Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

यौन प्रजननबारे खुलेरै कुरा गर्छन् रोल्पाका किशोरी

रोल्पा। विद्यालय र स्वास्थ्यचौकी किशोरीमैत्री भएपछि रोल्पाका किशोरी यौन तथा प्रजनन स्वास्थ्यकाबारे खुलेरै कुरा गर्न थालेका छन् । यौन तथा प्रजनन स्वास्थ्यका बारेमा पाठ्यक्रममा समावेश विषयवस्तु समेत पठनपाठन गर्न लजाउने शिक्षक तथा विद्यार्थी अहिले भने धक नमानेरै खुला बहस गर्ने गर्दछन् । पाठ्यक्रममा समावेश यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी विषयवस्तु अध्यापन गराउन निकै धक लाग्थ्यो नेपाल राष्ट्रिय माविका स्वास्थ्य शिक्षक महेन्द्रराज रोकाले भने, “अधिकांश कक्षामा स्वास्थ्य अध्ययनका लागि त्यस्ता विषय विद्यार्थीलाई नै जिम्मा दिइन्थ्यो” शिक्षक रोकाले भने । “विद्यालयलाई किशोरीमैत्री बनाएसँगै त्यस्ता विषयको पठनपाठन पनि सहज भएको छ’’ रोकाले भने । ‘अझै पनि जति खुलेर छलफल हुनुपर्ने हो त्यसो हुन नसकेको उनको भनाइ छ । किशोरी शिक्षा सञ्चालन भएपछि यौन तथा प्रजनन स्वास्थ्यका साथै अन्य विषयमा समेत खुलेर बोल्न सक्ने क्षमता विकास भएको किशोरी समूह सहजकर्ता युवती थापाको भनाइ छ । ‘‘किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यको ज्ञान हुनुको साथै अन्य विषयमा समेत खुलेर बोल्न सक्ने क्षमता विकास भएको छ’’ थापाले भने । समाजमा हुने बालविवाह, घरेलु तथा लैङ्गिक हिंसाका घटना न्यूनीकरणमा समेत यस्ता समूहले राम्रो भूमिका खेलेका छन् सहजकर्ता थापाले भने । सोही विद्यालयको कक्षा ६ र ७ मा अध्ययन गर्ने छ जना विद्यार्थीले गतवर्ष बालविवाह गरेको बताउँदै किशोरी शिक्षा कार्यक्रमपछि बालविवाहको दर पनि कम भएको छ थापाले बताए । स्वास्थ्य चौकीमा आउने किशोरीले आफ्ना स्वास्थ्य समस्या निर्धक्कसँग राख्न थालेको स्वास्थ्य चौकी खुमेलका अहेब विवेक बुढामगरको भनाइ छ । ‘‘विगतमा यौन तथा प्रजनन स्वास्थ्य समस्या हुने किशोरी स्वास्थ्य चौकी आउँदैनथे’’ अहेब बुढाले भने । अहिले दैनिक एक, दुईजना किशोरी प्रजनन स्वास्थ्यबारे जानकारी लिन स्वास्थ्य संस्थामा आउने गरेको बुढाको भनाइ छ । ‘‘किशोरी खुलेर स्वास्थ्य समस्या राख्न थालेपछि उपचारमा समेत सहजता भएको छ’’ अहेब बुढाले भने । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या विकास कोष९युनिसेफ०को सहयोगमा जिल्लाका विभिन्न स्थानमा किशोरी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । जिल्लाका दुबिडाँडा, डुब्रिङ, खुङ्ग्री, खुमेल, रांँकोट,राँसी, कोटगाउँ र लिवाङमा किशोरी शिक्षा सञ्चालन भएको युनिसेफका रोल्पा प्रतिनिधि खगेन्द्र भट्टले जानकारी दिए । कार्यक्रम सञ्चालन भएका क्षेत्रका किशोरीमा यौन तथा प्रजनन स्वस्थ्य अवस्था सुधारात्मक रहेको भट्टको भनाइ छ । जिल्लामा किशोरीमा यौन तथा प्रजनन स्वास्थ्य शिक्षाको अभावमा ठूलो मात्रामा बालविवाह हुने गरेको छ । बालविवाहका कारण किशोरीमा विभिन्न खालका स्वास्थ्य समस्या देखिनुका साथै घरेलु हिंसासमेत बढ्दै जान थालेको बताइन्छ । जिल्लामा अघिल्लो आवको सात महीनामा गरिएको गर्भवती जाँच गराउने ४७८ जना २० वर्षमुनिका रहेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका वरिष्ठ अनमी नैना डाँगीले जानकारी दिए । सोही अवधिमा भएका गर्भपतनमध्ये २६ वटा २० वर्षमुनिका किशोरीले गरे डाँगीले भने । अस्थायी साधन प्रयोगकर्ता किशोरीको सङ्ख्या पनि वृिद्ध भइरहेको छ डाँगीले भने । सबै प्रकारका अस्थायी साधन प्रयोग गर्ने किशोरीको सङ्ख्या ५५३ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको यो तथ्याङ्कले जिल्लामा बालविवाहको रुप भयावह देखिए पनि प्रहरी समक्ष उजुरी गर्नेको सङ्ख्या भने नाम मात्रको छ । प्रहरी कार्यालयमा वर्षमा १,२ वटा मात्रै उजुरी आउने गरेको बताइन्छ । किशोरी शिक्षाले यस्ता समस्या हल गर्न सक्छ महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष तीर्था आचार्यले भने । जिल्लामा बालविवाह न्यूनीकरणका लागि विभिन्न प्रयास भइरहेका भएपनि त्यसले ठोस परिणाम हासिल गर्न सकेको छैन । आमा समूह, बाल क्लबहरुले पनि यस्तो अभियानमा साथ दिँदै आए पनि पछिल्लो पटक प्रयोग गरिएको किशोरी शिक्षा कार्यक्रमले बालविवाह न्यूनीकरण, यौन तथा प्रजनन स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेख्य परिवर्तन गर्न सक्ने सरोकारवालाको भनाइ छ ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending