Khabar Dabali ७ श्रावण २०८३ बिहीबार | 23rd July, 2026 Thu
Investment bank

बजारमा केरा हाहाकार, अवैध आयात रोकिएपछि मूल्य वृद्धि

खबरडबली संवाददाता

काठमाडौँ। नेपाली बजारमा केराको चरम अभाव देखिएको छ । भारतीय नाकाबाट अवैधरूपमा भित्रिने केरालाई व्यवसायीले नै बहिष्कार गरेपछि बजारमा केराको हाहाकार मच्चिएको हो । आन्तरिक उत्पादन निकै कमजोर रहेको र अवैध रूपमा भित्रिएका केरा जनस्वास्थ्यका लागि समेत प्रतिकुल हुने भन्दै व्यापारीले बिक्री रोकेपछि बजारमा अभाव सिर्जना भएको हो ।

नेपाल फलफूल थोक व्यवसायी सङ्घका अध्यक्ष अमर बानियाँले बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई आपूर्तिमा आएको न्यूनताका कारण भएको बताए। उनका अनुसार केही महिनाअघिसम्म भारतबाट अवैध रूपमा ठुलो परिमाणमा केरा भित्रिँदा बजारमा खासै अभाव देखिएको थिएन । तर सङ्घकै पहलमा त्यस्ता अवैध केराको बिक्री वितरणमा रोक लगाएपछि आपूर्ति शृङ्खलामा एकाएक कमी आएको हो । 

नेपालको आफ्नै उत्पादन पर्याप्त नभएको र अवैध आयात रोकिएपछि बजार खाली हुँदा मूल्य बढेको उनको तर्क छ । अध्यक्ष बानियाँका अनुसार हाल गुणस्तरीय केराको अभाव हुँदा कतिपय स्थानमा उपभोक्ताले प्रतिदर्जन ३०० देखि ३५० रुपियाँसम्म तिर्नुपर्ने बाध्यता छ ।

सिमानाको फितलो सुरक्षा र कमजोर अनुगमनका कारण भारतीय केरा नेपाली उत्पादनको नाममा बजारमा प्रवेश गरिरहेको बताउँदै उनले यसलाई अझ कडाइका साथ रोक्नुपर्नेमा जोड दिए। 

पुस महिनापछि स्वदेशी उत्पादन न्यून हुने समयमा गैरव्यवसायीहरूले अवैध रूपमा केरा भित्र्याएर बजार कब्जा गरेको भए पनि अहिले सङ्घ र महासङ्घको अगुवाइमा त्यस्ता कार्य पूर्णरूपमा बन्द गरिएको उनले जानकारी दिए।

विशेष गरी पाँचतारे होटल तथा ठुला रेस्टुरेन्टहरूलाई गुणस्तरीय केरा अनिवार्य हुने र स्वदेशमा त्यस्तो 'ग्रेडिङ'गरिएको केरा नहुँदा उनीहरूले महँगो मूल्यमा खरिद गरिरहेकाले पनि बजारभाउ चुलिएको उनको भनाइ छ ।

यता किसानहरूले भने आफूहरूले प्रतिदर्जन ५० देखि ८० रुपियाँमा केरा बजार पठाएको दाबी गर्दै बिचौलियाका कारण मूल्य बढेको आरोप लगाउँदै आएका छन् । तर अध्यक्ष बानियाँले यो कुरा अस्वीकार गर्दै अहिले बजारमा उपलब्ध धेरैजसो नेपाली केरा गुणस्तरहीन रहेको र उपभोक्ताले नकिन्दा खुद्रा व्यापारीसमेत मारमा परेको बताए। उनले किसानहरूलाई उत्पादन गर्दा ग्रेडिङ र प्याकेजिङमा ध्यान दिन सुझाव दिएको छन् ।

सरकारले केरामा ८० प्रतिशत आत्मनिर्भर भएको दाबी गरे पनि वास्तविक उत्पादन ३० प्रतिशतको हाराहारीमा मात्र रहेको बानियाँको दाबी छ । उहाँले राज्यले आयात नियन्त्रण गर्दै स्वदेशी उत्पादन बढाउने ठोस नीति लिनुपर्ने र किसान एवं व्यवसायीबिच समन्वय गराउनुपर्नेमा जोड दिए। व्यवसायीका समस्या सुन्न सरकार उदासीन रहेको र कृषि मन्त्रीसँग भेटका लागि समय माग्दासमेत नपाएको भन्दै उनले गुनासो समेत व्यक्त गरे।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्पदंशले बालकको मृत्यु, खर्च नहुँदा शव बुझ्न समस्या

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–१२ बिजलपुरास्थित चल्कीमा सर्पदंशबाट एक बालकको मृत्यु भएको छ। उपचारका क्रममा लागेको खर्च तिर्न नसक्दा परिवारले ...

सुकुना विद्यालयको अपिल– छानबिन प्रभावित हुने गतिविधि नगर्न आग्रह

मोरङ। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले छात्रामाथि अमर्यादित व्यवहार गरेको आरोपबारे भइरहेको अनुसन्धानलाई प्रभावित पार्...

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । हिजो बुधबारको तुलनामा सुन तोलामा ३०० र चाँदी २५ ले बढेको हो ।  नेपाल सुनचाँदी...

पाल्पामा टिप्पर दुर्घटनामा चालकको मृत्यु

तानसेन। पाल्पाको तिनाउ गाउँपालिका–३ छहरागैरामा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउ–३, सिसुवा निवासी ३५ वर्षीय टिप्पर चालक ...

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल अर्ग्यानिक  सङ्घका पदाधिकारी तथा व्यवसाय...

कांग्रेसभित्र ‘हुकुमी शासन’को प्रवृत्ति देखिन थालेको छ: शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र हुकुमी शैलीको नेतृत्व र निरंकुश प्रवृत्ति देखिन थालेको टिप्पणी गरेका छन्। बुधबार न...

कालिकोटको सडक निर्माणमा अनियमितता, पूर्वउपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपैय...

‘सामाजिक लोकतन्त्र’ अपनाउनु कांग्रेसका लागि पश्चगमन हुन्छ : बिमलेन्द्र निधि

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिले कांग्रेसले ‘प्रजातान्त्रिक समाजवाद’को सिद्धान्त त्यागेर ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गर...

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रव...

दैलेखमा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु

दैलेख​। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–९ मा सर्पको टोकाइबाट आमा–छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending