पौष २८ गते, २०७५ शनिवार 12th January, 2019 Sat११:००:३० मा प्रकाशित
सर्लाही। जिल्लामा अवैध रूपमा इँटा उद्योगका सञ्चालन हुँदा राज्यको करोडौं राजश्व असुलीमा असर पर्नाका साथै वातावरणमा समेत असर परेको छ । एक दर्जनभन्दा बढी इँटा उद्योग अवैध रूपमा सञ्चालन हुँदै आइरहेका छन् । सरकारले तोकेको मापदण्डविपरीत स्थानीय प्रशासनको मिलोमतोमा यस्ता उद्योग सञ्चालनमा रहेको दर्तावाला इँटा उद्योग व्यवसायीको आरोप छ ।
विगत केही वर्षदेखि जिल्लाका विभिन्न ठाउँमा अवैध रुपमा यस्ता इँटभट्टा सञ्चालन हँुदै आए पनि नियन्त्रण गर्न स्थानीय प्रशासन उदासिन भएकाले त्यस्ता उद्योग सञ्चालकले प्रश्रय पाएको उनीहरूको गुनासो छ ।
बिनादर्ता वा एउटा इँटा उद्योगको दर्ता देखाएर अर्को ठाउँमा उद्योग सञ्चालन र फिक्सको साटो चदरा (जस्तापता)को प्रयोग गरेर उद्योग सञ्चालन गरेका कारण राजश्व छलीका साथै वतावरणमा ठूलो असर परिरहेको छ । ब्रहम्पुरीस्थित अकाश इँटा उद्योग, बसन्तपुरस्थित सबनम इँटा उद्योेग, सक्रौलस्थित मनोज इँटा उद्योग, नोकैल्वास्थित निराजन इँटा उद्योग, ब्रहम्पुरीस्थित शिव आधुनिक फिक्स इँटा उद्योग तथा कारिक बाबा फिक्स इँटा उद्योग, हरिवन–७ स्थित मैनाली इँटा उद्योग र हरिवन–६स्थित ओम बमबम इँटा उद्योग चदरा ९जस्तापता०ले बनेको डोङ्गा प्रयोग गर्दै आएकोे तथ्याङ्क घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीले उपलब्ध गराएको छ ।
त्यस्तै बिना इजाजत सलेमपुर भलुअहाको यादव इँटा उद्योग, ब्रहम्पुरी–१को मनोजकुमार साहको इँटा उद्योग, मलङ्गवा–७को अनरजित साहको इँटा उद्योग, हरिबोल मैनालीको हरिवनस्थित जोगी इँटा उद्योग र किशोरी साह रोहुवा बगदहको बीच इँटा उद्योग सञ्चालन सञ्चालन हुँदै आइरहेको छ जिल्लामा रहेका १४२ इँटा उद्योगमध्ये ७२ मात्र इँटा उद्योग वैध रुपमा सञ्चालनमा रहेको छ भने अन्य सबै अवैध रुपमा सञ्चालन हुँदै आएको सर्लाही इँटा उद्योग व्यवसायी सङ्घका जिल्ला अध्यक्ष मेथुर चौधरीले जानकारी दिए ।
त्यस्ता इँटा उद्योगलाई नियन्त्रण तथा कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा सङ्घले निवेदन गर्दा पनि कुनै सुनवाइ नभएको उनले गुनासो गरे । अनुगमनका क्रममा अवैध रूपले इँटा पोल्ने व्यक्ति फेला पारेर पनि कुनै कारवाही नभएको अध्यक्ष चौधरीले बताए ।
जिल्लामा अवैधरूपमा सञ्चालनमा रहेको उद्योगसँग स्थानीय प्रशासनले प्रत्येक वर्ष रु दुई लाख ५० हजारका दरले रकम असुल गरेको एक स्रोतले जनाएको छ । त्यस्ता उद्योगले आधुनिक उद्योगको तुलनामा गुणस्तरहीन हुनाका साथै राज्यलाई कर तिर्न पर्ने कर नतिरेका कारण सस्तो हुने भएकाले आफूहरु मारमा परेको सङ्घका पदाधिकारीको गुनासो छ । यस्ता इँटा उद्योगका कारण वन बिनासका साथै स्वास्थ्यमासमेत प्रतिकूल असर गर्ने गरेको छ ।
अवैध रूपले सञ्चालन हुँदै आएका इँटा उद्योगका कारण वैध रूपमा उद्योग सञ्चालन गर्नेलाई घटा हुने गरेको इँटा उद्योगी जगरनाथ राय यादवले बताए। त्यस्ता उद्योगीहरूले मूल्यअभिबृद्धि कर बिना नेै कम मूल्यमा इँटा बेच्ने गरेका कारण आफूहरुलाई घटा हुने गरेको उनको भनाइ थियोे ।
“भारतबाट कोइला खरिद गर्नुपर्ने र इँटा बिक्री पनि मूल्यअभिबृद्धि कर जोडेरै गर्नुपर्ने हुँदा दर्ता नै नभई सञ्चालनमा रहेका त्यस्ता इँटासँग बजारमा प्रतिस्पर्धा गनुपर्छ”, होम इँटा उद्योगका सञ्चालक एवं सङ्घका सचिव भगवान मैनालीले बताए । त्यस्ता उद्योगमा इँटा दाउराले पोलिने र कर पनि तिर्नु नपर्ने हुँदा लागत मूल्य कम पर्छ । दाउराले पोलिने घरेलु इँटा त्यति राम्रो नभए पनि स्थानीय उपभोक्तालाई गुणस्तरीय इँटाको बारेमा जानकारी नहुँदा पनि यो समस्या आएको हो, उनले भने ।
यस विषयमा प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलसँग सोध्दा उनले केही दिन पहिला सहायक प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको नेतृत्वमा अनुगमन तर आफूले बुझ्न बाँकी रहेको जानकारी दिए ।
त्यस्ता उद्योगलाई पटक–पटक नियमन गर्न खोज्दासमेत आफू एक्लैले नसककोको घरेलु तथा सना उद्योग कार्यालयका प्रमुख सूर्यकान्तलाल कर्णले बताउनुभयो । नेपाल सरकारले चदरा ९जस्तापता० ले बनेको इँटा उद्योगलाई विस्थापित गरी दुई वर्षभित्रमा फिक्स बनाउनुपर्ने २०६६ चैत ८ गते निर्णय गरेको थियो ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...
प्रतिकृया लेख्नुहोस्: