Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

चाबहिल साँखु सडकखण्डका कारण पर्यटक आगमनमा कमी

साँखु। काठमाडौँ उपत्यकाको सडकको चर्चा कि बर्खायाममा हुन्छ कि सुक्खायाममा हुन्छ । बर्खामा हिलो र सुक्खायाममा धूलोले आजित भएपछि सबैले यहाँका सडक देखाउँदै आलोचना गर्न थाल्छन् । यसका लागि चाबहिल साँखु सडकखण्ड एउटा उदाहारण बनेको छ । काठमाडौँ उपत्यकाको मुख्य केन्द्रका रुपमा परिचित चाबहिलबाट साँखुसम्म पुग्ने सडको दूरावस्थाको कारण पर्यटन व्यवसायमा कमी आएको व्यवसायी बताउँछन् । साँखु सडकखण्ड हुँदै पुगिने पर्यटकीयस्थल नगरकोट, मिनी इलामका रुपमा परिचित सिन्धुपाल्चोकको भोटेचौरस्थित चिया बगान, पिकनिक हब जहरसिंहपौवा, झुलेलगायतका पर्यटकीय क्षेत्र साँखुहुँदै पुगिन्छ । “सडकको अवस्था दयनीय छ”, शङ्खरापुर प्याराग्लाडिङका पाइलट अजय चौलागाईं भन्छन्, “सडकका खाल्डो, हिलो र धूलोले पर्यटक हैरान छन् । सडकका कारण प्याराग्लाइडिङका लागि आउने पर्यटकले समेत झिझो मान्ने गरेका छन् ।” सडकमा खाल्डाखुल्डी, धूलो र हिलाम्मे भएपछि सजिलै यात्रा गर्न सक्ने अवस्था छैन । सडकमा जताततै बिच्छाएको गिट्टी छरपष्ट छ । चौलागाई भन्छन्, “पर्यटक घट्ने मुख्य कारण सडक हो ।” हिमाल हेर्दै प्याराग्लाडिङको मज्जा लिन आउने पर्यटकको रोजाइ जहरसिंहपौवा भए पनि सडकको दूरावस्थाका कारण उनीहरू अन्यत्रै जाने गरेका छन् । सडककै अवस्था हेरी ट्राभल एजेन्सी सञ्चालकले जहरसिंहपौवा आउने पर्यटकलाई अन्यत्र पठाउने गरेका छन् । पर्यटन तथा होटल व्यवसायीका अनुसार चाबहिलबाट जोरपाटी साँखुु हुँदै नगरकोट तथा शङ्खरापुर नगरपालिकाको विभिन्न पर्यटकीयस्थल पुग्ने सडकका कारण पर्यटकको सङ्ख्यामा ह्वात्तै घटेको छ । जहरसिंहपौवास्थित होटल हेभेन हिलका सञ्चालक रामप्रसाद तिमल्सिना भन्छन्, “पर्यटकका लागि प्रयोग हुने गाडी बीच सडकका खाल्डामै रोकिन्छन् । मोटरसाइकल चिप्लिएर नपल्टिएको दिन हुँदैन । सडकको मर्मतसम्भार नगरिँदा व्यवसायमा ह्रास आएको छ । कच्ची सडकको धूलो र हिलोका रकाण पर्यटक आउनै मान्दैनन् ।” सडक निर्माण कम्पनी र सरकारी निकायको पटकपटक ध्यानाकर्षण गर्दा सुनुवाइ नभएको उनको गुनासो छ । तीन वर्षयता बौद्ध–जोरपाटी–साँखु सडकको अवस्था नाजुक छ । पानी परे हिलाम्य र घाम लाग्दा सडक धुलाम्य हुन्छ । सडक नै नदेखिने गरी उड्ने धूलोले स्थानीयवासी मात्र होइनन् नेपाल घुम्न आउने बाह्य पर्यटकले समेत सास्ती खेप्नुपरेको छ । घाम लागेको समयमा धूलोले देख्न सकिन्न । सडकमा भएका खाल्डाले वारपार गर्न नसकिने नारायणटारका देवनारायण चौलागाइ बताउछन् । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप र ऐतिहासिक धरोहरका रुपमा रहेको साँखु समेत यही सडक खण्डमा भित्र पर्छ । सरकारले २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्याएको हो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणको लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको छ । कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक अर्को कम्पनीलाई सडक विस्तार जिम्मा लगाइएको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठका अनुसार हालै सर्वोच्च अदालतले सडकमा जग्गा पर्नेलाई मुआब्जा दिनुपर्ने आदेश दिएको छ । मुआब्जाको प्रक्रियामा जाँदा केही समय ढिला हुन पुगेको श्रेष्ठले बताए । “विवादास्पद ठाउँभन्दा अन्य क्षेत्रमा निरन्तर काम भइरहेको छ । अब छिट्टै सडक बन्छ,” उनले भने । निश्चित समय लिएर आउने पर्यटक बाटोमै समय बित्ने भएपछि अन्यत्रै जान बाध्य छन् । व्यवसायीले सडको निर्माण छिटो सम्पन्न गर्न आग्रह गरेका छन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending