Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

कारागारभित्र ३० श्ययाको अस्पताल सञ्चालन

काठमाडौँ। नेपालकै सबैभन्दा ठूलो कारागारको रूपमा रहेको केन्द्रीय कारागारमा ३० श्ययाको अस्पताल सञ्चालनमा आएको छ । विसं १९७१ मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलमा अस्पताल सञ्चालन गरिएको हो । सो अस्पतालमा २०२० सालमा एउटा कोठाबाट कैदीबन्दीको स्वास्थ्य जाँच गर्न शुरु गरिएको थियो । कारागार अस्पतालले २०६८ सालमा छुट्टै भवन निर्माण गरी २०७० साउन २८ देखि १५ श्ययाको अस्पताल सञ्चालनमा ल्याएको हो । अस्पतालका शाखा अधिकृत सुनिता घिमिरेका अनुसार कैदीबन्दीलाई सबै रोगको उपचार कारागारभित्रै गर्न श्यया थप गरिएको हो । “दशौँ तहको अधिकृतको नेतृत्वमा ६७ जनाको दरबन्दी रहने गरी अस्पताल सञ्चालन गरेका छौँ”, उहाँले भने । तीस श्ययाको अस्पतालमा विभिन्न रोगका सात विशेषज्ञ चिकित्सकले उपचार गर्ने व्यवस्थासमेत मिलाइएको छ । केन्द्रीय कारागारमा हाल दुई हजार ८०० कैदीबन्दी छन् । केन्द्रीय कारागारभित्र केन्द्र, भद्र र महिला जेल रहेको छ । तीनवटैमा कैदीबन्दी राख्ने क्षमता एक हजार ५०० रहेको छ । अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा भगतलाल श्रेष्ठ कारागार अस्पतालले पुरुष तथा महिला कैदीबन्दीका लागि छुट्टाछुट्टै वाड स्थापना गरेर ओपिडी, ल्याब, एक्सरे, इसिजी, अल्ट्रासाउण्ड, डेन्टल, मनरोग, छालारोग र आँखा रोगको उपचार गरिरहेको बताउछन् । पन्ध्र श्ययाको अस्पताल सञ्चालनमा ३१ दरबन्दी रहेको अस्पतालले ३० श्ययाको अस्पताल सञ्चालन गर्नका लागि ३६ दरबन्दी थप गरेको हो । उक्त अस्पतालमा हाल ५५ चिकित्सकले उपचार गरिरहेका छन् । कारागार अस्पतालले अस्पतालभित्र उपचार हुन नसकेका बिरामीलाई भने अस्पताल बाहिरका सरकारी अस्पतालमा पठाउने गरेको छ । “रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल, गङ्गालाल अस्पताललगायतमा पठाउँदै आएका छौँ”, श्रेष्ठले भने । कैदीबन्दीले निजी अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गर्न चाहेमा आफ्नै पैसा खर्च गर्नुपर्ने हुन्छ । कारागार अस्पतालले भने निःशुल्क स्वास्थ्य जाँच गर्दै आएको छ । अस्पतालका बिरामीमा अहिले रुघाखोकी, दम, ज्वरो, टाइफाइड एवं विभिन्न किसिमका सरुवा रोग देखापरेको छ । साँघुरो ठाँउ र धेरै कैदीबन्दी राख्दा उक्त रोग बढी देखिएको हो । दैनिक ८० देखि १०० बिरामीको उपचार गरिरहेको कारागार अस्पतालमा मङ्सिरमा ४७३ पुरुष र ७२ महिला कैदीबन्दीको उपचार गरिएको छ । आव २०७४÷७५ मा ३२ हजार कैदीबन्दीको उपचार गरिएको थियो । केन्द्रीय कारागार अस्पतालका बिरामीबाहेक डिल्लीबजार र नख्खु कारागारका कैदीबन्दीको समेत उक्त अस्पतालले उपचार गर्नुका साथै औषधि वितरण गर्दै आएको छ । अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि अस्पताल प्रशासनले ११औँ तहको दरबन्दी र चिकित्सक माग गरेको छ । यस्तै, शल्यक्रिया र प्रसूति उपचारको समेत व्यवस्था मिलाउनका लागि माग गरिएको अस्पतालले जनाएको छ । अस्पतालले बिरामी कैदीबन्दीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर चौबीसै घण्टा सेवा सञ्चालन गर्दै आएको छ । –––
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending