Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

भारतीय बजार खुला र सहज बनाउन जोड

काठमाडौँ। हजारौँ वर्षदेखि रहँदै आएको नेपाल–भारतबीचको सम्बन्ध अझ सुदृढ बनाइनुपर्नेमा जोड दिइएको छ । भारतको गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले दुई देशबीचको सम्बन्ध असल छिमेकीका रुपमा अघि बढेको बताए । “यातायात, कृषि, ऊर्जा, भौतिक पूर्वाधारलगायत विकासका क्षेत्रमा भारतको सहयोग छ, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको हार्दिकताले दुई देशबीच सम्बन्ध अझ गहिरो भएको छ, इतिहासमै राम्रो सम्बन्ध अहिले स्थापित भएको छ”, उनले भने । साक्षात्कारमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले भारतको स्वतन्त्रता सङ्ग्राममा नेपालको सहयोग र नेपालमा राणाशासन अन्त्य गर्नका लागि भारतको भूमिका महत्वपूर्ण रहेको स्मरण गरे । नेपालबाट भारत निर्यात हुने वस्तुका लागि भारतीय बजार खुला र सहज बनाउनुपर्नेमा पनि पूर्व परराष्ट्रमन्त्री डा महतले जोड दिए । एक प्रसङ्गमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदनलाई दुवै देशका सरकारले बेवास्ता गरेको हो कि भन्ने आशङ्का रहेको विचार व्यक्त गरे । एकीकृत राप्रपा९राष्ट्रवादी० का संयोजक डा प्रकाशचन्द्र लोहनीले भारत विश्वमै उदीयमान अर्थतन्त्रका रुपमा रहेकाले त्यसको फाइदा नेपालले लिनुपर्ने भनाइ राखे । ‘‘दुवै देशले एक–अर्काको समस्यालाई संवेदनशील भएर अघि बढ्नुपर्छ, सांस्कृतिक, आर्थिक, सुरक्षा र राजनीतिक सम्बन्धका पाटाबाट सम्बन्ध मजबुत बनाउनुपर्छ, हामीबीच राजनीतिक रुपमा कुनै समस्या छैन, यसलाई निरन्तरता दिनुपर्छ’’, पूर्वपरराष्ट्रमन्त्री डा लोहनीले भने । प्रवुद्ध व्यक्ति समूह ९इपिजी० नेपालतर्फका संयोजक डा भेषबहादुर थापाले इपिजीले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न दुवै देश इमान्दार हुनुपर्ने बताए । नेपाल र भारतबीचको सम्बन्ध थप प्रगाढ र अर्थपूर्ण बनाउन इपिजी प्रतिवेदन महत्वपूर्ण हुने उनको जिकिर थियो । राष्ट्रिय जनता पार्टी ९राजपा० का नेता अनिलकुमार झाले आतङ्कवाद र अपराधको समस्यालाई दुबै देश मिलेर समाधान गरिनुपर्नेमा जोड दिँदै सीमा क्षेत्रको समस्या बुझ्ने मानिस प्रबुद्ध समूहमा नराखिएकाले प्रतिवेदनमा त्यहाँको समस्या आउन नसकेको विचार व्यक्त गरे । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले हजारौँ वर्षदेखिको जनता–जनताबीच रहेको दुई देशबीचको सम्बन्ध अझै सुदृढ बनाइने प्रतिबद्धता जनाए । “दुई देशका प्रमुख शहरमा शुरु भएको बस सेवाले दुबै देशका जनतालाई जोडेको छ, वर्षौंदेखिको सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन अर्को महीना नेपालमा महोत्सव गर्न लागिएको छ, महोत्सवमा भारतको सांस्कृतिक प्रस्तुतिसहित संस्कृत सम्मेलनसमेत गरिनेछ”, उनले भने । इपिजीले तयार पारेको प्रतिवेदन भारतीय प्रधानमन्त्री मोदीले किन नबुझ्नुभएको हो भन्ने सञ्चारकर्मीको जिज्ञासामा राजदूत पुरीले त्यो समूह स्वतन्त्र भएको र आफू त्यसमा सहभागी नभएकाले त्यस विषयमा आफूले जवाफ दिन नसक्ने बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending