Khabar Dabali १३ माघ २०८२ सोमबार | 26th January, 2026 Mon
Investment bank

अष्ट्रेलियामा ९० बढी घोडा, १० लाख माछाको मृत्युः १२० जनावरलाई मार्ने तयारी आखिर किन ?

बीबीसी । अष्ट्रेलियाको उखरमाउलो गर्मीका कारण केही दिनभित्र ९० बढी जंगली घोडाको मृत्यु भएको छ । मध्य र उत्तर–मध्य अष्ट्रेलियाको नर्दन टेरिटोरीको एलिस स्प्रिंग्स नजिकै सुकिसकेका खाल्डामा रेन्जरहरुले मरेका घोडा भेटेका हुन् । करिब ४० घोडाको पानीको कमी र भोकका कारण मृत्यु भइसकेको थियो । बचेका मरणासन्न घोडालाई पछि प्रशासनले मारिदिए । अष्ट्रेलियामा पछिल्लो दुई हप्तादेखि भीषण गर्मी छ । पूरा देशमा गर्मीका पछिल्ला रेकर्ड तोडिएका छन् । बिहिबार एडिलेडमा सन् १९३९ को रेकर्ड तोड्दै तापक्रम ४६.२ डिग्री सेन्टिग्रेडसम्म पुग्यो । अष्ट्रेलियामा उखरमाउलो गर्मीः वन्यजन्तुको सामूहिक मृत्यु, बाटो पग्लियो, बिरामीको संख्या बढ्दो घोडा कसरी भेटिए ? स्थानीय प्राधिकरण सेन्ट्रल ल्याण्ड काउन्सिल (सीएलसी) का अनुसार एक समूदायका मानिसहरुले घोडा नदेखिएको रेन्जर्सलाई बताएपछि यी घोडा भेटिएका हुन् । घोडाको मृत्यु भएको एक स्थानीय निवासी राल्फ टर्नर पनि पुगे र उनले यसको तस्बिर पोस्ट गरेर यसमा ‘नरसंहार’ लेखे । उनले बीबीसीलाई भने, ‘यो हाम्रो लागि ठूलो यातना थियो । मैले पहिले यस्तो प्रकारको केही पनि देखेको थिइनँ । चारैतर्फ घोडाका शव थिए ।’ उनले भने, ‘यस्तो भएकोमा मलाई विश्वास नै लागिरहेको थिएन ।’ अर्का एक स्थानीय रोहन स्मिथले एबीसीलाई भने, ‘त्यहाँ धेरैजसो पानी भइरहेको हुन्थ्यो र यसका लागि घोडा कतै पनि जाँदैनथे ।’ अष्ट्रेलियाको तापक्रमले रेकर्ड तोड्यो, गर्मी अझै बढ्न सक्ने चेतावनी दिँदै घरभित्रै बस्न सुझाइयो बाँकी भएका घोडालाई किन मारियो ? काउन्सिलले बाँकी भएका घोडालाई किन मारियो भन्ने प्रश्नमा भन्यो, ‘किनभने उनीहरु मृत्युका निकै करिब थिए ।’ सिएलसीका निर्देशक डेविड रसले परिषद्ले तिर्खाका कारण मर्न लागेका अन्य एक सय २० जंगली घोडा, गधा र ऊँटलाई मार्ने योजना बनाइरहेको जानकारी दिए । अष्ट्रेलियाको मौसम विभागका अनुसार पछिल्लो दुई हप्ताको क्रममा तापक्रम ४२ डिग्री सेन्टिग्रेडसम्म बढेको जबकी यहाँ जनवरी योभन्दा ६ डिग्री कम तापक्रम रहन्थ्यो । अष्ट्रेलियाको गर्मीले रेकर्ड तोड्योः अष्ट्रेलियाको तापक्रमले अहिलेसम्मकै रेकर्ड तोडेको छ । प्रशासनले स्वास्थ्य सम्बन्धि चेतावनी दिँदै वृद्ध र बच्चाहरु बिरामी हुने आशंका जताउँदै उनीहरुलाई घरभित्रै रहन आग्रह गरेको छ । अत्यधिक गर्मीका कारण अन्य जंगली जनावर पनि प्रभावित भएका छन् । न्यू साउथ वेल्समा चमेरोको पनि सामूहिक मृत्यु भएको रिपोर्ट प्राप्त भएको छ । सुख्खाले प्रभावित राजयको नदी किनारामा करिब १० लाख माछा पनि मारेको पाइएको छ ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending