Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

किन विद्यालयमा टिक्न मान्दैनन् मुसहर किशोरी ?

बर्दिवास। “मुसहर बस्तीकी चेलीमा यिनले चाहिँ पढ्ने भइन् है भन्ने लागेको थियो, तर चट्टै आउन छाडिन्” महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–३ भङ्गाहा बस्तीको मुसहरी टोलकी रिङ्कु सादाबारे माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरका नेपाली विषयका शिक्षक कमल श्रेष्ठले भने । नौ कक्षामा पुगेर अब चाहिँ एसइइ (माध्यमिक शिक्षा परीक्षा) मा सहभागी हुने आश जगाएकी आफ्नी छात्रा रिङ्कु एक्कासि विद्यालय आउन छाडेपछि मुसहरी टोलका चेली उच्च शिक्षामा पुग्छन् भन्ने आश मर्न थालेको शिक्षक श्रेष्ठले चिन्ता व्यक्त गरे । “मुसहरी टोलबाट नानीहरू विद्यालय ल्याउनै गाह्रो, ल्याए पनि टिकाउनै गाह्रो” बल्लबल्ल नौ कक्षामा पुगेकी रिङ्कु गत वर्ष चैत लागेसँगै विद्यालय आउन छाडेपछि निराश भएका श्रेष्ठले भने, “मुसहरी टोलमा कतिपटक घरदैलो गरेर बल्लबल्ल नानी ल्याइन्छ, तर उनीहरु यहाँ टिक्दैनन्, त्यसमा पनि छोरीलाई त विद्यालय ल्याउनै गा¥ह्रो छ ।” हुन पनि रिङ्कु मात्र नभएर सोही बस्तीकी १४ वर्षीया अम्बिका सादा ८ कक्षा पढ्दापढ्दै विद्यालय आउन छाडिन् । त्यसैगरी कक्षा ७ मा पढ्दै गरेकी विना सादा, ६ कक्षामा पढ्दै गरेका बिसालु, रुवि, रितम र पविता सबै विद्यालय आउन छाडे । जम्मा ११० घर रहेका सो मुसहरी टोलबाट अहिलेसम्म विद्यालयमा टिकेर १० कक्षा टेक्ने छात्रा हुनै नसकेका र छात्रमा पनि एक मात्र सिमल सादाले एसइइ ९केही वर्ष पहिले त्यतिबेला एसएलसी भनिने परीक्षा० उत्तीर्ण गरेको विद्यालयका शिक्षक बताउँछन् । विद्यालयबाट मुस्किलले पाँच÷सात मिनट पैदल यात्राको दूरीभित्रको मुसहरी टोलबाट आएका छोरी विद्यालयमा नटिक्नुमा उनीहरूको गरीबी नै मुख्य कारण रहेको शिक्षकको निष्कर्ष छ । घरमा समयमा खान नपाउँदा विद्यालय आउने समय ढिलो हुनु, टिफिन ९मध्यान्तर० मा अरु साथीले खाजा खाँदा मुसहर बालिकासँग खाजा र पैसा नहुनु र अन्य साथीसङ्गीको पहिरनअनुसार आफू हुननसक्नु, ‘स्टेसनरी’का पर्याप्त साधन जुटाउन नसक्नु र घरपरिवारको शिक्षाप्रतिको उदासीनता नै यिनीहरू विद्यालयमा टिक्न नसक्नुका मुख्य कारण हुनसक्ने शिक्षक श्रेष्ठको अनुमान छ । यद्यपि मुसहर किशोरीले ती समस्याबाहेक शिक्षकको बेवास्ता नै आपूm विद्यालय जान नसकेको मुख्य कारण बताउँछन् । “समयमा हामीलाई भनिएको छात्रवृत्ति दिइँदैन, पैसाको अभावले कपी, कलम जुटाउन सकिन्न, अनि के जानु स्कूल रु” ८ कक्षामा पढ्दापढ्दै गत वर्ष चैतदेखि पढ्न जान छाडेकी अम्बिकाले भने, “हामीले केही सोध्दा सर झर्कोफर्को गर्नुहुन्छ, बुझेका हुँदैनौँ, परीक्षा आइपुग्छ, अनि के लेख्न जानिन्छ र स्कूल जानु रु” सो बस्तीका विद्यालय जान छाडेका अन्य बालिका र किशोरीले पनि अम्बिकाको भनाइमा सही थापेका छन् । आपूmहरू अझै पढ्न चाहे पनि परिवार, विद्यालय र वरपर समाज सहयोगी नभएको मुसहर किशोरीको गम्भीर आरोप छ । तर विद्यालयका प्रधानाध्यापक श्रीराम यादव मुसहर किशोरीको गुनासोसँग सहमत छैनन् । “विद्यालयभित्र मुसहर बालबालिकाले पठनपाठनको अवसर नपाएका भन्ने होइन, सबै विद्यार्थीसँग हामीले समान व्यवहार गरेका छौँ”, प्रअ यादवले भने, “दलितका लागि भइआएको व्यवस्थाअनुसारको सुविधा दिइएकै छ, गरीबीले समयमा खानेकुरा नपाउँदा ठीक समयमा विद्यालय आउन नसकेका कुरा मान्न सकिन्छ, तर यो समस्याबारे विद्यालय प्रशासनले के गर्न सक्छ र रु” यसका लागि विभिन्न तहका सरकारले खास नीति बनाए मात्र उनीहरूले थप सुविधा पाउनसक्ने प्रअ यादवको भनाइ छ । भङ्गाहा नगरपालिका क्षेत्रमा छुट्टाछुट्टै गणना गर्दा मुसहर र बाँतर भनिने उस्तैउस्तै संस्कृति परम्पराका दलित जातिको सङ्ख्या अन्य जातिभन्दा बढी भए पनि यि दुवै जातिबाट एसइइ उत्तीर्ण गर्ने अहिलेसम्म दुई जना ९माथि चर्चा गरिएका सिमल सादासहित० मात्र देखिएका छन् । जिल्लामा मुसहर जातिको बसोबास भएको बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका मञ्जे सादाबाहेक अन्य मुसहर बालबालिका १० कक्षा पनि टेक्न सकेका छैनन् । बर्दिवास नगर क्षेत्रकै बिजलपुरा चल्की, पशुपतिनगर र मेघरोल बस्तीका मुसहर बालबालिका त पठनपाठनको समय बाहिरको समयमा ‘टाल–पुल्ली’ (काठको टुक्रा डण्डाले उडाएर खेलिने एक प्रकारको खेल) खेल्ने प्रयोजनबाहेक विद्यालय परिसरमा जाने नगरेको पाइएको छ । मुसहरको बसोबास रहेको गौशाला नगरपालिकाको मनर्वा, रजखोर, फूलकाहा, भरतपुर र निगौल बस्तीमा पनि मुसहर बालबालिकाका हातमा कपीकलम नभई मुसा खोज्न दुलो खन्ने प्रयोजनको खुर्पी (माटो खन्ने सानो फलामे औजार) देखिन्छ । औरही नगरपालिकाको फूलबरिया, भोइलटिम्किया, लोहारपट्टी नगरपालिकाको खुट्टापिराढी, बलवा नगरपालिकाको भगवतीपुर र एकडारा गाउँपालिकाको भटौलिया बस्ती सघन मुसहर बसोबासका बस्ती हुन् । जिल्लामा अहिले करीब छ हजार जनसङ्ख्या आँकलन गरिएको मुसहर जातिमा हालसम्म एसइइ उत्तीर्ण गर्ने मुसहरको सङ्ख्या १५ ननाघेको जिल्ला शिक्षा समन्वय एकाइ कार्यालय महोत्तरीले स्वीकार गरेको छ । एसइइ गरेका भेटिने मुसहर परिवारको यो सङ्ख्यामा छोरी भने हालसम्म एक जना पनि छिर्न नसकेको कार्यालय प्रमुख शत्रुधन यादव बताउछन् । एसइइ गरेमध्ये ११÷१२ मा पुग्ने दुई÷तीन जना देखिए पनि स्नातक गर्ने मुसहर जिल्लामा छँदै छैनन् । यसअघि शिक्षाबारे चासो नभएको यो जातिमा पछिल्लो पुस्ताका किशोरकिशोरी भने अब पढ्नु राम्रो काम हो भन्नेसम्म बुझ्न थालेका छन् । “पढ्ने रहर छ, आँगनमै स्कूल पनि छ”, केहीदिनअघि गौशालाको मनर्वा बस्तीको मुसहरी टोलकी १४ वर्षीया समुन्द्री सादाले सञ्चारकर्मीसँग भनेकी थिइन्, “तर पढेर जागिर खाने रहर भने पूरा हुन सकेन ।” किशोरावस्थामा टेकेपछि बाबुआमाले नै विद्यालय जान नदिने गरेको र विद्यालयको पनि सहयोगी भूमिका नहुने गरेको मुसहर किशोरीको गुनासो छ । रीतिरिवाज, वेषभूषा र आफ्नैपनको खानपान हुने मुसहर मुख्यतः कृषि मजदूरी गरेर जीवनयापन गर्ने जातिका रूपमा चिनिन्छ । मुसाको चटनी र घोङी ९एक प्रकारको सानो खालको सङ्खेकीरा० को झोल मुसहरका खास रोजाइका खाद्य परिकार मानिन्छन् । कृषि कार्यमा पनि माटो काट्ने र काटिएको माटो टाला ९काँधमा भारजस्तो गरेर बनाइएको माटो बोक्ने जाली० बोक्न निपुण मानिने गरिएको छ । सामान्यतया अचेल १३÷१४ वर्षको किशोर मुसहर रोजगारीका लागि भारतको हरियाणा, पञ्जाब जाने र सो उमेरका किशोरी घोङी मार्न निस्कने, घरमा खाना पकाउने, वरपर मजदूरी गर्ने र १५ वर्ष नपुग्दै बिहे गरेर जाने आम प्रचलन देखिन्छ । जिल्लाका मुसहर बालबालिकालाई विद्यालयमा टिकाउन थप पहलकदमी नभए यो अवस्था नफेरिने यहाँका शिक्षाविद् बताउँछन् । सामुदायिक विद्यालयका शिक्षकको सेवाभन्दा जागिरे मनस्थिति हुनु, राजनीति दल र जनप्रतिनिधिले विद्यालयलाई राजनीतिक अखाडा बनाउनु र विद्यालयबाट प्रवाह हुने सेवाबारे उदासीनता देखिनु सामुदायिक विद्यालयको पठनपाठन उँभो नलाग्नु मुख्य कारण भएको शिक्षा क्षेत्रमा लामो सरकारी सेवा गर्नुभएका नेपाल सरकारका पूर्वउपसचिव जिल्लाकै जलेश्वर नगरपालिकाको बखरी बस्तीका बासिन्दा ८० वर्षीय महेश्वर राय बताउछन् । खासगरी मुसहर बालबालिकाको पठनपाठन प्रबन्धका लागि विशेष रणनीति नै बनाउन पर्ने रायको थप सुझाव छ । अशिक्षा र गरीबीका कारण सामाजिक पछौटेपनमा पर्दै आएका मुसहरलाई विकासको मूल प्रवाहमा समाहित गराउन शिक्षाको प्रसार र अवसर जुटाउनु नै पहिलो जरुरी रहेको यस भेगका समाजशास्त्री बताउँछन् । मुसहर बालबालिकालाई विद्यालय पु¥याउन, टिकाउन र माध्यमिक तहसम्मको शिक्षा पूरा गराउन नै पनि यिनीलाई नै लक्षित गरी रणनीति बनाउन आवश्यक रहेको मुसहर बस्ती नजिककै भङ्गााहा–३ कै बासिन्दा एवं नेपाल फाउण्डेशन फर एडभान्स्ज स्टडी ९नेफास० मा कार्यरत समाजशास्त्री शिवराज दाहाल बताउनुहुन्छ । अहिले संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर शिक्षा क्षेत्रको रेखदेख र मुख्य व्यवस्थापन उसकै जिम्मा लगाए पनि मुसहरलक्षित शैक्षिक योजना भने बन्न नसकेको दाहालको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending