Khabar Dabali २९ पुष २०८२ मंगलवार | 13th January, 2026 Tue
Investment bank

के भएको रहेछ बारपाक सुलिकोटमा ? कहाँ-कहाँ पुगे डा. बाबुराम भट्टराई ?

काठमाडाैं । एक दुई दिनदेखि डा बाबुराम भट्टराई र बारपाक सुलिकोट गापाको समाचारलाई लिएर सामाजिक सञ्जाल हरुमा निकै चर्चा र बहस चल्यो । चर्चा चलेपछि हामीले बारपाक सुलिकोट गापाको कार्यालय, जनप्रतिनिधि, कर्मचारी र स्थानिय समुदायलाई यसबारे बुझ्ने जमर्को गरेका छौं। कहाँ - कहाँ गए बाबुराम ? माघ ५ गते शनिवार गोरखाको बढुवामा आफ्नो पार्टीको कार्यक्रम सकेर सॉझ ५ बजे बारपाक सुलिकोट गाउॅपालिका वडा नं ८ जराङमा आयोजित जराङ कप फुटबलको पुरस्कार बितरण गर्न पुगेका बाबुराम सोहि कार्यक्रममा गापा अध्यक्ष बिष्णु भट्ट सॅग भेट भएको थियो। सोही कार्यक्रममा मा गापा अध्यक्ष बाबुराम भट्टले यस क्षेत्रको माननिय सांसद लाई गापा कार्यलयमा स्वागत तथा भेटघाट कार्यक्रम माघ ६ गते बिहान ९स्०० गर्ने गरि निमन्त्रणा गरेका थिए। जराङकपको समापन कार्यक्रम सम्पन्न भए पश्चात बाबुराम भट्टराई जराङमानै एक स्थानियकोमा बास बसेको र बिष्णु भट्ट कार्यालय फर्केका थिए। भोली पल्टको गापा कार्यलयमा मा सात वटा सडकको टेण्डर खोल्ने दिन साथै सांसदको स्वागतको तयारी गर्नु पर्ने हुनाले बिष्णु भट्ट तथा कर्मचारीहरु कार्यलय मा नै बसेका थिए। भोलि पल्ट दिउॅसो टेण्डर को काम भएकोले बिष्णु भट्टले बाबुराम भट्टराई लाई बिहान को समयमा निमन्त्रणा गरेका रहेछन्। भोली पल्ट बिहान जराङ,पन्द्रुङ, देउरालीको भेटघाट सकेर १०:३० बजे मात्रै बाबुराम भट्टराई गापा कार्यलय पाल्खु बजार पुगेका थिए। १० बजेबाट नै ७ वटा सडक खण्डको टेण्डर दर्ता प्रकृया सुरु भैसकेको थियो जसमा १४० वटा ठेक्का प्रस्तावहरु दर्ता भएको रहेछ। यती धेरै निर्माण ब्यबसायीहरु उपस्थित हुँदा सुरक्षाको संवेदनशिलता तथा भाडा मा लिईएको सानो अफिस घरमा एकै चोटी ब्यबस्थित गर्न स्थान पनि नभएकोले मुल गेटमानै चाबी लगाएर फर्म बुझ्ने काम भएको थियो। जनताको बिकासको यती संवेदनशील काम सिमित जनशक्ति द्वारा हुदै गर्दा बाबुराम भट्टराई पुगेको निर्धारित कार्यक्रम गर्न समय ढिलो हुँदा गर्न नसकिएको रहेछ। गापा कार्यलय अगाडि पुगेका भट्टराईले आफ्नो कसैले खासै वास्ता नगरेको ठान्दै केही फोटो खिचेर तामालाबोट तिर लागेको एक स्थानियले बताए। हतारोको तयारीले तामालाबोट तिर पनि खासै स्वागत नपाएको भट्टराई सोही दिननै सौरपानीको वडा कार्यालय मा छोटो भेटघाट गरेर काठमाडौ फर्किए पश्चात सामाजिक सञ्जाल मा बारपाक सुलिकोट गाउॅपालिका को तस्विरहरु पोष्ट गरेका थिए। के भन्छन गापा अध्यक्ष भट्ट ? हामीले यस बारे गाउॅपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट सॅग पनि कुरा गरेका थियौं उनको धारणा यस्तो रहेको थियो। स्थानिय सरकारको यो संक्रमणकालिन समयमा संस्थागत क्षमता बिकास चुनौतीको बिषय रहेछ, तै पनि प्रचलित कानुनको अक्षरस पालना गर्दै निकै मेहनत गरेर ठेक्का प्रकृयालाई निष्कर्षमा पुर्याएकोछौं। करिब डेडसयको फर्मको सहभागिता हुदॉ भिडभाड हुने कुरा नौलो होईन।अस्वस्थता बढ्ने सक्ने स्थितिमा प्रहरी प्रशासनको सहयोग लिनु पनि अन्यथा भएन।बर्षेनी पुँजीगत बजेट खर्च नहुने, फ्रिज भएर जाने, बाटोको गुणस्तरीयता को कमी को कारण नागरिकले सास्ती पाउने बिषयलाई गंभिरता पूर्वक लिएर यो कार्य गर्न हाम्रो कर्तव्य र दायित्व सम्झिएको छौं। ठेक्कामा देखिने कुसंस्कार ९ काठमाडौं देखि गोरखा सम्म लावालसाकर सहित ठेक्का कब्जा गर्ने त्यो पनि आफ्नै निर्देशनमा० हिजो बाटै चलेको हो, प्रधानमन्त्री अर्थमन्त्री हुदॉ आफुले त्यही चरित्र बोक्ने, कानुन निर्माण गर्न नसक्ने, सबै ठेक्का ई बिड गर्नु पर्ने बाध्यकारी नियन नबनाउने, ६० लाख भन्दा तलको ठेक्का हार्ड कपि बाट गर्न भन्ने कानुन बनाउने, अनी कानुन सम्बत् कुरालाई जनतामा भ्रम फैलाउन आफै उद्धत हुने, हामी यस सन्दर्भमा नैतिकता र समाचारको कसीमा तौलिन सधै तयार छौं। प्रणालिगत रुपमा देखिएको बिकृती विसंगति न हाम्रो कारण हो न हाम्रो बा छ। तिनको बिरुद्द आन्दोलन भा अन्तिम सम्म लड्ने प्रतिवद्धता हाम्रो रहनेछ। समाजमा ब्याप्त खराब मनोबृती एक छिनको उत्तेजनाबाट भन्दा निरन्तरको संघर्षबाटमात्रै सम्भव हुने हो। अफिसको र जनताको काम अलपत्र पारेर कसैको अघिपछि हिड्न र अबिरजात्र , लावालस्करमा सहभागि नभएकै आधारमा बारपाक सुलिकोट गाउॅपालिका अनगल प्रचारको शिकार हुन पुगेको हो। निति निर्माण तहमा नै बस्नेहरुले नै यस प्रकारको आक्षेप लगाउदा आफ्नो कर्तव्य बाट बिमुखहुने प्रयास मात्रैहो। अन्तमा यी सात सडकहरूको ठेक्का प्रकृया टुङ्गिएकोछ। निकट भविष्यमा काम सुरु हुनेछ । आआफ्नो ठाउँबाट गुणस्तरिय कामको लागि सबैको खबरदारी आवश्यक छ। कसैले पालिको कुण्ठा र फैलाएको भ्रम य उत्तेजना मा नअलमलिई तथ्यगत आलोचनाको अपेक्षा हो हाम्रो। प्रचलित कानुन लाई अक्षरस पालना गर्दै इमान्दारिताको साथ काम गर्न हामी प्रतिवद्ध छौ। [gallery link=\"file\" columns=\"1\" size=\"full\" ids=\"226655\"]  
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending