भारतको एक मन्दिरमा प्रसाद खाएपछि ११ जनाको ज्यान गएको र दर्जनौं बिरामी भएको त्यहाँको प्रहरीले जनाएको छ।
दक्षिणी राज्य कर्नाटकस्थित एक मन्दिरमा भएको एउटा धार्मिक कार्यक्रममा प्रसाद खाएपछि करिब ७० जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको बताइएको छ।
प्रहरीका प्रवक्ताले उपचार गराइरहेका मध्ये ११ बिरामीहरूको अवस्था गम्भीर रहेको बीबीसीलाई बताएका छन्।
उक्त घटनापछि दुईजनालाई पक्राउ गरिएको बताइएको छ।
गुनासो
यो घटना सुलावाडी गाउँको किच्चुकुट्टी मारम्मा मन्दिरमा भएको हो।
एकजना स्वास्थ्य अधिकारीले उक्त खानेकुरामा विष हुनसक्ने बताएको स्थानीय सञ्चारमाध्यमले लेखेका छन्।
\'हामीलाई पूजा सकिएपछि गोलभेडा र भात खान दिइएको थियो जसमा अलि नमिठो गन्ध आइरहेको थियो\' उक्त धार्मिक कार्यक्रममा सहभागीले संवाददातालाई भने।
\'जसले उक्त खाना फाले उनीहरू ठीक छन्\', उनीहरूले भने।
\'तर जसले खाए उनीहरूले बान्ता गर्न थाले र पेट दुख्यो भन्दै गुनासो गरे।\'
आश्चर्य
उक्त घटना चमराजनगर जिल्लास्थित मारम्मा मन्दिरमा शुक्रवार भएको थियो, जहाँ एउटा विशेष धार्मिक कार्यक्रम भएको थियो।
मन्दिरमा आएका भक्तजनलाई प्रसादको रूपमा ती खानेकुराहरू दिइएको बताइएको छ।
\'आज एउटा अभिषेकको कार्यक्रम थियो,\' अर्का एक प्रत्यक्षदर्शीले भने।
उक्त धार्मिक कार्यक्रमका लागि छिमेकी गाउँहरूबाट पनि मानिसहरू आएको उनले बताए।
प्रसाद खाने मानिसहरू मात्रै नभइ कौवाहरू पनि मरेका छन्।
उक्त समाचारबारे धेरैले सामाजिक सञ्जालमा आश्चर्य व्यक्त गरेका छन्। बीबीसी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: