पौष २९ गते, २०७५ आइतवार 13th January, 2019 Sun१६:४३:५७ मा प्रकाशित
काठमाडौँ। नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराएको छ ।
उक्त अफर अन्तर्गतको सेवा आजदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए। यसअघि उपलब्ध ‘अटम अफर’ अन्तर्गतका सेवामा केही थप सुविधा उपलब्ध गराएर सो अफर ल्याइएको छ ।
सोअन्तर्गत हयाप्पी विकेन्ड प्याक, अल टाइम डाटा प्याक, नाइट टाइम डाटा भोलुम बेस्ड डाटा प्याक, अनलिमिटेड डाटा प्याक, अल टाइम सोसियल डाटा प्याक, अल टाइम डाटा स्ट्रिमिङ प्याक रहेका छन् । त्यस्तै, अल टाइम फोरजी डाटा प्याक जीएसएम/सीडीएमए थ्रिजी÷फोरजी एक जीबी प्रतिवेदनको डाटा प्याक, अल टाईम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, सियूजी प्याकेजलगायतका सेवामा अफर दिइएको छ ।
कम्पनीका अनुसार ह्याप्पी विन्ड प्याकअन्तर्गत जीएसएम, सीडीएमए, प्रिपेड, पोष्टपेड मोबाइलमा शुक्रबार, शनिबार र आइतरबार प्रत्येक दिन एक जीबी डाटा प्रयोग गर्न सकिने छ । सो सेवा रु १०० मा सात दिनको हुनेछ ।
अलटाइम डाटा प्याकअन्तर्गत कम्पनीले उपलब्ध गराएका विभिन्न प्याकेजमा ५० प्रतिशत थप बोनस डाटा उपलब्ध गराइने छ । यसमा रु १० देखि रु ५०० को प्याक उपलब्ध गराइनेछ । सो सेवामा बोनससहित २३ एमबीदेखि चार हजार ५०० एमबी सम्मका प्याकेज खरीद गर्न सकिनेछ । सो प्याकेज १ दिनदेखि २८ दिनको हुने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी नाइट टाइम भोलुम बेस्ड डाटा प्याकमा पनि थप ५० प्रतिशत बोनस डाटा उपलब्ध हुनेछ । सो प्याकअन्तर्गत रु ५ मा ६८ एमबी डाटा एक रात प्रयोग गर्न सकिनेछ । त्यस्तै ७ दिनसम्मको अवधिमा रु ४५ मा ६३८ एमबी डाटा र २८ दिनसम्मको अवधिको ७८८० एमबी डाटा रु ३०० मा प्रयोग गर्न सकिने प्याकेज राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ ।
अनलिमिटेड नाइट टाइम डाटा प्याकअन्तर्गत रु १५ मा राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइनेछ । यसको अवधि डाटा खरीद गरेको एक दिनसम्म हुनेछ । यस्तै डे प्याक, एसएमएस प्याक, एफटीटीएच व्यक्तिगत प्याकेज, एफटीछीएच कर्पोरेट युजर प्याकेज, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकजे, विद्यार्थी अफर, इण्डिया कल अफर, मिस्ड कल अलर्टजस्ता सेवामा पनि अफर प्याकेज उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: