Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

कमल दह छेउमै पाहुना घर निर्माण

रुकुम ।  जिल्ला छुट्टिएपछि रुकुमकोटमा आवतजावत बाक्लिएको छ । प्रशासनिक तथा न्यायिक कार्य यहीबाट भइरहेको छ । घुम्न आउनेको विश्राम थलो रुकुमकोट भएको छ । यहाँ पुगेपछि मात्र घुम्न जाने अन्य थुप्रै गन्तव्य भेटिन्छन् । चहलपहलमा वृद्धि भएपछि व्यवस्थापन शुरु गरिएको छ । अहिले खाने बस्नेसहितको सुविधा सम्पन्न पाहुना घर निर्माण भइरहेको छ । सिस्ने गाउँपालिका–५ को कमल दह नजिकै पाहुना घर बन्दै गरेको छ । रु दुई करोडको लगानीमा बन्न लागेको पाहुना घरको ५० प्रतिशत काम सकिएको स्थानीयले बताएका छन् । निर्माण जिम्मा ग्याल्भा क्याराभान काठमाडौँले लिएको छ । निर्माण कम्पनीका प्रतिनिधि डम्बर विकले एक वर्षभित्र तयार भएर स्थानीय सरकारलाई हस्तान्तरण गर्ने बताए । पाहुना घरका सबै झ्याल ढोका पुरानैशैलीका र रुकुमकोटको इतिहास झल्काउने प्रयास गरिएको छ । हातैले कुदेर विभिन्न आकृति गराइने छ । जसले पौराणिक कला र सीपको प्रचारप्रचार एवं संरक्षण हुने विश्वास लिइएको छ । पाहुना घरमा सुविधा सम्पन्न १५ कोठा हुने छन् । यस्तो घरका कारण जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वास स्थानीय सरकारले लिएको छ । पाहुना घर निर्माणपछि पर्यटकलाई खान बस्नको समस्या नहुने सिस्ने गाउँपालिकाका प्रवक्ता जीवन केसीले बताए । रुकुमकोट मात्र नभएर सिङ्गो जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र कमल दह छेउमै पाहुना घर बन्दै गरेकाले पर्यटन प्रवद्र्धन तथा प्रचारप्रचारमा थप बल पुग्ने आशा गरिएको केसीले बताए । पाहुना घर रुकुमकोटको लागि महत्वपूर्ण संरचना भएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए । “यो सिस्नेमा मात्र होइन, समग्र जिल्लाकै लागि विकासको एउटा माध्यम बन्ने छ । शहरी विकास तथा भवन डिभिजन कार्यालयले पाहुना घरका साथै सभा हललगायत अन्य संरचनाको पनि निर्माण थालेको छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies