Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

यसरी कारोवारीको ‘हब’बन्दैछ दाङ

घोराही। मध्यपश्चिम क्षेत्रको केन्द्रको रुपमा रहेको दाङ जिल्ला पहाडी तथा तराईका जिल्लालाई जोड्ने सङ्गम स्थलको रुपमा रहेसँगै व्यापारिक केन्द्रको रुपमा विकास हुँदैछ । रुकुम, रोल्पा, प्यूठान, सल्यानलगायतका जिल्लाबाट केन्द्र राजधानी वा भारतसम्म पुग्न अथवा फर्कनको लागि दाङकै बाटो प्रयोग गर्नुपर्ने हुन्छ भने पछिल्लो समय सडक सञ्जाल जोडिएपछि सुर्खेत, दैलेख, जाजरकोटबाट आउने जाने पनि दाङको बाटो प्रयोग गर्न थालेका छन् । लत्ताकपडा, घरायसी सामग्री, उद्योगबाट उत्पादित वस्तुको बिक्री वितरणका लागि पनि दाङकै बाटो प्रयोग हुँदे आएकामा पछिल्लो समयदेखि अवैध कारोवारको लागि रोजको पाइन्छ । पहिलेदेखि नै छिमेकी जिल्लाका कारोवारी अवैध कारोवार गर्दै गरेको अवस्थामा दाङका विभिन्न स्थानमा पक्राउ पर्ने गर्दथे । अहिले पनि यो क्रम रोकिएको छैन । छिमिकी जिल्लाका मानिस कारोवारको लागि दाङको बजार वा दाङको बाटोलाई रोज्ने गरेका छन् । दाङमा कारोवार गर्दै गरेको वा ओसारपसार गर्दै गरेको अवस्थामा पक्राउ पर्ने अधिकांश छिमेकी जिल्लाका हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन गौतमका गाँजा, भाङ, अफिम, चरेस जस्ता अवैध पदार्थ पहाडी जिल्लामा उत्पादन हुने र बिक्रीको लागि दाङको बजारमा आउने वा दाङको बाटो भएर अन्यत्र लैजाने परिपाटी अत्यधिक रहेको छ । जिल्ला प्रहरी कार्यालयका तथ्याङ्कअनुसार आव २०७१/७२ मा तीन किलो ३०० ग्राम अफिमसहित दुई जना पुरुषलाई पक्राउ गरेको थियो । भने अहिले २०७४÷७५ मा किलो २०० ग्रामसहित तीन जनालाई पक्राउ ग¥यो । अन्य लागुऔषधको तुलनामा अफिमसहित पक्राउ पर्ने निकै कम छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७१/७२ मा ३६ जना पक्राउ परेका छन् । महिला छ जना र अरु पुरुष छन् । लागुऔषध ब्राउसुगर, चरेश, अफिम र गाँजासहित पक्राउ पर्नेमा २०७२/७३ मा पनि दुई महिलासहित ३१ जना छन् । त्यस्तै आव २०७३/७४ मा महिलासहित २५ जनालाई प्रहरीले पक्राउ गरेको थियो । मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक गौतमले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ मा भने ३७ जना पुरुष र छ जना महिला लागुऔषध कारोवारीमा पक्राउ परेका थिए भने चालु आर्थिक वर्ष साउनदेखि यता लागुऔषध कारोवारमा १५ पुरुष र पाँच महिला रहेका छन् । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending