Khabar Dabali ३ माघ २०८२ शुक्रबार | 16th January, 2026 Fri
Investment bank

बम्जनको आश्रमबाट तीन जना आनी पाँच वर्षदेखि बेपत्ता, परिवारले दिए प्रहरीमा उजुरी

हेटौंडा । लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरू बेपत्ता भएको परिवारजनले उजुरी गरेका छन् । तिनमा फूलमाया रुम्बा र कर्म वाइबालगायत छन् । यो खबर आजको कान्तिपुर दैनिकमा छ – विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब ५ वर्षदेखि खोजी गर्दा नभेटिएकाले तलास गरिदिन छुट्टाछुट्टै निवेदन दिएको जिल्ला प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिए । बाराको रतनपुरी जंगलमा निराहार तपस्या गरेको भनी चर्चामा आएका बम्जनको बाराको हलखोरियास्थित आश्रममा आनी बन्न फूलमाया रुम्बा २०६८ सालदेखि गएको उनको परिवारले बताएको छ । बम्जनको आश्रममै रहेको अवस्थामा २०७१ सालको अन्त्यबाट सम्पर्क टुटेको भाइ विजयको भनाइ छ । उनका अनुसार अन्य दुई आनी पनि बेपत्ता भएका छन् । ‘हामीले दिदीको खोजी गरिरहेका छौं,’ रुम्बाले भने । उनका अनुसार २०७२ सालको भूकम्पपछि उनकी दिदीको अवस्था बुझ्न बुबाआमा बम्जनको सिन्धुपाल्चोक आश्रममा गएका थिए । उनले भने, ‘फागुनदेखि नै यहाँ छैन भनेर फर्काइदिए ।’ फूलमायासँगै आश्रममा गएकी नुवाकोटकी कर्म वाइबा पनि करिब ५ वर्षदेखि बेपत्ता भएको उजुरी परेको छ । मकवानपुरको पदमपोखरी, वनस्पतिका महेन्द्र वाइबाले आफ्ना बुबा सञ्चलाल तपस्यास्थलबाट बेपत्ता भएको बताएका छन् । २०७० सालमा तपस्वी बम्जनसँग हिँडेका वाइबाको परिवारसंँग २०७१ चैत १५ गते फोन सम्पर्क भएको थियो । त्यसपछि सम्पर्क छैन । सिन्धुपाल्चोकस्थित बम्जनको तपस्यास्थल पुगेर छोरा महेन्द्रले खोजतलास गर्दा फेला पार्न सकेका थिएनन् । सबैतिर खोज्दा फेला पार्न नसकेपछि प्रहरीमा उजुरी दिएको महेन्द्रले बताए । डीएसपी भट्टराईले बम्जनको तपस्यास्थलको खोजीलगायत जानकारी लिने प्रयास गरिरहेको बताए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending