Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

भूकम्प गएको तीन वर्ष बित्यो तर बनेन विद्यालय

गोरखा। गोरखा नगरपालिका–६ डुम्रीडाँडामा रहेको श्री रत्नलक्ष्मी माध्यमिक विद्यालयको भूकम्प गएको साढे तीनवर्ष बितिसक्दा पनि पुनःनिर्माण शुरु हुनसकेको छैन ।

भारतीय सरकारले निर्माण गरिदिने भनिएको उक्त विद्यालयको पुनःनिर्माण नभएपछि अहिले भूकम्पले भत्किएको भवनमा नै जोखिम मोलेर पठनपाठन हुँदै आएको छ ।

भवन बन्न नसकेपछि प्राविधिकले रातो स्टिकर टाँसरे बस्न नहुने भनेको भवनमा नै अहिले विद्यार्थी राखेर विद्यालयले पठनपाठन गर्दै आएको प्रधानाध्यापक साधना त्रिपाठीले जानकारी दिए ।

“चर्केको भवनमा बालकक्षा, नर्सरी, ८, ९ र १० कक्षाका विद्यार्थी राखेर कक्षा सञ्चालन गर्दै आएका छौँ”, उनले भने, “कक्षाकोठाको अभाव भएपछि जोखिम मोलेरै भए पनि विद्यालय सञ्चालन गर्नुपरेको छ ।”

भूकम्पपछि भारतीय दूतावासले उपलब्ध गराएको पालमुनि विद्यालयले कक्षा सञ्चालन गर्दै आएको भए पनि अहिले पालसमेत च्यातिएपछि फेरि पुरानै चर्केको भवनमा विद्यार्थी राख्नुपरेको उनले बताए । “गएको वर्ष कक्षा आठको नतिजा राम्रो आएपछि अन्य विद्यालयबाट समेत विद्यार्थी भर्ना हुन आएका थिए, विद्यालयको भवन ढल्न लागेको देखेपछि भर्ना भएका विद्यार्थी विद्यालय छोडेर अन्य विद्यालयमा पढ्न जान थालेका छन्”, प्रधानध्यापक त्रिपाठीले भने ।

जोखिमयुक्त भवनमा नराख्ने हो भने चौरमा बाहेक अन्त विकल्प नै नभएको उनले बताए । बाँकी कक्षा कोठा टिनले बारेको टहरामा सञ्चालन गर्दै आएको उनले जानकारी दिए । जस्ताकै बार जस्ताकै छाना भएकाले चिसोमा अति चिसो र गर्मीमा अति गर्मीे हुने हुँदा विद्यार्थीलाई पढ्न सकस भएको उनले बताए ।

“जाडो शुरु भएदेखि अधिकांश विद्यार्थी खोक्न थालेका छन्, अहिले उनीहरूलाई चिसोबाट जोगाउन पालैपालो घाममा राखेर पढाउन शुरु गरेका छौं।” प्रधानध्यापक त्रिपाठीले भने ।

कक्षा सञ्चालन गर्दासमेत एउटा कक्षामा पढाउँदा अर्को कक्षामा हल्ला जाने भएकाले शिक्षण कार्यमा समस्या हुनेगरेको उनले बताए । भूकम्पका कारण विस्थापित भएर सौरपानी, रञ्चोक, सिम्जुङलगायतका ठाउँबाट सदरमुकाम आएका अधिकांश विद्यार्थी उक्त विद्यालयमा अध्ययन गर्दै आइरहेको विद्यालयले जनाएको छ ।

भारत सरकारले विद्यालयको भवन निर्माण गरिदिने भनिए पनि ढिलाइ गरेका कारण अहिलेसम्म पनि भवन निर्माण शुरु हुन नसकेको प्रधानध्यापक त्रिपाठीको भनाइ छ । भवन निर्माण गर्दा ठेकेदार भारतीय नै हुनुपर्ने अडानका कारण ढिलाइ भएको भन्ने जानकारी आएको उनले बताए । रासस

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending