Ntc summer Offer
Khabar Dabali २७ बैशाख २०८१ बिहीबार | 9th May, 2024 Thu
NIMB

चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारलाई राहत

दमौली ।  चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको भानु नगरपालिका–२ ढल्केवरका १० वर्षीय अमृत गुरुङको परिवारलाई राहत प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आज बिहान मृतकको घरमा पुगी मृतकका मामा हुमबहादुर गुरुङलाई राहत स्वरुप रु ५० हजार प्रदान गरेका छन् । राहत हस्तान्तरण कार्यक्रममा डिभिजनल वन अधिकृत केदार बराल, भानु नगरपालिकाका प्रमुख उदयराज गौली, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डे उपस्थित थिए । गोरखा सिङ्ला घर भई मामा विषबहादुर गुरुङको घरमा बसेर अध्ययन गर्दै आएका बालकको शनिबार राति चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । खाना खाएर हात धुन बाहिर निस्केका गुरुङलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । उनको उपचारको क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको थियो । अमृत स्थानीय मनकामना बोर्डिङ स्कुलमा कक्षा २ मा अध्ययनरत थिए । राहत रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले चितुवालाई नियन्त्रणमा लिन हरसम्भवको प्रयास गरिएको भन्दै सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरे । उनले चितुवा नभेटिए सम्म निरन्तर खोजी कार्य रहने भन्दै स्थानीय जनप्रतिनिधि, सामुदायिक वन र स्थानीयवासीले चितुवा खोज्नका लागि सहयोग गर्नुपर्ने उनको भनाइ छ । भानु क्षेत्रमा ठूलो घना जङ्गल भएकोले जङ्गल सफा गर्ने अभियानमा सामुदायिक वनका उपभोक्ता लाग्न प्रमुख जिल्ला अधिकारी शर्माले आग्रह गरे । डिभिजनल वन अधिकृत बरालले चितुवाको आक्रमणबाट मृत्यु भएका बालकको परिवारलाई रु १० लाख क्षतिपूर्ति उपलब्ध गराइने बताए । उनका अनुसार नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिस सामान्य घाइते भएमा ५० हजारसम्म, गम्भीर घाइते भएमा एक लाख सम्म र मृत्यु भएमा निजका परिवारलाई अधिकतम १० लाख रुपैयाँसम्म उपलब्ध गराउने व्यवस्था रहेको छ । भानु नगरपालिकाले नरभक्षी चितुवा नियन्त्रणमा लिनेलाई पुरस्कारको व्यवस्था गर्ने भएको छ । नगरपालिकाका प्रमुख उदयराज गौलीले चितुवा नियन्त्रणमा लिनका लागि सबै प्रकारको उपाय अवलम्बन गरिने भन्दै नियन्त्रणमा लिनेलाई उचित पुरस्कारको व्यवस्था गरिने जानकारी दिए । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies