माघ १ गते, २०७५ मगलवार 15th January, 2019 Tue१०:३२:०३ मा प्रकाशित
काठमाडौं । पुस मसान्तसम्म एकीकरणको बाँकी काम र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको खाका तयार गर्ने जिम्मेवारी पाएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यदल आन्तरिक विवादमै अल्झिएको छ । तोकिएको समयमा कार्यभार पूरा गर्न नसकेका कार्यदल सदस्यहरू २४ पुसदेखि बैठक नै स्थगित गरेर आ–आफ्नो नियमित काममा व्यस्त भएका छन् ।
नयाँपत्रिकामा खबर छ - प्रदेश कमिटी गठनमा केन्द्रीय सचिवालयले तय गरेको मापदण्ड कार्यान्वयनको समीक्षामै पूर्वएमालेबाट प्रतिनिधित्व गर्ने कार्यदल सदस्यहरूबीच मत बाझिएपछि छलफल स्थगित भएको हो । पार्टी केन्द्रीय सचिवालयले तोकेको प्रदेश कमिटीको नाम र दोहोरो जिम्मेवारीको सन्दर्भमा नेताहरूबीच विवाद रहेको एक नेताले बताए ।
महासचिवसमेत रहेका विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रदेश कमिटीहरू सचिवालयको निर्णयअनुसार गठन भएको र धमाधम बैठकसमेत बसेर औपचारिकता पाएकाले कमिटीको नामावली पुनरावलोकन गर्न नहुने अडानमा छन् । वरिष्ठ नेता माधवकुमार नेपालनिकट योगेश भट्टराई, बेदुराम भुसाल र सुरेन्द्र पाण्डे भने प्रदेश कमिटी मापदण्डअनुसार भए–नभएको समीक्षा गरेर सुझाब दिने कार्यादेशसमेत कार्यदललाई रहेकाले त्यसैअनुसार काम गर्नुपर्ने अडानमा छन् । उनीहरूले कतिपय नाम हटाएर यसअघि तय भएको वरिष्ठतालगायत मापदण्डअनुसार थप्नुपर्ने मत राखेका छन् । अध्यक्षबाहेक तलका सबै कमिटीमा एउटै व्यक्तिलाई दोहोरो कार्यकारी जिम्मेवारी हुन नहुने मत नेपाल समूहका नेताहरूको छ ।
मापदण्डअनुसार छुटेका कतिपय नेतालाई १० प्रतिशत मनोनीत कोटामा सिफारिस गर्ने विकल्पमा छलफल भए पनि समझदारी भइनसकेको एक सदस्यले बताए । कार्यदलमा प्रदेश ५ का मुख्यमन्त्री र इन्चार्ज रहेका पोखरेल नै सदस्य रहेकाले निष्कर्षमा पुग्न असहज देखिएको स्रोतको भनाइ छ । प्रदेश कमिटीमै विवाद हुँदा जिल्ला र जनसंगठनसम्बन्धी एकीकरणको मापदण्डमा छलफलै हुन सकेको छैन । पूर्वमाओवादी समूहका नेताहरूले भने समझदारीमै निर्णयमा पुग्नुपर्ने मत राखिरहेका छन् ।
१२ पुसमा सम्पन्न स्थायी समिति बैठकले गठन गरेको ९ सदस्यीय कार्यदलमा तीनपटक मात्र औपचारिक छलफल भएको छ । पछिल्लोपटक २४ पुसमा बसेको बैठक मत बाझिएपछि अनिश्चितकालका लागि स्थगित भएको छ । यद्यपि, माघको पहिलो साताभित्र प्रतिवेदन तयार गरिसक्ने समझदारीअनुसार बैठक स्थगित भएको नेताहरूको दाबी छ । मिडियालाई नबताउने आचारसंहिता बनेका कारण कार्यदलको छलफलबारे नेताहरूले खुलेर प्रतिक्रिया दिएका छैनन् ।
कार्यदलमा नेताहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ सदस्य छन् । पौडेल, पाण्डे, भट्टराई, पोखरेल, भुसाल र महासेठले कार्यदलमा पूर्वएमाले समूहको प्रतिनिधित्व गर्छन् भने बादल, भट्ट र पुनले पूर्वमाओवादीबाट प्रतिनिधित्व गरेका छन् ।
जिम्मेवारी छाडेर कार्यदल सदस्यहरू अन्तै व्यस्त
बैठकमा मत बाझिएर छलफल स्थगित भएपछि कार्यदल सदस्यहरू पूर्वनिर्धारित आ–आफ्नै नियमित काममा व्यस्त छन् । मुख्यमन्त्री पोखरेल पूर्वनिर्धारित कार्यक्रम रहेको भन्दै पछिल्लो बैठकमा जानकारी गराएर ५ दिनका लागि प्रदेश फर्किएका छन् । अर्का सदस्य भट्ट पार्टीको सुदूरपश्चिम प्रदेशको बैठकमा भाग लिन धनगढी पुगेका छन् । ‘मैले कार्यदलमा पार्टीको बैठक र माघी कार्यक्रममा भाग लिनुपर्ने जानकारी गराएर हिँडेको हुँ,’ भट्टले भने, ‘अब माघेसंक्रान्तिपछि मात्र कार्यदलमा थप छलफल हुन्छ ।’
त्यस्तै, सरकारको जिम्मेवारीमा रहेका रक्षामन्त्री बादल र ऊर्जामन्त्री पुन सरकारी काममा व्यस्त बनेका छन् । पौडेल, पाण्डे र भट्टराई पार्टी र संसद्को काममा तथा अर्का सदस्य भुसाल आन्तरिक काममा व्यस्त बनेका छन् । कार्यदल सदस्य सुरेन्द्र पाण्डेले सबै व्यस्त भएकाले छलफल रोकिएको बताए । ‘सबैको समय नमिलेकाले अहिलेलाई कार्यदलमा छलफल स्थगित छ,’ पाण्डेले भने, ‘फेरि छलफललाई निरन्तरता दिएर छिट्टै टुंग्याउने प्रयासमा छौँ ।’
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: