Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

सवारीसाधनमा ज्येष्ठ र असक्त नागरिकलाई ५० प्रतिशत छुट

भोजपुर। जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए। छुटको व्यवस्था कार्यान्वयनका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असक्तलाई तत्काल परिचयपत्र दिने गाउँपालिकाले जनाएको छ । साथै गाउँपालिकाले सवारी दुर्घटना न्यूनीनकरण गर्न सवारी चालक अनुमतिपत्र नबोक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारवाही गर्ने भएको छ । कालाजारका रोगी फेला जिल्लामा कालाजारको बिरामी फेला परेपछि यसको नियन्त्रणका लागि विशेष योजना बन्ने भएको छ । जिल्लाको अरुण गाउँपालिका–२ चम्पेमा दुई व्यक्तिमा यो रोग देखिएपछि अन्यत्र फैलिन नदिन विशेष योजना बनाएर उपचार गरिने भएको हो । कालाजारको रोकथामका लागि स्थानीय तहले खेल्नुपर्ने भुमिकाको विषयमा मङ्गलबार जानकारी दिइएको छ । भुसुनाको माध्यमबाट सर्ने भएकाले यो रोग शुरुआती अवस्थामै पहिचान गरेर उपचार गर्नु राम्रो हुने कार्यक्रममार्फत जानकारी गराइएको छ । कालाजारका लक्षण विषेशगरी हल्का ज्वरो, कमजोरी महसुस र भोक नलाग्नु जस्ता कारणले शुरु हुने र थुप्रै सातामा तीव्र ज्वरो, रक्तअल्पता, कलेजो डढ्नु, चिढिनु, छाला कालो हुनु, पेट फुल्नु, जस्ता लक्षण देखिने हुनाले भुसनाबाट बच्नुपर्ने क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाका प्रमुख कृष्ण मिजारले जानकारी दिए। रुखले किच्दा एकको मृत्यु भोजपुरको षडानन्द नगरपालिका–४ साङराङमा रुखले किच्दा एक जनाको मृत्यु भएको छ । मङ्गलबार साँझ रुद्राक्षको रुख ढाल्ने क्रममा सोही रुखले किच्दा स्थानीय ५५ वर्षीय दुर्गाबहादुर राईको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय दिङ्लाका प्रमुख अमतलाल माझीले जानकारी दिए । आवश्यक प्रक्रिया पूरा गरी शवलाई परीक्षणका लागि सुङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारी पठाएको माझीको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending