Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

१५ दिनका लागि शुरु गरेको पुस्तक प्रदर्शनी लम्ब्याएर एक महीना

काठमाडौँ। आगन्तुकको सङ्ख्या बढिरहँदा नेपाल प्रज्ञा प्रतिष्ठानले १५ दिनका लागि शुरु गरेको पुस्तक प्रदर्शनी लम्ब्याएर एक महीना गर्ने भएको छ । राष्ट्रिय एकता दिवसको अवसरमा १५ पुसदेखि पुस मसान्तसम्म भनिए पनि अब माघ १५ सम्मै प्रदर्शनी चल्ने प्रतिष्ठानले जनाएको छ । पुस्तक किन्नेको आगमन अपेक्षा गरेभन्दा उल्लेखीय रहेको पुस्तक प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले बताए । अहिलेसम्म दैनिक रु २५ हजारको हाराहारीमा कारोवार भइरहेको छ । प्रतिष्ठान नाफामुखी संस्था नभएको तर यहाँको प्रकाशन धेरैको हातमा परोस् भन्ने प्रदर्शनीको उद्देश्य रहेको उनले बताए । उनले भने, “हाम्रा प्रकाशन खोजमूलक र सूचनामूलक छन्, जुन धेरै पाठकका हातमा पुगोस् भन्ने हाम्रो उद्देश्य हो ।” प्रदर्शनीमा रहेका पुस्तकमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको प्रतिष्ठानले जनाएको छ । रु दुईदेखि एक हजार ४०० सम्मका पुस्तक प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा नयाँ र पुरानासँगै विभिन्न भाषाबाट नेपालीमा अनुवादित पुस्तक छन् । नयाँ पुस्तकभन्दा धेरैले पुराना पुस्तक रुचाएको ढुङ्गेलले बताए । इतिहासका कुरा पुराना पुस्तककै आधारमा नयाँ पुस्तकमा आउने भएकाले पाठकले पुराना पुस्तक रुचाएका हुन् । उनले भने, “पुराना पुस्तक हामीले पुनःमुद्रण गरेर पनि प्रदर्शनीमा राखेका छौँ ।” प्रतिष्ठान बर्सेनि पुस महीनामा पृथ्वी जयन्ती ९राष्ट्रिय एकता दिवस०का अवसरमा पुस्तक प्रदर्शनी गर्दै आएको छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending