Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सूक्ष्म समस्या थाहा पाउन सङ्घीय व्यवस्था आएको हाे - मुख्यमन्त्री शाही

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सूक्ष्म समस्या थाहा पाउन मुलुकमा सङ्घीय व्यवस्था आएको बताएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा यहाँ आज आयोजित कर्णाली प्रदेशका १० जिल्लाका नवनियुक्त अस्पताल व्यवस्थापन समितिका अध्यक्षको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले सङ्घीय शासन व्यवस्थाले जनस्तरसम्मका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले भने, “कर्णालीको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय एवं प्रभावकारी सेवा प्रवाहका लागि हामीले मैदान तयार गरेका छौँ, अब नवनियुक्त अस्पताल व्यवस्थापन समितिका अध्यक्षले क्षमता प्रदर्शन गर्नुस् ।” हामी सबैको एउटै प्रतिबद्धता मुलुकको समस्या समाधान हो भन्दै मुख्यमन्त्री शाहीले पदबहाली गरेलगत्तै सबै जिल्लाका हालसम्मको स्वास्थ्य सेवा प्रवाहको अवस्थाको प्रतिवेदन दिन सुझाए । सो अवसरमा सामाजिक विकासमन्त्री दल रावलले नवनियुक्त अध्यक्षलाई शपथ ग्रहण गराउँदै विकासका अन्य सूचक झैँ कर्णालीको स्वास्थ्य अवस्थाको सूचक निकै कमजोर रहेको बताए । “प्रदेश सरकारले महत्वका साथ यहाँलाई नियुक्त गरेको छ”, मन्त्री रावलले भने, “जनतालाई लोकतन्त्र, मौलिक हक र स्वास्थ्य सेवाको प्रत्याभूति हुनेगरी आफ्नो जिम्मेवारी पूरा गर्नुहोस् ।” नवनियुक्त अध्यक्षको प्रतिनिधित्व गर्दै प्रदेश अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल कँडेलले स्वास्थ्य क्षेत्रमा नमूना काम गर्ने अवसर प्राप्त गराएको भन्दै प्रदेश सरकारलाई धन्यवाद दिए । उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलिया, सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर विश्वकर्मा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानून सचिव कलानिधि पौडेललगायतको सहभागिता थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: