ । ती ठेक्का सम्झौतामध्ये ९४ वटा ठेक्काको म्यादसमेत थप नभएको पाइएको छ । प्रतिशतका आधारमा ४० प्रतिशत बढी ठेक्काको म्याद थप भएको अवस्था नदेखिएको र सम्पन्न पनि नभएको पाइएको आयोगको प्रतिवेदनमा उल्लेख छ । आयोगले २०६६ देखि २०७५ मङ्सिर मसान्तसम्मको अवधिको समग्र ठेक्काको अवस्थाको बारेमा अध्ययन गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । आयोगका अनुसार २०६६ सालमै सम्पन्न गर्नुपर्ने दुई वटा ठेक्का गत मङ्सिर मसान्तसम्म पनि सम्पन्न नभएको र म्याद पनि थप नभएको अवस्था छ । सो ठेक्काको कूल लागत रु दुई करोड रहेको छ । यस्तै २०६७ मा नै सम्पन्न हुनुपर्ने चार वटा परियोजना गत मङ्सिर मसान्तसम्म पनि सम्पन्न भएका छैनन् । ती आयोजनाको कूल लागत रु ३६ करोड रहेको छ । यस्तै २०६८ मा सम्पन्न हुनुपर्ने कूल तीन आयोजनाको अवस्था पनि उस्तै रहेको छ । ती आयोजनाको लागत रु एक अर्ब ६८ करोड रहेको छ । आयोगको प्रतिवेदनअनुसार २०६९ मा सम्पन्न हुनुपर्ने पाँच वटा परियोजनाको अवस्था पनि समस्याग्रस्त रहेको पाइएको छ । ती आयोजनाको लागत रु दुई करोड बराबरको छ । विसं २०७० मा सम्पन्न हुनुपर्ने कूल नौ वटा आयोजना पनि गत मङ्सिर मसान्तसम्म पनि समस्याग्रस्त रहेको पाइएको छ । ती आयोजनाको कूल लागत रु ३३ करोड रहेको छ । आयोगको प्रतिवेदनअनुसार २०७१ सालमा सम्पन्न हुनुपर्ने चार आयोजनाको लागत रु दुई अर्ब १६ करोड बराबरका छन् । यस्तै २०७२ मा सम्पन्न हुनुपर्ने आठ आयोजना पनि गत मङ्सिर मसान्तसम्म सम्पन्न हुनुपर्ने थिए । ती आयोजना पनि समस्यामा रहेको भन्दै आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । ती आयोजनाको लागत रु ५९ करोड रहेको छ । यस्तै २०७३ सालमा नै सम्पन्न हुनुपर्ने भनिएका २७ आयोजना पनि समस्यामा छन् । ती आयोजनाको कूल लागत रु दुई अर्ब चार करोड रहेको छ । आयोगका अनुसार २०७४ मा सम्पन्न हुनुपर्ने ३९ आयोजनामा पनि जटिलता देखिएको छ । ती आयोजनाको कूल लागत रु दुई अर्ब ६१ करोड छ । यस्तै २०७५ मङ्सिर मसान्तसम्म १३४ आयोजना सम्पन्न हुनुपर्नेमा ती पनि समस्यामा परेको आयोगको विवरणमा समावेश छ । ती आयोजनाको कूल लागत रु आठ अर्ब ८५ करोड छ । आयोजनाको ठेक्का अवधि सकिए पनि ती आयोजनाको सम्झौता नवीरकण नभएको तथा आयोजना कुन अवस्थामा छन् भन्ने पनि कुनै जानकारी नभएको आयोगको ठहर छ । शहरी विकासको पनि उस्तै आयोगको प्रतिवेदनअनुसार शहरी विकास मन्त्रालयको पनि आर्थिक वर्ष २०६४÷०६५ देखि आव २०७४÷०७५ भित्र सम्पन्न गर्नुपर्ने रु छ अर्ब ३० करोड बराबरको ४४२ ठेक्कामध्ये १७१ वटा ठेक्काको म्याद थप नभएको र उक्त ठेक्का सम्झौता सम्पन्न भएको पनि नपाइएको छ । विभिन्न जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र बर्थिङ सेन्टरलगायतका पूर्वाधार निर्माणको काम सम्पन्न नहुँदा नागरिक समस्यामा परेका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending