Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

रमिला भुजेल बनिन् भुजेल समाजको पहिलो महिला अध्यक्ष

कावासोती । भुजेल समाज सेवा समीती नवलपरासीको (बर्दघाट सुस्ता पूर्ब)को एेतिहासिक गौरवमय चौथो जील्ला अधीबेसन तथा भुजेली पर्वमा सहभागी सहजातिय बन्धु बान्धबहरुको भेलाले रमिला भुजेलको अध्यक्षतामा २८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार थकालीचोक देखी उत्तर भुजेली थानमा सम्पन्न अधिवेशन तथा प्रतिनिधीहरुको भेलाबाट नयाँ कार्यसमिति चयन गरिएको हो । नव निर्मित कार्यसमितिको उपाध्यक्षमा कृषी वैज्ञानिक धनबहादुर घर्ती ,सचिव जंग भुजेल , कोषाध्यक्ष कला भुजेल , सह-सचिव कृष्ण घर्ती र सदस्यहरुमा धन ब घर्ती , तारा ब भुजेल ,भद्र ब भुजेल ,लाल ब भुजेल ,बासुदेव भुजेल ,हर्क ब भुजेल सुर्य ब भुजेल रमेस भुजेल अम्बर ब भुजेल ,जित ब भुजेल ,टोप ब भुजेल ,वसन्त भुजेल ,डोर ब घर्ती भुजेल ,सिंह ब भुजेल ,सुभाष भुजेल ,सविना भुजेल ,देवी भुजेल ,सकुन्तला घर्ती ,अम्मर मायॉं भुजेल ,खिलमायॉं भुजेल ,तुलसी भुजेल ,तेजा भुजेल ,मैयॉं भुजेल ,मायाॉ भुजेल ,चयन भएका छन् । यस्तै भेलाले प्रितम भुजेलको संयोजकत्वमा ९ सदस्यीय सल्हाकार समिति चयन गरेको छ । जसको सदस्यहरुमा संयोजक प्रितम भुजेल सदस्यहरु अधिवक्ता राम ब भुजेल संगितकर्मी यम ब भुजेल , राम ब भुजेल (रामु),रेसम ब भुजेल , पूर्ण ब भुजेल , टिकाराम घर्ती , शेर ब घर्ती ,डिल ब भुजेल रहेका छन्। यस्तै भेलाले पुज्यैरामय को रुपमा रेशम भुजेल लाइ चयन गरेको छ । एेतिहासिक गौरवमय चौथो जील्ला अधिवेशन भुजेल समाजका सेवा समितिका केन्द्रिय सचिवालय सचिव तिर्सन घर्तिको प्रमुख आतिथ्यता तथा समाजका अध्यक्ष डिल ब भुजेलको अध्यक्षतामा भएको हो । समारोह लाइ सम्बोधन गर्दै प्रमुख अतिथी घर्ती ले नव युवा पुस्ताहरुले जातिय पहिचान र आफ्नो भेष, भुषा ,भाषा , संस्कार र संस्कृतीको संरक्षण को खातिर अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै विशेष आतिथ्यता सहित भुजेल समाजका सेवा समितिका केन्द्रिय सचिव ५ नँ प्रदेश सह ईन्चार्ज गिता भुजेल,भुजेल समाज सेवा समितीका केन्द्रिय कोषाध्यक्ष तथा निँ प्हुगाल चलचित्रका नायक भिम भुजेल लगायत नेपाल आदिवासी जनजाति माहासंघ नवलपरासी का उपाध्यक्ष प्रेम भुजेल भुजेल समाजका सेवा समितिका पूर्व केन्द्रिय उपाध्यक्ष रमिला भुजेल ,भुजेल समाजका सेवा समितिका पूर्व केन्द्रिय सह कोषाध्यक्ष प्रितम भुजेल ले शुभकामना मन्तब्य राख्दै एेतिहासिक कार्यक्रमको आयोजना गर्न सफल भएको मा प्रशंसा व्यक्त गरेका थिए । कार्यक्रम को रौनक़ र मनोरन्जन बढाउन कलाकार भुजेल गायक सोम ब भुजेल वेजोड प्रस्तुती रहेको थियो भने साथमा भुजेल कलाकारहरुको नृत्य पनि प्रस्तुत गरिएको थियो। कार्यक्रममा समाजका सचिव जंग भुजेलले आर्थिक एवम् सॉंगठनिक प्रगति प्रतिवेदन समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजको उत्थान ,पहिचान र विकासमा मा जिवन प्रयन्त अतुलनीय योगदान पुर्याएको भन्दै समाजका निवर्तमान अध्यक्ष स्व. रामजी भुजेलको परिवारजन लाइ भव्य सम्मान गरिएको थियो । यस्तै विभिन्न भुमिकामा रहेर योगदान पुर्याए वापत समाज का पूर्व संस्थापक अध्यक्ष शोभित ब खवास संस्थापक सचिव शेर ब घर्ती, साथै भुजेली थान निर्माणकर्ता चन्दादाता जगती भुजेल र सुभाष भुजेल लाइ सम्मान गरिएको थियो ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending