काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन्त्री बनाउने प्रस्ताव पेश गर्ने तयारी भएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार, बैठकमा उक्त प्रस्ताव औपचारिक रूपमा अघि बढाइनेछ र आजकै बैठकले निर्णय पनि गर्न सक्ने सम्भावना छ।
भूपदेव शाह हाल पार्टीका केन्द्रीय सदस्य हुन्। उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग निकट रहँदै उनको सचिवालयमा समेत काम गरिसकेका व्यक्ति हुन्। बालेनसँगको सहकार्यका क्रममा उनी रास्वपाको राजनीतिक संरचनामा प्रवेश गरेका थिए।
यसअघि भएको आन्तरिक सहमतिअनुसार सुनिल लम्साल महामन्त्री थिए भने भूपदेव शाह सहमहामन्त्रीको जिम्मेवारीमा थिए। तर लम्साल मन्त्री बनेपछि रिक्त भएको महामन्त्री पदमा शाहलाई ल्याउन लागिएको स्रोतको भनाइ छ।
शाह बालेन शाहका प्रमुख स्वकीय सचिवको रूपमा समेत काम गरिसकेका छन् र उनलाई बालेन निकट व्यक्तिका रूपमा चिनिन्छ। रास्वपासँग एकीकरण प्रक्रियाका क्रममा उनी केन्द्रीय सदस्य बनेका थिए।
पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा उनी अछाम–२ बाट उम्मेदवार बने पनि पराजित भएका थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ७ गते, २०८३ - १८:०५
काठमाडौँ । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) सहित खाडीका विभिन्न मुलुकहरूका लागि स्थगित गरिएको श्रम स्वीकृति पुन: सुचारु गर्ने निर्णय गरेको छ। श्...
बैशाख ७ गते, २०८३ - १७:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह मनोनित भएका छन्। सोमबार बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्रीमा ...
बैशाख ७ गते, २०८३ - १७:४९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको संख्या विस्तार गरेको छ। सोमबार बसेको केन्द्रीय समिति बैठकले थप दुई जनालाई सचिवालयमा समावे...
बैशाख ७ गते, २०८३ - १७:४४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ६ जना सदस्य मनोनीत गरेको छ। सोमबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा...
बैशाख ७ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेस को संसदीय दलको नेता चयन गर्न यही ११ वैशाखमा निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार संसदीय दलको कार्यालय, सिंहदरबा...
बैशाख ७ गते, २०८३ - १७:१५
काठमाडौं । प्रधानमन्त्री बालेन शाह ले विश्वविद्यालयहरूमा कुनै समस्या परे सरकार सहयोग गर्न तयार रहेको बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री क...
बैशाख ७ गते, २०८३ - १६:५१
काठमाडौं। नागरिक लगानी कोषले सञ्चालन गर्दै आएको उपदान तथा पेन्सन योजनामा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था आबद्ध भएको छ । यससम्बन्धी औपचारि...
बैशाख ७ गते, २०८३ - १६:३९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको जान...
बैशाख ७ गते, २०८३ - १६:३०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई पार्टीको महामन्त्री बनाउने तयारी गरेको छ। आज बस्ने केन्द्रीय समिति बैठकमा उनलाई महामन...
बैशाख ७ गते, २०८३ - १४:३८
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विवादित व्यवसायी दीपक भट्टसँग आफू जोडिएको भन्ने विषयमा स्पष्टीकरण दिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनल...


प्रतिकृया लेख्नुहोस्: