Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

बुद्धका विचार विश्वभरिमै लोकप्रिय छन्– राष्ट्रपति भण्डारी

बुटवल। राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानव जीवनमा शान्तिको बाटो देखाएकाले उनका विचार विश्वभरि नै लोकप्रिय हुन सकेको बताएकि छिन् । राष्ट्रपति भण्डारीले गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि दिएको योगदानकै कारण उनीप्रति सम्पूर्ण नेपालीले गर्व गर्ने भएकाले उनको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा शान्ति र कल्याण प्राप्त हुने धारणा राखिन् । राष्ट्रपति भण्डारीले आज लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गर्दै गौतम बुद्धका उपदेशलाई विश्व शान्तिका लागि मार्गदर्शक सन्देशका रूपमा स्वीकार एवं अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवद्र्धन गर्न आवश्यक रहेको बताइन् । उनले बौद्ध शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन अध्यापन र अनुसन्धानलाई अभिवृद्धि गर्दै राष्ट्रको शैक्षिक तथा प्राज्ञिक वातावरणलाई अझ बढी स्वस्थ, स्वच्छ, मर्यादित र उपलब्धिमूलक बनाउने राज्यको नीति रहेको बताए । उनले लुम्बिनी बौद्ध विश्वविद्यालय राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उच्चस्तरीय बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको बौद्धिक केन्द्र र प्राज्ञिक संस्कृतिमा आधारित उच्चस्तरको शिक्षण तथा रचनात्मक प्राज्ञिक संस्थाको रुपमा विकास हुने विश्वास व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले बौद्ध दर्शनमा शिक्षा प्रदान गर्न, प्राकृतिक स्रोत र साधनको उपयोग गरी सामाजिक, सांस्कृतिक समृद्धि हासिल गर्न, मूल्यवान पुरातात्विक र ऐतिहासिक स्थलको शोध–अनुसन्धान गरी तिनलाई विश्वमा चिनाउन आवश्यक रहेको बताइन्। उनले बुद्ध जन्मस्थल लुम्बिनीलाई सुन्दर पर्यटकीय स्थलका रुपमा विकास गर्ने, ओझेलमा परेका भाषा र संस्कृतिको उत्खनन गरी राष्ट्रको मौलिकतालाई अघि ल्याएर गौरवशाली राष्ट्रिय पहिचान कायम गर्न आवश्यक रहेको बताइन् । परम्परागत मान्यताबाट समाजलाई मुक्त गरी गतिशील मूल्य र मान्यताको स्थापना गर्न, लोकतान्त्रिक मूल्य र राष्ट्रियताप्रति सजग रही विश्व शान्तिको सम्बद्र्धन गर्दै सिङ्गो राष्ट्रको सर्वाङ्गीण विकासमा योगदान दिनसक्ने प्रतिस्पर्धायुक्त सबल र दक्ष उच्च जनशक्तिको उत्पादन गर्नुपर्ने आवश्यकतामा राष्ट्रपति भण्डारीले जोड दिइन् । राष्ट्रपति भण्डारीले मुलुकमा पटक पटकका आन्दोलन र सङ्घर्षको परिणामबाट आजको अवस्थासम्म आई मुलुकको समग्र विकास र समृद्धिका ढोका खुलेको भए पनि हाम्रा कार्यभार भने अझै पूरा भई नसकेकाले संविधानसभाद्वारा जनताको चाहना अनुरूप बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानको कार्यान्वयनमा अझै चुनौती रहेको बताइन् । उनले आर्थिक सामाजिक रूपान्तरणद्वारा स्वाधीन, समुन्नत राष्ट्रको निर्माण गर्ने जनताको चाहना पूरा गर्न र संविधान कार्यान्वयनको बाँकी कार्यभार सम्पन्न गर्न देशभित्रका जिम्मेवार राजनीतिक दल र आम समुदायको एकता अझै आवश्यक रहेको बताउनु हुँदै यसका निम्ति सहकार्यको बाटो अवलम्बन गरी राजनीतिक स्थिरता कायम गर्नु आजको आवश्यकता हो भनिन् । यसअघि राष्ट्रपति भण्डारीले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजा तथा प्रार्थना गरेकि थिइन् । समारोहमा राष्ट्रपति भण्डारीले लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति प्रा नरेशमान बज्राचार्य र प्रा त्रिरत्न मानन्धर, पूर्व रजिष्टार डा पीताम्बरलाल यादव र तीन विद्धानलाई विशेष सम्मान गरे । कार्यक्रममा प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले बौद्ध विश्वविद्यालयले बौद्ध धर्मको प्रचारप्रसारमा योगदान पु¥याउने र विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्राज्ञिक थलो बनाउन राज्यका केन्द्रीय, प्रदेश र स्थानीय सरकारले योगदान पु¥याउनु पर्नेमा जोड दिए । उनले लुम्बिनी देवदह तिलौराकोट र रामग्रामलगायत बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको खोज र अनुसन्धानमा बौद्ध विश्वविद्यालयको भूमिका महत्वपूर्ण हुने बताए। सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई शान्ति र ज्ञानप्रेमीको आस्थाको केन्द्रको रुपमा विकास गर्न सरकार प्राथमिकताका साथ अघि बढेको बताए । उनले लुम्बिनी गुरुयोजना अगामी तीन वर्षभित्र सम्पन्न गर्न सरकारले ‘ग्लोबल टेण्डर’को माध्यमबाट अघि बढाउन थालेको जानकारी गराए । कार्यक्रममा विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्टार तिलकराम आचार्यले विश्वविद्यालयको सम्पूर्ण अवस्थाका बारेमा जानकारी गराएका थिए ।
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies