Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

रोल्पामा सडक दुर्घटनाः १८ जनाको मृत्यु, २८ घाइते

रोल्पा। रोल्पा सदरमुकाम लिबाङबाट मिरुल टुटुका लागि छुटेको यात्रुवाहक जीप दुर्घटना हुँदा जीपमा सवार दुईको ज्यान गयो ।  २० यात्रु लिएर सवार लु १ ज ३३३२ नम्बरको उक्त जीप सडकबाट करीब १०० मिटर तल खसेको स्थानीयले जानकारी दिएका थिए ।  केही दिन अघि सुलिचौरबाट सिर्प जुतुङखोलातर्फ जाँदै गरेको आशिरवाद प्रालिको ग १ ख ५५२१ नम्बरको बस दुर्घटनाग्रस्त भयो । सो दुर्घटनामा समेत दुईले ज्यान गुमाए भने २६ घाइते भए । छोटो अवधिमा भएका यी दुईवटा दुर्घटनाले जिल्लावासीलाई चिन्तित बनायो । सवारी दुर्घटनामा परी पुस महीनामा मात्रै सातले ज्यान गुमाए भने २६ घाइते भए । रोल्पामा पछिल्ला दिनमा सवारी दुर्घटनामा परी घाइते हुने तथा ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म १२ ले ज्यान गुमाइसकेका छन् । यो अवधिमा एक दर्जन बढी गम्भीर घाइते भए भने चार दर्जन बढी सामान्य घाइते भए । जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार हरेक वर्ष यातायात दुर्घटनाको सङ्ख्या बढी रहेको छ । आव ०७३/०७४ मा रोल्पामा भएको सवारी दुर्घटनामा परी पाँचले ज्यान गुमाएका थिए । उक्त वर्ष सामान्य र गम्भीर घाइतेको सङ्ख्या २७ थियो । आव ०७४/०७५ मा सवारी दुर्घटनामा परी मृत्यु तथा घाइते हुनेको सङ्ख्या ह्वात्तै बढेको ट्राफिक प्रहरी कार्यालयको अभिलेखमा देखिन्छ । सो वर्ष १८ को मृत्यु भयो भने २८ घाइते भए । चालू आवको छ महीनामा भएको सडक दुर्घटनाबाट प्रभावित हुनेको सङ्ख्यामा आएको वृद्धिले जिल्लाको यातायात व्यवस्थापनमा गम्भीर प्रश्न उठाएको छ । दुर्घटनाको मुख्य कारण ट्राफिक नियम पालना नगरेर सवारी चलाउने तथा ट्रयाक नखुल्दै सवारी चलाउन खोज्दा दुर्घटना बढी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक अम्मर थापाले बताए । समितिको अनुमति बिना नै यात्रुले जबर्जस्ती सवारी सञ्चालन गर्न दबाब दिने गरेका कारण पनि दुर्घटना बढेको छ कार्यालय प्रमुख थापाले भने ।  सडक मापदण्ड विपरीत हचुवाको भरमा निर्माण गरिनु र ती सडकमा १८ वर्ष नपुगेका किशोरले गाडी चलाउँदा दुर्घटना बढिरहेको जिल्लावासीको गुनासो रहेको छ । ग्रामीण सडक रहेका स्थानमा ट्राफिक प्रहरीको पहुँच नहुँदासमेत दुर्घटना बढेको बताइन्छ । रोल्पामा बनेका सडकमध्ये करीब ४८ किलोमिटर मात्र पक्की छ । पक्की सडकबाहेक अन्य सबै सडक बाह्रै महीना सञ्चालन गर्न सकिँदैन । जिल्लामा रहेका राष्ट्रिय र रणनीतिक सडक मात्र बाह्रै महीना चल्ने गर्दछन् । गाउँ गाउँसम्म पुग्ने सबैजसो सडक तोकिएको मापदण्ड नभएका कारण सवारी दुर्घटना बढिरहेको बताइएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending