माघ ५ गते, २०७५ शनिवार 19th January, 2019 Sat०९:५६:४३ मा प्रकाशित
दाङ ।बाघमारेकी–४ की २८ वर्षीया एक विवाहित महिला परपुरुषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले उक्त व्यक्तिसँग पुनः विवाह पनि गरिन् । विवाहपछि ऋण लाग्यो, पैसा कमाउन जाउँ भन्दै पत्नीलाई लिएर उनी भारततर्फ लागे । नेपालगञ्जको बाटो रिक्सामा चढेर जाँदै गर्दा एक भारतीय महिलाले ती व्यक्तिलाई फोन गरेर माल कहिले ल्याउँछस् भन्दै सोधेको र ल्याउँदै छु भनेर यताबाट जवाफ दिएको ती महिलाले सुनेपछि उनी भागेर घोराहीको महिला सेवा केन्द्रमा आइपुगिन् । पति र बालबच्चा छाडेर हिँडेकी उनी अहिले घर न घाटको भइन् । उनलाई बेच्न लैजाने व्यक्ति भने अझै फरार छन् ।
बुटवलकी १८ वर्षीया एक युवती पनि घोराही–१० नारायणपुरका एक व्यक्तिको मायाजालमा परेर विवाहसमेत गरिन् । घरमा श्रीमती छ भन्दै उक्त व्यक्तिले ती केटीलाई बेचबिखनका लागि कृष्णनगर हँुदै भारत लैजाँदै गर्दा माइती नेपालले पक्राउ गरी दाङ प्रहरीमार्फत जिल्लास्तरीय सेवा केन्द्रमा ल्याउन लाग्दा उक्त व्यक्ति फेला बेपत्ता भए भने उनी माइती नेपालको सम्पर्कमा गइन् ।
तुलसीपुर–४ का २२ र २३ वर्षका दुई युवती पनि विवाहको नाटक गरेर भारत बेचिदै गर्दा माइती नेपालको सहयोगमा दाङ फर्केको सेवा केन्द्रको तथ्याङ्कमा उल्लेख छ । बङ्गलाचुली गाउँपालिकाकी २२ वर्षीया महिला र पञ्चकुलेकी १८ वर्षीया एक महिला पनि विवाह पछि भारतमा लगेर बेच्न लाग्दा भागेर सेवा केन्द्रमा आइपुगेका थिए ।
जिल्लास्तरीय सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा सिमान पारी जाने अधिकांश महिला विवाहको नाटकमा आफन्त तथा नजिकका विश्वासिलो पात्रबाटै बेचबिखनमा पर्ने गरेको उल्लेख छ तर महिला पटकपटक बेचबिखनमा पर्दा पनि पीडक भने कारवाहीबाट उम्कने गरेका छ । जिल्ला प्रहरी कार्यालयमा पनि आव २०७१÷७२मा तीन, २०७२÷७३ मा एक, २०७३÷७४ मा तीन र २०७४÷७५ मा दुई महिलाले आफू बेचबिखनमा परेको भनी गरे पनि अभियुक्त भने अझैसम्म फरार छन् ।
जिल्ला घोराहीको महिला सेवा केन्द्रकी अध्यक्ष हुमा डिसी महिलाले तुरुन्तै अर्को व्यक्तिलाई विश्वास गर्नु, वास्तविकता नबुझेर पछि लाग्नु, आफैँ आत्मनिर्भर नहुनुजस्ता कारणले बेचबिखनमा पर्ने गरेको बताउनुहुन्छ । पछिल्लो समय भारतमा वेस्यावृत्तिका लागि मात्रै नभई राम्रो काम र आकर्षक तलबको लोभमा महिला भारतबाहेक तेस्रो मुलुकमा पनि बेचिने गरेको पाइएको उहाँ बताउछन् ।
अहिले नेपाली महिला भारतको अवैधानिक बाटो हुँदै साउदी अरव, कुबेत, बहराइन, मलेशियाजस्ता देशमा पनि जाने अनि बेचिने गरेको तर तिनको उद्धारमा समस्या भइरहेको अध्यक्ष डिसी बताउछन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ मा किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले ललाइफकाइ प्रलोभनमा पार्ने, वा झुक्याइ, जालसाजी गरी, प्रपञ्च मिलाइ, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गगरेर शरीर बन्धक राख्ने कार्यलाई मानव बेचबिखन हुने भनी परिभाषित गरेको छ ।
त्यसैगरी नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरुपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाइ लग्ने वा आफँैसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरु कसैलाई दिने गरेमा पनि बेचविखन गरेको मानिने उल्लेख गरिएको छ । यस्ता अघिकांश उजुरीमा पीडकहरू उम्किने गरेको पाइन्छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: