Khabar Dabali १८ पुष २०८२ शुक्रबार | 2nd January, 2026 Fri
Investment bank

पेट्रोलियम व्यवसायलाई व्यवस्थित गरिने

नुवाकोट। सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी दरमा पेट्रोलियम पदार्थ बिक्री हुँदै आइरहेकामा अब त्यसलाई रोक्न जिल्ला प्रशासन कार्यालय, नुवाकोटले सक्रियता देखाएको छ । प्रशासनले उपभोक्ता, व्यवसायीलगायत सरोकारवालासँग समन्वय गर्दै मूल्य सन्तुलन कायम राख्नेदेखि उपभोक्ता अधिकार सुरक्षित गर्न उक्त कदम चालेको हो । जिल्लामा रहेका पेट्रालियम व्यवसायी आफ्नो व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउन तथा अत्यावश्यकीय सेवाका रूपमा सेवा प्रवाह गर्न सहमत भएका छन् । सोमबार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा व्यवसायीले ग्राहकलाई अत्यावश्यक हुँदा जुनसुकै समयमा पनि पेट्रोलियम पदार्थ उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन् । प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाको पहलमा व्यवसायी, उपभोक्ता र नागरिक समाजका प्रतिनिधिबीचको छलफलमा काठमाडौँभन्दा नुवाकोटमा पेट्रोलियम पदार्थको मूल्य बढी भएको सन्दर्भमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने विषयमा सबै सहमत देखिएका छन् । त्यसक्रममा व्यवसायीले निर्धारित दरमै आफूहरूले पेट्रोलियम पदार्थ उपलब्ध गराइरहेको र यसका बारेमा नियामक निकायको निर्णय पालना गरिरहेको बताएका थिए । छलफलमा व्यवसायीले पेट्रोलियम पदार्थ वितरण प्रक्रियालाई पारदर्शी बनाउने र ग्राहकको गुनासो नआउने अवस्था सिर्जना गर्न प्रतिबद्ध रहने धारणा व्यक्त गरेका थिए । त्यसक्रममा प्रजिअ थापाले उपभोक्ता हित विपरीतका काम हुन नदिनेमा स्थानीय प्रशासन प्रतिबद्ध रहेको बताउँदै मूल्य समायोजनका सन्दर्भमा सम्बन्धित निकायमा पत्राचार गरी समाधानको पहल गरिने जानकारी गराएका छन् । कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नुवाकोटका अध्यक्ष इन्द्रबहादुर पण्डित, नेपाल नागरिक समाज नुवाकोटका सचिव शिव देवकोटा र पत्रकार महासङ्घ नुवाकोटका सहसचिव जमुना गजुरेलले काठमाडौँमा भन्दा नुवाकोटमा पेट्रोलियम पदार्थको मूल्य बढी हुनुपर्ने कुनै कारण नरहेको बताएका थिए । उनीहरूले पेट्रोलियम पदार्थ वितरण प्रक्रिया पारदर्शी र व्यवस्थित नभएको भन्दै स्थानीय प्रशासन र व्यवसायीको ध्यानाकर्षण गराएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending