नेकपामा प्रदेश कमिटीको आकार बढाइँदै, कार्यदलले 'मोडालिटी' बनाउन नसक्दा एकता माघमा पनि मुस्किल
माघ २ गते, २०७५ बुधवार 16th January, 2019 Wed१०:१७:४९ मा प्रकाशित
काठमाडौं ।सत्तारूढ नेकपाको संगठनात्मक कार्यदलले पार्टी प्रदेश कमिटीको आकार बढाउन विधान संशोधनको सिफारिस पार्टी ‘हेडक्वार्टर’लाई गर्ने तयारी गरेको छ । पार्टीको संगठनात्मक एकीकरण र केन्द्रीय नेताहरूको कार्यविभाजन प्रस्ताव तयार पार्ने जिम्मेवारी पाएको कार्यदलभित्र प्रदेश कमिटी चयनको मापदण्डमै फेरि विवाद बल्झेपछि ‘मध्यमार्गी प्रस्ताव’का रूपमा कमिटीको आकार बढाउन सिफारिस गर्ने तयारी कार्यदलले गरेको हो ।
अन्नपुर्णमा खबर छ – कार्यदलका एक नेताका अनुसार खासगरी वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूले ‘एक व्यक्ति एक कार्यकारी जिम्मेवारी’को मापदण्ड प्रदेश कमिटीमा पनि अनिवार्य लागू हुनुपर्ने अडान नछाडेकाले कमिटी संख्या बढाउने तयारीमा कार्यदल पुगेको हो । कार्यदलले संगठनात्मक एकताका लागि निश्चित मापदण्ड तय गरी विगतमा बनेका अन्य ३ कार्यदलले पार्टी नेतृत्वलाई बुझाएको प्रतिवेदनलाई आधार बनाएर एकताको प्रस्ताव बनाउने तयारी गरेको थियो ।
तर प्रदेश कमिटीमा आफ्नो पक्ष निषेध गरेको भन्दै नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । उसले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पार्टी प्रदेश कमिटीको पनि इन्चार्ज बनाएर दोहोरो कार्यकारी जिम्मेवारी दिएकोमा पार्टीमा फरक मत राखिरहेको छ ।
प्रदेश ५ मा यसअघिको कार्यदलले बुझाएको प्रतिवेदनमा नेपाल पक्षको असन्तुुष्टि छ । कार्यदलका नेता शंकर पोखरेल नै थिए । अहिले पोखरेल नै कार्यदलमा रहेको र उनले अडान लिइरहेकाले मापदण्ड निर्माणमा अप्ठ्यारो आइलागेको नेपाल पक्षका नेताहरूको भनाइ छ ।
१३ पुसको स्थायी समिति बैठकले सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य शंकर पोखरेल, रघुवीर महासेठ, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र वेदुराम भुषाल रहेको कार्यदल बनाएको थियो ।
९ सदस्यीय कार्यदलमा वरिष्ठ नेता नेपाल पक्षका ३ नेता छन् । नेताहरू पाण्डे, भट्टराई र भुसालले एक व्यक्ति एक कार्यकारीमा अडान लिइरहेका छन् । अब नेपाल पक्षका छुटेका नेताहरूलाई समेट्न विधान संशोधन गरी प्रदेश कमिटीको संख्या बढाउन कार्यदलले सिफारिस गर्न खोजेको कार्यदलका एक सदस्यले बताए ।
त्यसका लागि पार्टीको अन्तरिम विधानको धारा २६ को ९ख० संशोधन गर्नुपर्ने हुन्छ । धारामा प्रदेश कमिटीमा अध्यक्ष र सचिवसहित १ सय ५१ सदस्य ९केन्द्रीय कमिटीका सदस्यबाहेक० रहने र आवश्यकताअनुसार एक प्रतिनिधिसभा निर्वाचन क्षेत्र बराबर दुई जनाका दरले सदस्य थप्न सकिने उल्लेख छ ।
सोही प्रावधानका आधारमा नेकपाको प्रदेश १ मा २ सय ७, प्रदेश २ मा २ सय १५, प्रदेश ३ मा २ सय १७, गण्डकी प्रदेशमा १ सय ८७, प्रदेश ५ मा २ सय ३, कर्णाली प्रदेशमा १ सय ७५ र सुदूरपश्चिम प्रदेशमा १ सय ८३ सदस्यीय कमिटी गठन भइसकेको छ । तर यो प्रावधान संशोधन गरी कमिटीको आकार बढाउन कार्यदलले सिफारिस गर्ने तयारी गरेको छ । कार्यदलले त्यस्तो सिफारिससहितको प्रतिवेदन दुई अध्यक्षलाई बुझाएपछि त्यसलाई स्थायी समितिबाट पारित गराउनुपर्छ ।
एकता माघमा पनि मुस्किल
पार्टी एकता गर्दा नै नेकपाले तीन महिनाभित्र सबै तहको एकता गरिसक्ने बताएको थिए । तर अहिलेसम्म टुंग्याइएको छैन । पछिल्लो पटक पुस मसान्तसम्म एकता गर्ने नेकपाले बताए पनि माघमा पनि मुस्किल देखिएको एक नेताले बताए ।
एकता प्रस्ताव तयार पार्न गठित कार्यदलले अहिलेसम्म मोडालिटी बनाउन सकेको छैन । कार्यदललाई पुस २५ भित्र प्रतिवेदन तयार पार्न अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले निर्देशन दिएका थिए । तर उसले अझै प्रतिवेदन तयार गर्न बढीमा दुई साता लगाउने स्रोत बताउँछ ।
यसैबीच पार्टीका दुवै अध्यक्षको विदेश यात्रा पनि छ । अध्यक्ष ओली स्विट्जरल्यान्ड र अर्का अध्यक्ष दाहाल पत्नी सीताको फलोअपका लागि विदेश जाने तयारीमा रहेका कारण लगत्तै पार्टी स्थायी समिति बैठक बस्ने सम्भावना टर्दै गएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: