Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

गुप्तेश्वर गुफाबाट साढे चार करोड आम्दानी

पोखरा । पोखराको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिले आर्थिक वर्ष २०७४/०७५ मा टिकट बिक्रीबाट रु चार करोड ५१ लाख ९९ हजार ४९१ आम्दानी गरेको छ । ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको गुफाको कूल छ लाख ६६ हजार ९४१ आन्तरिक एवं बाह्य पर्यटकले टिकट काटेर अध्ययन अवलोकन गर्दा सो आम्दानी भएको हो । सो अवधिमा सबैभन्दा बढी रु १०० दरको एक लाख ४९ हजार ३४५ वटा टिकट बिक्री गरी रु एक करोड ४९ लाख ३४ हजार ५०० आम्दानी भएको थियो । विभिन्न तीन किसिमका रु ५० को टिकटबाट रु एक करोड ३६ लाख ४६ हजार २००, रु ३५ बाट रु ३९ लाख ४७ हजार ७९० रु २० दरको टिकटबाट रु छ लाख १३ हजार ४४० र रु १० को टिकटबाट रु ६१ हजार ६० आर्थिक सङ्कलन भएको हो । त्यसैगरी गुफा प्रवेशद्वारमा निर्माण गरिएको यान्त्रिक कामधेनु गाईको अवलोकनका लागि रु १० को टिकटबाट रु नौ लाख ४८ हजार ७३० आम्दानी गरेको शनिबार यहाँ आयोजित गुफाको २३ औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनमा कोषाध्यक्ष ऋषिराम बरालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले सो साधारणसभा एवं अधिवेशनको उद्घाटन गर्दै प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य गुप्तेश्वर गुफाको संरक्षण र विकासका लागि सामूहिक प्रयासको खाँचो आँैल्याए । मानव जीवन सबैप्रति उत्तरदायी हुँदै सेवाभावसँग जोडिनु पर्ने बताउँदै उहाँले समृद्धि एवं सुशासन प्राप्तिका लागि व्यक्तिको सेवा अपरिहार्य रहेको उल्लेख गरे । गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सांसद वृन्दा रानामगर, पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष तिर्थ अधिकारी, गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा डा भूपति ढकाल, छोरेपाटन मावि व्यवस्थापन समितिका अध्यक्ष झपीन्द्रराज रेग्मी, गुफा व्यवस्थापन समितिका उपाध्यक्ष तुल्सीराम बराल, पद्मबहादुर थापालगायतले सामाजिक विकासमा गुफाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: