Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

नार्कमा कर्मचारी अभाव

गोदावरी। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा आवश्यक कर्मचारीको अभाव भएसँगै त्यहाँको काम दिन प्रतिदिन प्रभावित बन्दै गएको छ । सरकारले २०४८ सालमा कृषि ऐन पारित गर्दा तोकेका सबै सेवासुविधा हालसम्म लागु गर्न नसकेका कारण त्यहाँका कर्मचारीको मनोबल घटी अन्य कार्यक्षेत्रमा लाग्दा काम प्रभावित बन्दै गएको हो ।  विसं २०४८ मा सरकारले कृषि ऐन पारित गर्दा एक हजार ८२३ जनाको दरबन्दी स्वीकृत गरेको थियो । समयसंँगै नार्कका विभिन्न कार्यक्षेत्र बढ्दै जाँदा सरकारले दरबन्दी बढाउन आवश्यक रहँदा पनि बढाउन नसकेको कारण काम प्रभावित बन्दै गएको नार्क खुमलटारका सञ्चार प्रकाशन तथा अभिलेख महाशाखा प्रमुख हरिकृष्ण उप्रेतीले जानकारी दिए । पुराना कर्मचारी उमेर हद पुगेर यहाँबाट अवकाश लिएर जाने क्रम बढ्दो छ । विगतमा ५३ कार्यक्षत्र रहेको नार्कमा हाल ६५ कार्यक्षेत्र पुग्दा पनि कर्मचारी थपको अवस्था नदेखिएको बताइन्छ । “पाँच विकास क्षेत्रमा नार्कका पाँच वटा क्षेत्रीय अनुसन्धान केन्द्र छन् । यहाँभित्र सेवारत वैज्ञानिकको पदलाई ‘एस–वान’ देखि ‘एस–एट’ सम्म नामकरण गरी ४१३ को दरबन्दी स्वीकृत गरिएकामा हाल २५३ कर्मचारी कार्यरत छन् १६० जनाको पदरिक्त छ”, उप्रेतीले भन्नुभयो, “नार्कका वैज्ञानिकलाई विभिन्न क्षेत्रमा सहयोग गर्न ३८७ प्राविधिक अधिकृतको दरबन्दी स्वीकृत गरिएकामा हाल ३६१ कर्मचारी कार्यरत छन् र ११७ को पद रिक्त छ ।” त्यसैगरी यहाँका वैज्ञानिकलाई सहयोग गर्न ‘टि–वान’ देखि ‘टि–फाइभ’सम्म ६३६ प्राविधिक कर्मचारीको दरबन्दी स्वीकृत भएकामा हाल ५१५ कर्मचारी कार्यरत भई १२१ को पद रिक्त छ । नार्कको लेखा शाखामा बजेट हिसाबकिताब गर्न ८३ जनाको स्वीकृत दरबन्दीमा हाल ६८ कर्मचारी कार्यरत छन् त १५ जनाको पद रिक्त छ ।  प्रशासनिक काम खरीदका लागि नार्कले ३१२ जनाको दरबन्दी स्वीकृत गराएकामा हाल २५२ कर्मचारी कार्यरत छन् भने ६० वटा पद रिक्त छ । विसं २०४८ मा स्वीकृत ऐन हालसम्म परिमार्जन हुन नसकेका कारण यहाँका विभिन्न पद रिक्त भएको उप्रेतीले बताए । यहाँ काम सिकेर राम्रो सेवासुविधा भएको स्थानमा जाने क्रम बढ्दै जाँदा भविष्यमा नार्कमा अनुसन्धान गर्ने वैज्ञानिकको अभाव हुने गुनासो पाइन्छ । “नार्कमा कार्यरत वैज्ञानिकले विश्वभरि जुनसुकै मुलुकमा सजिलै काम गर्न पाउँछन् । त्यसैले नार्कमा केही समय अनुसन्धानको काम सिक्न आउने र विदेश जाने क्रम हाल बढ्दो छ ”, उप्रेतीले भने । नार्कमा राजनीतिक हस्तक्षेप बढ्दै जाँदा भावी दिनमा लोकसेवा आयोगले त्यहाँ आवश्यक कर्मचारी पूर्ति गर्न परीक्षा लिने तयारी भएको बताइएको छ । वर्षमा नेपालभरबाट कृषिमा स्नातक गर्ने करीब ४५० र स्नातकोतर गर्ने २५ देखि ३० जना जनशक्ति उत्पादन हुन्छन् तर सरकारले नार्क ऐनमा लागु गरेको दैनिक रु २०० भत्ता र आठथरिका सेवासुविधा दिन नसक्दा कृषि अध्ययन गर्ने विद्यार्थीले नार्कमा रुचि नदेखाएको त्यहाँका कर्मचारीको गुनासो छ । नार्कका कर्मचारीले नीलो कोट लगाएर सरकारको सवारीसाधन प्रयोग गरे तापनि हालसम्म कुनै सरकारी सेवासुविधा पाउन सकेका छैन् । विदेश भ्रमण गर्दा नीलो राहदानी पाउनुपर्ने ठाउँमा उनीहरुलाई हरियो राहदानीमा हिँड्नुपर्ने बाध्यता छ । “अरबतिर श्रम गर्न जानेको लाममा नार्कका कर्मचारी बस्नुपर्ने बाध्यता बन्दै गएको छ ”, उप्रेतीले दुखेसो गरे । निजामती अस्पतालमा पनि नार्कका कर्मचारीले हालसम्म सुविधा लिन पाएका छैनन् । नार्क ऐनमा कर्मचारीलाई उल्लेख भएको निवृत्तिभरण, बीमा र छात्रवृत्तिको सुविधाबाट पनि कर्मचारीले विमुख हुनु परिरहेको बताइएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending