Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

अधिकांश सांसदलाई प्रेसर र सुगरः उपचारको बिल १६ सयदेखि दुई लाखसम्म

काठमाडौं । संघीय संसद् सुरु भएको १० महिनाको अवधिमा ४६ जना सांसदले उपचार खर्चबापत सचिवालयबाट सात लाख ८० हजार रुपैयाँ बुझेका छन् । सचिवालयले एउटै सांसदलाई दुई लाख ३३ हजारसम्म उपचार खर्च दिएको पाइएको छ भने सबैभन्दा कम एक हजार ६ सय ५० रुपैयाँको बिल भुक्तानी सचिवालयबाट भएको छ । आजको नयाँ पत्रिकामा खबर छ- सांसदहरूमध्ये धेरैजसो ब्लडप्रेसर र सुगरको बिरामी भेटिएका छन् । संघीय संसद् सचिवालयस्थित स्वास्थ्य सेवासम्बन्धी शाखामा पुग्ने सांसदमध्ये अधिकांश प्रेसर, सुगरदेखि महिला सांसदमध्ये धेरै गाइनेको समस्या लिएर पुग्ने गरेका छन् । सचिवालयमा कार्यरत डा। एई अन्सारीले मुटु, किड्नीको उपचारलगायतका जटिल उपचार तथा अप्रेसनका लागि आफूहरूले सरकारी अस्पतालमा उपचार गराउन सिफारिस गर्ने र सांसदहरूले उपचारबापतको बिल पेस गर्दा रकम भुक्तानी गर्ने बताए । ‘चिकित्सक बोर्ड छ । हामी चिकित्सकहरू बसेर सांसदहरूले पेस गर्नुभएको बिललाई अडिट गर्छौँ अनि उपचार रकम भुक्तानी गर्छौँ,’ डा. अन्सारीले भने । उनका अनुसार दैनिक दर्जनभन्दा बढी सांसद सचिवालयमा प्रेसर तथा सुगरलगायतका सामान्य स्वास्थ्यजाँचका लागि पुग्ने गरेका छन् । सचिवालय पुगेर नै सुगर, प्रेसर जाँच गर्ने तथा उपलब्ध सामान्य औषधिको भने पैसा लाग्दैन । सांसदहरूको उपचारको खर्च सचिवालयले व्यहोर्ने ऐनमा व्यवस्था छ । सोही ऐनबमोजिम गठित चिकित्सक बोर्डले सांसदहरूले पेस गरेको बिलको भुक्तानी गर्ने वा नगर्ने निर्णय लिने सचिवालयले जनाएको छ ।  शीर्ष नेता कसले कति लिए ? राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गत १७ जेठमा संसद सचिवालयबाट २५ हजार दुई सय ४१ रुपैयाँ उपचार खर्च बुझेका छन् । नेकपाका भीम रावलले १८ असारमा उपचार खर्चबापत १४ हजार दुई सय ८५ रुपैयाँ  बुझेका छन् । उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले ३ मंसिरमा वीर अस्पतालको नाममा आठ हजार ३० रुपैयाँ र राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहालले वीर अस्पतालको नाममा १३ असारमा दुई हजार पाँच सय १५ र ३ मंसिरमा सात हजार तीन सय रुपैयाँ बुझेकी छन् । कांग्रेसकी कोषाध्यक्ष एवं सांसद सीतादेवी यादवले ५ भदौमा संसद् सचिवालयबाट उपचार खर्चको बिल बुझाएर नौ हजार ६ सय ४५ रुपैयाँ रकम बुझेकी छन् । त्यस्तै, कांग्रेसकै राष्ट्रिय सभा दलका नेता सुरेन्द्रराज पाण्डेले २४ भदौमा १५ हजार नौ सय ३४ रुपैयाँ बुझेका छन् । सबैभन्दा बढी उपचार  खर्च लिने सांसद शान्ति अधिकारी जिसी     रु. २,३३,३६९ सानु शिवा                रु. ८४,४४३ ज्ञानकुमारी छन्त्याल     रु. ३८,१७३ प्रकाश पन्थ            ३४,६२२ घनश्याम खतिवडा    रु. २६,६१३ उपचार खर्च लिन कम रकमको बिल भर्पाइ बुझाउने सांसद मानबहादुर विश्वकर्मा    रु. १,३२३ विमला विश्वकर्मा    रु. १,६५० मैनाकुमारी भण्डारी    रु. १,५०७ रेनुका गुरुङ    १,७२५ वृजेशकुमार गुप्ता    रु.२,१५४ धेरैपटक उपचार खर्च लिने सांसद संसद् सचिवालयबाट उपचारको बिल पेस गरी १० महिनामा एउटै सांसदले पाँचपटकसम्म उपचार खर्च बुझेका छन् । तीनपटकदेखि पाँचपटकसम्म उपचार खर्च लिने पाँचजना सांसद छन् । जसमध्ये सांसद स्मृतिनारायण चौधरीले गत जेठ महिनामा मात्रै तीनपटक उपचारको बिल पेस गरेका छन् । उनले जेठको १७ गते १२ हजार तीन सय १६ रुपैया, २८ गते तीन हजार चार सय ९० रुपैयाँ र ३१ गते दुई हजार पाँच सय ३४ रुपैयाँ बुझेका छन् । त्यस्तै, १८ असारमा तीन हजार एक रुपैया र १५ भदौमा तीन हजार पाँच सय २३ रुपैयाँ बुझेका छन् । कांग्रेस नेता मानबहादुर विश्वकर्माले गत जेठमा दुईपटक र भदौ र असोजमा गरी जम्मा चारपटक उपचार खर्च बुझेका छन् । सांसद कविता बोगटी, नवराज रावत र सानु शिवाले पनि सचिवालयबाट तीन–तीनपटक उपचार खर्च बुझेका छन् । राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दाहाल, सांसद घनश्याम खतिवडा, प्रमिला कुमारी, मीना बुढा, मैनाकुमारी भण्डारी, रेनुका गुरुङ, ध्रुवकुमार शाही र लीलानाथ श्रेष्ठले सचिवालयबाट दुई–दुईपटक उपचार खर्च लिएका छन् ।  एकपटक उपचार खर्च लिने सांसद ४६ सांसदमध्ये ३१ सांसदले भने एकपटक मात्रै सचिवालयबाट उपचार खर्च लिएका छन् । जसमा राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनादेखि उपसभामुख तुम्बाहाम्फे, नेकपा सांसद भीम रावल, कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव तथा कांग्रेसकै सुरेन्द्रराज पाण्डेसम्मका नेता छन् । सांसदहरू अगमप्रसाद वान्तवा राई, आशाकुमारी विका, उमा रेग्मी, उदय शर्मा पौडेल, कमलाकुमारी ओली, कलुदेवी विश्वकर्मा, कल्याणीकुमारी  खड्का, खिमबहादुर विक, गजेन्द्रबहादुर महत, दिलकुमारी, नन्दा चपाई, दिलकुमारी रावल थापा, नन्दलाल रोका क्षेत्री, प्रकाश पन्थ, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, यज्ञबहादुर बोगटी, रंगमती शाही, रामचन्द्र राई, विमला विश्वकर्मा, विन्दादेवी आले रानाले समेत एकपटक मात्रै उपचार खर्च लिएका छन् ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending