फ्रान्सको स्ट्रास्बर्गस्थित क्रिसमस बजारमा गोली चलाउने बन्दुकधारी प्रहरीसँगको गोली हानाहानको क्रममा मारिएको फ्रान्सका आन्तरिक मन्त्रीले बताएका छन्।
एउटा प्रहरी टोलीले शेरिफ शेकाटलाई त्यो शहरको एक सडकमा फेलापारेको थियो।
तर उनले गोली चलाएपछि जबाफी कारबाही भएको बताइएको छ।
मंगलबार स्ट्रास्बर्गको क्रिसमस बजारमा भएको आक्रमणमा ३ जनाको ज्यान गएको थियो भने अन्य कैयौँ गम्भीर घाइते भएका थिए।
घटना लगत्तै प्रहरीले आक्रमणकारीको खोजतलाश थालेको थियो।
पछिल्लो कारबाहीमा मारिएका २९ वर्षीय शेरिफ शेकाट फ्रान्स र जर्मनीमा विभिन्न आपराधिक कार्यहरूमा यसअघि पनि संलग्न रहेको प्रहरीको भनाइ छ।
उनी कारागारमा हुँदा कट्टर इस्लामवादी बनेका थिए।
शेकाटको अनुहार क्रिसमस बजारमा भएको आक्रमणमा शंकास्पद भनेर सार्वजनिक गरिएको तस्बिरसँग मिल्दोजुल्दो भेटिएपछि गस्तीमा रहेका ३ जना प्रहरीको समुहले उनलाई रोक्ने प्रयास गरेको फ्रान्सका आन्तरिक मन्त्री क्रिश्टोफर कास्टानेले बताए।
शेकाटको खोजीमा सयौँ फ्रान्सेली प्रहरी र सुरक्षा फौजहरू खटेका थिए।
सोही क्रममा उनले फर्केर गोली प्रहार थालेपछि उनीविरुद्ध प्रहरीले गोली चलाएको त्यसपछि शेकाटको मृत्यु भएको मन्त्रीले खुलाए।
स्थानीय समयानुसार बेलुकी ९ बजे शेकाट प्रहरीको नजरमा परेका थिए।
शेकाटको खोजीमा सयौँ फ्रान्सेली प्रहरी र सुरक्षा फौजहरू खटेका थिए।
सो हमलासँग सम्बन्धित ५ जना मानिसहरू नियन्त्रणमा लिइएका छन्।
ती मध्ये दुई जना उनका आमाबुवा र दुई जना भाइहरू छन्।
स्ट्रासवर्गका मेयर रोल्यान्ड राइजका अनुसार शेकाट भेटिनुले ठूलो अर्थ राख्छ।
चिन्तित र भयभीत मानिसहरूको जीवन सामान्य बन्न मद्दत मिल्ने उनले बताए।
फ्रान्सेली मन्त्री क्रिश्टोफर कास्टानेले फ्रान्सेली सुरक्षा फौजलाई ट्वीटमार्फत धन्यवाद दिएका छन्। बीबीसी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: