Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

दानका भरमा बन्दैछ भूमिगत सङ्ग्रहालय

बलेवा । दान र चन्दाकै भरमा करोडौँ रुपैयाँका संरचना बनाउने निकै कठिन काम हो । बागलुङको कुँडुले फेदीमा भने सहयोगकै भरमा झण्डै रु छ करोडको लागतमा संरचना बन्दै छ । कुडुलेफेदीमा निर्माण गर्न लागिएको भूमिगत शालिग्राम सङ्ग्राहलय दानकै भरमा निर्माण सम्पन्न हुने चरणमा छ । ऋषि प्रपन्नाचार्यको पहलमा निर्माण थालिएको शालिग्राम सङ्ग्राहलयको काम जोगीले कमण्डल थापेकै भरमा निर्माण भइरहेको छ । “जोगीको कमाण्डल लिएर हिँडेपछि जति आउँछ, त्यसैका भरमा निर्माण गरिरहेका छौँ”, ऋषि प्रपन्नाचार्यले भने, “अन्य संरचना पनि चन्दाबाटै बनायौँ ।” सङ्ग्रहालय निर्माणका लागि कुनै पनि सरकारी तथा गैरसरकारी निकायबाट सहयोग नपाएको उनको भनाइ छ । निर्माणाधीन भूमिगत शालिग्राम सङ्ग्राहलयमार्फत सिङ्गो कालीगण्डकी सभ्यता १०० मिटर लामो सुरुङभित्रै देखाउने तयारी छ । यहाँको मुक्तिनाथ वेद विद्याश्रम सञ्चालन भइरहेकै स्थानमा सुरुङ खनेर शालिग्रामको भूमिगत सङ्ग्राहलय निर्माणको काम भइरहेको हो । त्रिशूल आकारको सुरुङमार्ग झण्डै रु डेढ करोडको लागतमा खनिसकिएको छ । यहाँ एक लाख शालिग्राम व्यवस्थित रूपमा राख्न मिल्ने सङ्ग्राहलय बन्दैछ । पर्यटकको आकर्षणका लागि भूमिगत सङ्ग्राहलय निर्माण गरिएको भए पनि सो अभियानले सहयोग पाएको छैन । धर्ममा आस्था तथा नजिकैको विद्यालय र मन्दिरमा पुग्ने मनकारीको सहयोगकै भरमा काम धमाधम चलिरहेको छ । योजना पूरा भएमा मासिक एक लाख पर्यटक भित्र्याउन सकिने सङ्ग्राहलय व्यवस्थापन समितिका अध्यक्ष प्रपन्नाचार्यले बताए । भदौ १ गते गण्डकी प्रदेशका वन, वातावरण तथा उद्योगमन्त्री विकास लम्सालले बजेट विनियोजनको आश्वासन दिएर सुरुङको शिलान्यास गर्नुभएको हो । शिलान्यास गरेर फर्किनुभएका मन्त्री लम्सालले अहिलेसम्म सहयोग नगरेको स्थानीयवासीको गुनासो छ । उक्त पूर्वाधार बनिसक्दा भारतीय पर्यटक बढी आउन सक्ने अध्यक्ष प्रपन्नाचार्य बताउनुहुन्छ । नेपालीले कालीगण्डकी सभ्यताको विषयमा सिक्ने थलोका रूपमा विकास हुने र बाह्य पर्यटकका कारण देशकै अर्थतन्त्र बलियो बनाउन सकिने उनको तर्क छ । दानदाताकै भरमा सुरुङ निर्माण सकिएकाले अब भित्री भागमा पूर्वाधार निर्माण थालिने छ । सुरुङभित्रै धार्मिक पुस्तकालय, दामोदरकुण्डको योजना र धौलागिरि हिमालको आकृति पनि बन्नेछ । यहाँ भजनकीर्तनका लागि आउने बागलुङ उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष सहदेव राजभण्डारीले झण्डै रु एक करोड खर्चेर सभाहल तथा गरुडशिलासमेत बनाइरहनुभएको छ भने मन्दिरलगायतका अन्य संरचना पनि बन्दैछन् । “सबैको स्रोत दान नै हो,” राजभण्डारीले भन्नुभयो । उहाँले आफ्ना अभिभावकको स्मृतिमा सहयोग गरेको बताए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies