Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

क्रान्तिको लागि ज्यान हत्केलामा राख्न तयार छौं - प्रकाण्ड

बुटवल। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादखुर विश्वकर्मा प्रकाण्ड पूर्वमन्त्री समेत हुन्, तत्कालिन जनयुद्धलाई संसदवादको भासमा फसाएको भन्दै पार्टीसँग अन्तरसंर्घष देखी विद्रोहसम्ममा विप्लवका सारथी बनेका उनी हालै सरकारले गिरफ्तार गरी देशका विभिन्न ठाउँमा गरी ५१ दिनसम्म हिरासत समेत बसे । अन्ततः उनलाई लगाईएको मुद्दा पुष्टि नभएपछि मुक्त भएका उनी हिरासत मुक्त भएपछि देशव्यापी दौडाहा र भेटघाटमा छन् । क्रान्तिकारी पत्रकार संगठनले आयोजना गरेको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्न पश्चिमदेखी बुटवल आईपुगेका उनले पत्रकार सम्मेलनमार्फत पार्टीका धारणाहरु सार्वजनिक गरे । क्रान्तिकारी पत्रकार संगठनले बुटवलमा राखेको पत्रकार सम्मेलनमा उनले बाहिर भ्रम फिजाईएजस्तो आफ्नो पार्टीले कुनै जनयुद्ध वा शसस्त्र क्रान्तिको पक्षमा नरहेको बताए, तर राज्यपक्षले अनावश्यक मुद्दा लगाउने दुख दिने र बन्दुकको बलमा आफ्ना आन्दोलनहरुलाई निस्तेज पार्न खोजे आफूहरु चुप नलाग्ने भन्न पनि उनले छुटाएनन् । पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘राजनीति रुपमा एकिकृत जनक्रान्तिमार्फत देशको व्यवस्था परिवर्तन गरेर जनताको सत्ता स्थापना गर्नको लागि बैज्ञानिक समाजवादको विकल्पसहित संघर्षमा छौं, राज्यले आतंककारीजस्तै व्यवहार गर्छ, अन्य अपराधिक समुहलाई जस्तै व्यवहार गर्छ भने राज्यसँग लड्न तयार छौं ।’ अहिलेको सत्ता कम्युनिष्टको सत्ता नभएको र कम्युनिष्ट आन्दोलन र पार्टीलाई सिद्धाउनको लागी विदेशी प्रतिक्रियावादीले योजनावद्ध रुपमा यो सरकार बनाएर जनतालाई कम्युनिष्ट प्रती भ्रम सिर्जना गर्न खोजेको भन्दै उनले आफूहरुलाई सरकारी नेकपा(नेकपा) भन्दा ठूलो पार्टीको रुपमा रहेको जिकिर समेत गरे । देश र जनताको भविष्यको लागि एकिकृत जनक्रान्तिको माध्यमबाट संघर्ष गर्दै जनताको सत्ता बैज्ञानिक समाजवाद ल्याउनको लािग आफूहरु ज्यानलाई हत्केलामा राखेको भन्दै उनले कुनै पनि तत्वले कमजोर बनाउन नसक्ने र आफूहरु निश्चित विजय हुनेमा दृढ रहेको बताए । प्रकाण्डले भने,‘हामिले विगतका कमजोरीहरुबाट धेरै पाठ सिकेका छौं, बदलिदो विश्वपरिवेश र नेपाली मौलिकतामा आधारीत रहेर बैज्ञानिक ढंगबाट नयाँ क्रान्तिको स्वरुप तयार गरेका छौं, अब नेपालमा क्रान्ति कसैले रोकेर रोकिनेवाला छैन ।’ उनले आफूहरु सरकारसँग वार्ता गर्न भने तयार रहेको बताए। कुनै समूह नभई दलकै हैसियतमा सम्बोधन भए वार्ता गर्न तयार रहेको उनको भनाई थियो। ‘वार्ताका लागि हामी तयार छौं, तर हामी राजनीतिक हैसियत भएको पार्टी भएकाले त्यहीअनुसार सम्बोधन हुनुपर्छ ’नेता प्रकाण्डले भने । उनले सरकारले वार्ता टोली गठन गरेपनि त्यसको कुनै अर्थ नभएको बताए। विगतमा संविधानसभा र गणतन्त्रका लागि लडेकाहरुलाई आंतकारी भन्नेहरु नै प्रतिगमनकारी भएको बताए। आफूसहित विप्लवका नेता कार्यकर्ता पक्राउको प्रसंगमा प्रवक्ता विश्वकर्माले सरकारले पुष्टि गर्न नसकेर आफ्नै निर्णयमा असफल भएको तर्क गरे। ‘सरकारले आफूले गरेको कामको जिम्मा पनि लिन सक्दैन, यो भन्दा लाजमर्दो बिषय के हुन्छ’ उनले प्रश्न गरे। सरकारले ६२÷६३ सालको जनआन्दोलनपछि शान्ति प्रक्रियाबाट छुटेका समूहसँग वार्ता गर्ने भनेर भनेकाले त्यो समूहमा नेकपा नपर्ने उनको जिकिर छ। उनले नेकपा जनयुद्ध गर्ने पक्षमा नरहेको स्पष्ट पारे। ‘हामी जनयुद्धको पक्षमा छैनौ, तर सरकारले बन्दुक देखाउछ भने त्यसका विरुद्ध हामी उत्रन्छौ,’ उनले भने । क्रान्तिकारी पत्रकार संगठनका महासचिव हिम विष्टको सञ्चालनमा भएको सो पत्रकार सम्मेलनको अध्यक्षता संगठनका केन्द्रिय अध्यक्ष प्रकाश डुम्रेले गर्नुभएको थियो भने कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका रुपन्देही ईन्चार्ज संगम पुन, नवलपरासी ईन्चार्ज शरद ओली, रुपन्देही सेक्रेटरी अमर आरसी लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending