Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

साठी वर्षपछि खुल्यो ढाँड सडकको ट्रयाक

नवलपरासी । नवलपरासीको अरुणखोला, दमार हुँदै पूर्वी पाल्पाको मित्याल जोड्ने ‘ढाँडको सडकको ‘ट्रयाक’ ६० वर्षमा खुलेको छ । विसं २०१५ सालबाट गाउ“गाउ“मा चन्दा सङ्कलन गरी गोरेटो निर्माण गरिएको यो सडकमा ६० वर्षपछि खुलेको ट्रयाकबाट नवलपरासीको अरुणखोलाबाट, दमार, हुँदै बस मित्याल पुगेपछि यस क्षेत्रका स्थानीयवासी खुसी भएका छन् । ‘‘पहिला यहा“का उत्पादन बजारसम्म पु¥याउन, बजारबाट खाद्यान्न ल्याउन मात्र होइन, बिरामी हुँदा डोकोमा बोकेर उपचारका लागि लानु पथ्र्यो’’ मध्यविन्दु–११, का तिलबहादुर झेडीले भने, “अब धेरै राहत हुने भयो ।” नवलपरासीको अरुणखोलादेखि मित्यालसम्मको करीब २५ किलोमिटर सडकको ट्रयाक खुलेसँगै यसले नवलपुरका द्वारद, दमार, बतासे, राइकोट, जलुके त्यस्तै पूर्वी पाल्पाको मित्याल, खादर, दुनडा“डालगायतका बासिन्दालाई सहजता हुने भएको छ । स्याङ्जा जिल्लाको क्योंरे भन्ज्याङदेखि तनहु“को बैडी, डुम्रीबेंसी, गजरकोट हुँदै पाल्पाको हु“गी, अर्सेदीदेखि पूर्वी पाल्पा र नवलपुरको अरुणखोलादेखि उत्तर क्षेत्रका बासिन्दाको मधेस पहाड गर्ने मार्गको रुपमा यो सडक रहेको थियो । अरुणखोलाको ढाँडको बाटो हुँदै नवलपुर, चितवन र त्रिवेणीसम्म पुगी चितवनतर्फको धान, मकै, सुर्ती, तोरी पहाडतर्फ लाने र पहाडतर्फको सुठो, अदुवा, कुचो आदि कृषि उपज नवलपुरको भारतीय सीमा त्रिवेणीबाट बिक्री वितरण गर्ने गरिन्थ्यो । विसं २०१५ मा सामान्य गोरेटोको रुपमा निर्माण गरिएकामा विसं २०३२ मा हुप्सेकोट, राकाचुली, अर्चले, गल्धा, सहलकोट झिरबास, मित्याल क्षेत्रका ११ हजार जनताले लगातार १० दिनसम्म श्रमदान गरी यस सडकलाई फराकिलो बनाउने काम गरिएको ईश्वरीप्रसाद शर्मा पाण्डेको ‘बाटो खनौँ अभियान २०३२’ भन्ने पुस्तिकामा समेत उल्लेख गरिएको छ । पटकपटकको प्रयास भएपनि नवलपरासीको मध्यविन्दु नगरपालिका–१४ मा पर्ने ढाँड क्षेत्रमा ठूलो चट्टानी पहाड परेकाले यसलाई खोल्न सकिएको थिएन । करीब तीन किलोमिटरको यस क्षेत्रमध्ये पनि ४०० मिटरको सडक निर्माण अति जटिल रहेकामा पछिल्लोपटक नवलपुर क्षेत्रमा सांसद विकास कोष, मध्यविन्दु नगरपालिका र अन्य समाजसेवीको सहयोगमा ट्रयाक खोलिएको हो । पाल्पातर्फ समेत सांसद विकास कोष, निस्दी गाउँपालिकालगायतको बजेटबाट ट्रयाक निर्माण गरिएपछि अरुणखोला–दमार–मित्याल सडक सञ्जालले जोडिएको हो । समाजसेवी लक्ष्मीप्रसाद ज्ञवालीले व्यक्तिगत रुपमा यही सडकमा ट्रयाक खोल्नका लागि रु एक करोड २६ खर्चिनुभएको छ । ‘‘हाम्रा अग्रजले डोकोमा नुन, चामल बोकेर हिड्ने बाटोमा मोटर ल्याउन सके कस्तो होला, यहा“का बासिन्दालाई कति सजिलो होला भन्ने लागेर सात वर्षअघि केही रकम खर्च गरे’’ समाजसेवी ज्ञवालीले भने, “आज गाडी चल्दा धेरै खुसी लागेको छ ।” शनिबार प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नवलपुरको दमारमा यो मार्गको शुरुआत गर्दै पाल्पाको मित्याल पुग्नु भएको थियो । यस खण्डमा आवश्यक पर्ने नवलपुरतर्फका दुई स्थानमा पुल निर्माणको कार्य भइरहेको छ । यसै खण्डमा पर्ने गण्डकी प्रदेश र पा“च नम्बर प्रदेशलाई जोड्ने जलुकेमा पुल निर्माणको कार्य भने हुन सकेको छैन । मुख्यमन्त्री पोखरेलले यस स्थानमा पुल निर्माणका लागि केन्द्रसँग आग्रह गर्ने र केन्द्रले निर्माण नगरे प्रदेशले जिम्मा लिने बताए । ‘‘यो दुई प्रदेशको साझा फुल हो तर केन्द्रले बजेट नदिए प्रदेश ५ ले यो पुल निर्माण गर्छ’’ मुख्यमन्त्री पोखरेलले भने, “पूर्वी पाल्पाका र नवलपुरका जनताका लागि प्रदेश पाँचको उपहार भयो ।” मुख्यमन्त्री पोखरेलले अरुणखोला–मित्याल सडकखण्डको उद्घाटन गर्दै यस क्षेत्र जनताको सपनालाई विपनामा बदल्ने दिनको शुरुआत भएको बताए । प्रदेश ५ का भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले चाँडै यस मार्गमा रहेका मोड सुधार गर्ने गरी बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाए । यस सडकमा ट्रयाक खुलेसँगै नवलपुरको मध्यविन्दुका पहाडी क्षेत्र र पूर्वी पाल्पामा उत्पादन भएका कृषि उपज सहज रुपमा बजार पाउने नवलपुरका प्रतिनिधिसभा सदस्य तिलक महतले बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies