अपराध जरैदेखि निर्मूल पार्न नेपाल प्रहरी तत्पर छ- महानिरीक्षक खनाल
माघ ६ गते, २०७५ आइतवार 20th January, 2019 Sun१५:३४:२२ मा प्रकाशित
काठमाडौं।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महानगरीय प्रहरी परिसर काठमाडौंस्थित नवनिर्मित नागरिक सहायता कक्षको आइतबार आयोजित एक कार्यक्रमबीच उदघाटन गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक खनालले उक्त कक्ष निर्माण गरी प्रहरीलाई हस्तान्तरण गर्ने नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गाना, काठमाडौं परिसर मातहतका नागरिक सहायता कक्षमा निस्शुल्क वाईफाई जडान गरी सहयोग गर्ने सुविसु केवल नेट प्रालि, परिसरस्थित नागरिक सहायता कक्षमा आवश्यक फर्निचर लगायत सहयोग गर्ने सामाजिक संस्थाहरु विश्वास नेपाल र संरक्षक समूह नेपालका प्रतिनिधिलाई प्रशंसापत्र प्रदान गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले समुदाय -प्रहरी साझेदारी अवधारणा अनुसार सहायता कक्ष निर्माण गरिएको उल्लेख गर्दै पीडितमैत्री सेवा प्रदान गर्ने उद्देश्यमा यस्ता कक्षहरुले महत्वपूर्ण भूमिका खेल्ने बताए । प्रहरीको विगतका सम्पूर्ण समुदाय लक्षित कार्यक्रमहरुलाई समेटेर स्थानीय स्रोत र साधनको परिचालन गरी यस्ता कार्यक्रममा थप दिगोपना कायम गरी नागरिकलाई समेत जिम्मेवार बनाई अपराध न्यूनिकरण गर्न समुदाय-प्रहरी साझेदारी अवधारणा लागू गरिएको चर्चा गरे ।
साइबर सुरक्षा, लागूऔषध दुर्व्यसन, महिला हिंसा जस्ता सामाजिक अपराध न्यूनिकरणका लागि प्रहरीको मात्रै प्रयासले सफल हुन नसक्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले साझेदारी कार्यक्रम लागू भएपछि प्रहरीलाई समुदायबाट उल्लासमय रुपमा सहयोग प्राप्त भएको बताए ।
काठमाडौं देशको राजधानी भएकोले यहाँ हुन सक्ने गुण्डागर्दी, आर्थिक अपराध, मानव बेचबिखन, लुकेका अपराध लगायतलाई जरैदेखि निर्मूल पार्न नेपाल प्रहरी तत्पर रही काम गर्दै आएको उल्लेख गर्दै यसका लागि नागरिक समाज तथा सरोकारवाला अन्य निकायले समेत आवश्यक सहयोग गरिरहेको उनले बताए ।
उक्त अवसरमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले शुभकामना मन्तव्य व्यक्त गर्दै केन्द्रदेखि टोलटोल समेटन सक्ने गरी ल्याइएको समुदाय(प्रहरी साझेदारी अवधारणाले राज्य र नागरिकबीच सेतुको रुपमा कार्य गरेको चर्चा गरे । यसै अवधारणाको जगमा उभिएर शान्तीपूर्ण र भयरहित समृद्ध नेपाल निर्माण गर्न सकिने उहाँले विश्वास व्यक्त गरे ।
कूल १९ लाख ५० हजार रुपैयाँको लागतमा नेपाल बंगलादेश बैंकले निर्माण गरेको उक्त सहायता कक्ष महानगरीय प्रहरी परिसर काठमाडौंलाई हस्तान्तरण गरिएको हो ।
यसैगरी कार्यक्रममा काठमाडौं महानगरपालिका, सानिमा बैंक र जनता बैंकद्वारा निर्माण गरिएका समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम, घरदैलो कार्यक्रम लगायतका लागि जनचेतनामूलक सन्देश दिने ब्रोसर तथा स्टीकर प्रहरी महानिरीक्षक खनाललाई हस्तान्तरण समेत गरिएको थियो ।
सामुदायिक सेवा केन्द्र टुडाँलदेवीका सल्लाहकार अच्युतप्रसाद सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक बसन्तकुमार लामाले धन्यवाद ज्ञापन गरेका थिए।
नागरिक सहायता कक्षमा सचेतनामूलक श्रव्यदृष्यको प्रशारण, विभिन्न निवेदन निस्शुल्क वितरण, तातो तथा चिसो पिउने पानीको व्यवस्था, फ्रि वाईफाईको व्यवस्था, विभिन्न सचेतनामूलक सामग्री वितरण, प्रहरी प्रकाशन र पत्रपत्रिका, नागरिक सहयोग तथा समन्वय कर्मचारीहरुबाट नागरिकलाई परामर्श समेतका सेवा उपलब्ध हुने उक्त अवसरमा जानकारी गराइयो ।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न सामुदायिक सेवा केन्द्रका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, संचारकर्मी लगायत नागरिक समाजका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: