Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

ठूला अस्पतालनै एम्बुलेन्सबिहीन

दाङ। प्रत्येक सरकारी अस्पतालमा एम्बुलेन्स हुनुपर्ने भएपनि अहिले दाङको राप्ती अञ्चल अस्पताल तुलसीपुर ‘एम्बुलेन्स’ बिहीन अवस्थामा छ । अस्पताल स्थापनादेखि सञ्चालन हुँदै आएका एम्बुलेन्स तीन वर्षदेखि बिग्रिएर थन्किएको छ । एम्बुलेन्स नभएपछि बिरामीलाई अन्य अस्पतालमा पठाउँदा तथा टाढाटाढाबाट बिरामी ल्याउन निजी एम्बुलेन्स प्रयोग गर्नुपर्ने बाध्यता छ । अस्पतालको रा १ झ ११३ नं को एम्बुलेन्स बिग्रिएपछि अहिले निजी एम्बुलेन्समा सिफारिस गर्ने गरेको अस्पतालका सूचना अधिकारी कमल सुवेदीले बताए । निजी एम्बुलेन्सले महङ्गो शूल्क तिर्नुपर्ने सेवाग्राहीको बाध्यता छ । अर्कोतर्फ आफूलाई आवश्यक परेको समयमा एम्बुलेन्स पाउन पनि समस्या हुने गरेको सेवाग्राही दधिराम केसीले बताए । एम्बुलेन्स चलाउनका लागि एकजना चालकको दरबन्दी रहेपनि अहिले रिक्त छ । त्यस्तै घोराहीको हाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (साविकको राप्ती उपक्षेत्रीय अस्पताल) मा १० वर्षदेखि बिग्रिएको एम्बुलेन्स मर्मत हुनसकेको छैन् । पटक/पटक बिग्रिने र मर्मत गर्दा धेरै खर्च हुने भएकाले मर्मत नगरी त्यतिकै थन्काइने गरिएको छ । एम्बुलेन्सबिहीन अस्पताल प्रदेश सरकारको पर्खाइमा छ । प्रदेश सरकारले प्रत्येक अञ्चल अस्पतालमा दुई/दुई एम्बुलेन्स उपलब्ध गराउने भनी बजेट ल्याएको भन्दै त्यसकै पर्खाइमा रहेको अञ्चल अस्पतालका सूचना अधिकारी सुवेदीले बताए । दाङका सातवटा एम्बुलेन्स प्रयोगबिहीन रहेका छन् । दाङमा सञ्चालनमा आएका ६२ वटा एम्बुलेन्समध्ये अहिले ५५ वटा एम्बुलेन्स मात्रै सञ्चालनमा आएका छन् । राप्ती अञ्चल अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लाइन्स क्लब आफ तुलसीपुर, घोराही उद्योग वाणिज्य सङ्घ र होटल व्यवसाय समिति घोराहीलगायतका सातवटा एम्बुलेन्स बिग्रिएर प्रयोगबिहीन अवस्थामा रहेको संयुक्त एम्बुलेन्स चालक सङ्घ दाङका अध्यक्ष इन्द्रबहादुर केसीले जानकारी दिए । ती एम्बुलेन्स मर्मत गर्न कुनै पनि निकायले ध्यान नदिएको गुनासो समेत उनले भने, “दाङमा एम्बुलेन्स थपिने क्रम जारी भएपनि प्रभावकारी सेवा प्रदान गर्न नसकेको स्वीकार उनको भनाइ छ । बिरामी बोक्ने सरकारी अस्पतालका एम्बुलेन्स समेत मर्मत गर्नतर्फ ध्यान नदिनु दुःखद भएको समेत उनको भनाइ छ । दाङमा सघन उपचार कक्षसहितको एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ । तुलसी हस्पिटल प्रालिले पुसको दोस्रो सातादेखि दाङमै पहिलोपटक ‘क’ वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । हस्पिटलका बालरोग विषेशज्ञ डा किशोर खत्रीका अनुसार सघन उपचार कक्ष,भेन्टिलेटर, काड्रियोक, सक्सन, नेबुलाइजर, इसिजीलगायत बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीसहितको टोली पनि बस्न मिल्ने एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । यसमा अन्य एम्बुलेन्सभन्दा सेवा र सुविधा बढी भएको उनको भनाइ छ । अब गम्भीर घाइते र बिरामीलाई समयमै आवश्यक पर्ने अस्पतालसम्म पु¥याउन सहयोग पुग्ने उनको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies