माघ ६ गते, २०७५ आइतवार 20th January, 2019 Sun०९:३६:२७ मा प्रकाशित
काठमाडौँ ।कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या घटनामा जोडिएका बबिता र रोशनी बमले आफूहरूमाथि अन्याय भएको बताएका छन् ।
आजको कान्तिपुर दैनिकमा खबर छ – आमासँग काठमाडौं आएका उनीहरूले उक्त घटनामा जोडेर आफ्नो चरित्र हत्या गरिएको, घटनामा संलग्नता प्रमाणितै नभई मिडिया र मानव अधिकारकर्मीले निरन्तर लाञ्छना लगाएको बताए ।
रोशनीले निर्मलाको बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएपछि प्रहरीका विभिन्न टोलीलेआफ्नो घर खानतलासी गरेको र कैयन्पटक बयान लिएको बताइन् । उनले बाहिर चर्चामा आएजस्तो प्रहरीले आफ्नो पक्ष नलिएको दाबी गरिन् । ‘हामीसँग सोध्दै नसोधी चरित्र हत्या गर्ने र तथानाम लेख्ने–बोल्ने काम भयो,’ उनले भनिन् । पहिलोचोटि एक दिन र दोस्रोचोटि ६ दिन आफूलाई हिरासतमा राखिएको, दिदी बबितालाई पहिलोचोटि २ दिन र दोस्रोचोटि १८ दिन हिरासतमा राखिएको उनले बताइन् । भनिन्, ‘बारम्बारको अनुसन्धानले हामीलाई दोषी देखाएन । केही मानव अधिकारवादी संगठनले झूटा प्रतिवेदन बनाए ।’
नेपाल मानव अधिकार संगठनले २०७५ असोज ६ गते सार्वजनिक गरेको प्रतिवेदनतर्फ इंगित गर्दै उनले भनिन्, ‘हामीसँग भेटदै नभेटी उक्त संगठनले हामीलाई ओपेरा होटलको डान्सर बनाइदियो ।’
घटनालगत्तै संगठनले निकालेको प्रतिवेदनमा बबिता ओपेरा होटलमा डान्सर रहेको उल्लेख थियो । बलात्कार र हत्या घटनापछि आफूहरू सार्वजनिक जीवनमा फर्किन नसकेको दुखेसो उनीहरूले पोखे । सामाजिक सञ्जाल, युट्युब च्यानल र सर्वसाधारणबाट समेत आफ्नो चरित्रमाथि औंला उठाइँदा निरीह बन्नुपरेको उनीहरूले बताए ।
घटना सार्वजनिक भएपछि रोशनी स्कुल गएकी छैनन् । आमा इन्द्राले छोरीलाई अर्को विद्यालय सार्न खोज्दा विद्यालयले स्थानान्तरण प्रमाणपत्र नदिएको बताइन् । बबिताको पनि हिरासतमै रहेका बेला बीबीएस दोस्रो वर्षको परीक्षा छुटेको उनले जानकारी दिइन् ।
‘दुनियाँले हामीमाथि अनुसन्धान गरिएन भन्छ । हामी भने बारम्बार बयान दिइरहेका छौं,’ बबिताले भनिन् । इन्द्राका अनुसार उक्त घटनापछि बबिताको इन्गेजमेन्टसमेत रद्द भएको छ । आफूहरूले न्याय खोजिरहेको उनले बताइन् । ‘मेरा छोरीहरूको इज्जतमाथि दाग लाग्ने गरी आरोप लगाइएको छ,’ उनले भनिन्, ‘कि त्यसको पुष्टि गर्नुपर्यो कि उनीहरूको खुसी फर्काइदिनुपर्यो ।’
गृह मन्त्रालयले तयार पारेको प्रतिवेदनमा पनि छोरीहरूबारे असत्य तथ्य उल्लेख गरिएको उनले दाबी गरिन् । तीन दिनअघि छोरीहरूलाई लिएर आएकी इन्द्राले बाटोमाहिँड्दा मान्छेहरूले औंला तेर्स्याएर कुरा काट्ने गरेको, दोषीझैं व्यवहार गर्ने गरेको गुनासो गरिन् । नारायणहिटी दरबारभित्र घुम्न गएका बेला मान्छेले क्यामेरा तेर्स्याउँदै अपराधीको जस्तो व्यवहार गरेको उनले बताइन् । ‘जहाँ गए पनि हामीलाई शान्ति छैन,’ उनले भनिन् ।
प्रत्येक दिन नयाँ र नौलो मान्छे आएर घरको फोटो खिच्ने गरेको, सडकमा हिँड्नेले पनि आफ्नै घरतिर औंला ठड्याउने गरेको, सडकमा
हिँड्दा टाउको लुकाएर हिँड्नुपर्ने अवस्था रहेको उनले बताइन् । ‘दोषी भए कारबाही होस्,’ उनले भनिन्, ‘हामीले कहिलेसम्म कुर्ने रु’
कान्तिपुरसँगको कुराकानीमा इन्द्राले ६ महिनायता रोएर दिनरात कटाइरहेको बताइन् । निर्मलाका निम्ति न्याय माग्ने नाममा आफ्ना छोरीहरूको इज्जतमाथि खेलबाड भएको उनको दुखेसो छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: