Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

‘न्याय नपाए सैनामैना जानुुु' अभियान शुरू भएपछि...

रुपन्देही। न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन सैनामैना नगपालिकाले अभियान शुरु गरेको छ । मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्ने अधिकार स्थानीय निकायलाई भएकाले न्यायिक प्रक्रिया सहज होस् भन्ने उद्देश्यले वडाका एकसय अगुवालाई मेलमिलाप सम्बन्धी प्रशिक्षण दिइएको नगरउपप्रमुख तथा न्यायिक समिति संयोजक बिना रानाले जानकारी दिए । वडाबाटै आउने साना विवाद वडामै टुङ्ग्याउन वडाका अगुवा सचेत हुन जरुरी भएको र उनीहरुको सहयोगमा मेलमिलापकर्ताले विवाद समाधान गर्नसक्ने भएकाले पहिलो चरणमा वडाका प्रतिनिधिसँगै अगुवालाई पनि प्रशिक्षण दिन थालिएको उनले बताए । नगरप्रमुख चित्रबहादुर कार्कीले भने, “पहिले न्याय नपाए गोर्खा जानु भन्थे अब न्याय नपाए सैनामैना जानु भन्ने बनाउनुपर्छ । ” मेलमिलापको माध्यमबाट विवाद निरुपण गर्ने अधिकार स्थानीय निकायलाई भएकाले न्यायिक प्रक्रिया प्रभावकारी बनाएर छिटो न्याय दिन चेतनामूलक अभियान थालनी गरिएको उनले बताए । समाजमा हुने हिंसा, झैझगडा, पारिवारिक समस्याजस्ता विवादलाई समयमै निवारण नगर्दा अदालतसम्म पुग्नुपर्ने स्थिति आउन नदिन विवाद निरुपणका लागि मेलमिलापकर्ता दक्षहुनुपर्नेमा नेकपाका नगर अध्यक्ष खुशीराम चौधरीले जोड दिए ।न्यायिक समितिका सदस्य सविता भण्डारीका अनुसार अहिलेसम्म न्यायिक समितिमा जग्गा विवाद, घरेलु हिंसा, अंशबण्डालगायत ४० उजुरी परेका छन् ।रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending