Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

नयाँ वर्षको सम्बोधनमा किम जोंगले दिए यस्तो चेतावनी

काेरिया । उत्तर कोरियाली नेता किम जोङ उनले परमाणु अस्त्र निश्शस्त्रीकरणप्रति आफू प्रतिबद्ध रहेपनि अमेरिकाले उसको नाकाबन्दी कायम राखे आफूले बाटो परिवर्तन गर्ने चेतावनी दिएका छन् । नयाँ वर्षको सम्बोधनमा उनले यसबारे घोषणा गरेका हुन् । उनको उक्त सम्बोधनमा धेरैको चासो थियो । मंगलवार बिहानै सरकारी टेलिभिजनमा प्रसारण गरिएको घोषणामा किमले भने, ‘यदि अमेरिकाले सारा संसार सामु व्यक्त गरेको आफ्नो प्रतिबद्धता कायम राख्दैन र हामीमाथि नाकाबन्दी र दबाव जारी राख्छ भने हाम्रो सार्वभौमसत्ता र हाम्रो स्वार्थ सुरक्षार्थ नयाँ बाटो लिनुको विकल्प छैन।’ सोलस्थित बीबीसीकी लोरा बीकर भन्छिन्, ‘यसको अर्थ उत्तर कोरिया सन २०१९ मा अमेरिकाले केही गरोस भन्ने चाहन्छ अन्यथा अहिले रोकिएको आणविक हतियार परीक्षणको समय समाप्त हुन सक्छ । उसको प्रतिबन्धित आणविक र ब्यालिस्टिक क्षेप्यास्त्र कार्यक्रमका कारण संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको विभिन्न प्रकारको नाकाबन्दी झेल्दै आएको छ ।’ किमले भने, ‘उत्तर कोरियाले आणविक हतियार उत्पादन, प्रयोग र प्रसार नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ र त्यसो हुन नदिन ठोस कदमहरू कार्यान्वयन गरेको छ।’ उनले आफू ट्रम्पसँग कुनै पनि समय भेटवार्ता गर्न तयार रहेको बताए । एनके न्यूजका ओलीभर होथमले बीबीसीलाई भने, ‘उनको लवज धेरैले अपेक्षा गरेजस्तै थियो । आफ्नो देशमा मुख्य मुद्दाहरूमा अडान, अमेरिकाप्रति मेलमिलापमुखी तर दृढ सन्देश र सोलप्रति परस्परको सहयोगको संभावना सहितको भाषण थियो।’ गत वर्षको घोषणाले उत्तर कोरियालाई दक्षिण कोरिया र अमेरिकासँग कुटनीतिक रुपमा नजिकिन मार्ग प्रशस्त गरेको थियो । किमले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सन् २०१८ को जुनमा ऐतिहासिक भेट गरेर परमाणु अस्त्र निश्शस्त्रीकरणबारे छलफल गरे । तर त्यसको परिणाम निकै कम देखियो । कम्युनिष्ट मुलुकका संस्थापक तथा उनका हजुरबु्वा किम इल सङको परम्परा कायम राख्दै किम जङ–अनले नयाँ वर्षका दिन महत्वपूर्ण घोषणा गर्ने गरेका हुन्। घरेलु श्रोता लक्षित गरेर अर्थतन्त्रबारे कुराकानी गर्ने लक्ष राखिएपनि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले उनका भनाइका हरेक लाइनमा प्योङयाङको अन्तर्राष्ट्रिय एजेन्डाको भेउ खोज्ने गर्छन् । बीबीसी

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending