खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले आ–आफ्नो जित पक्का भएको दाबी गरेका छन् भने परम्परागत दलहरूलाई नयाँ दलले चुनौती दिएको देखिएको छ।
२०७९ सालको समानुपातिक मत परिणाम अनुसार, एमालेले २४,२७१, कांग्रेसले १८,६७२, तत्कालीन माओवादी केन्द्रले ११,८४५ मत पाएका थिए। त्यस्तै, नेकपा एकीकृत समाजवादीले ३,३६३, जनता समाजवादी पार्टी नेपालले २,२४८, र राष्ट्रिय स्वतन्त्र पार्टीले १,२५५ मत पाएका थिए।
नेपाल बार एसोसियसनका जिल्ला सचिव अधिवक्ता ओमप्रकाश घिमिरेका अनुसार, “खोटाङमा कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। यसपटक मतान्तर धेरै सानो हुने भएकोले हार–जितको नतिजा धेरै नजिकबाट निर्धारण हुनेछ।”
एमालेबाट पाँचपटक चुनाव लडेका विशाल भट्टराईले मैदान छाडेका छन्। उनको सट्टामा देवविक्रम राईलाई उम्मेदवार बनाइएको छ। भट्टराईले एमालेको जित पक्का भएको दाबी गर्दै भने, “समानुपातिक मतको आधारमा एमाले पहिलो भएको कारण यसपटक एक्लै चुनाव लडे पनि पार्टीको जित निश्चित छ। म विगतमा ०७० र ०७४ मा विजयी भइसकेको छु। ०७९ मा माओवादी केन्द्रका रामकुमार राई ३१,३५१ मतसहित विजयी भएका थिए भने मैले २८,६७२ मत पाएको थिएँ।”
कांग्रेस उम्मेदवार वीरकाजी राई पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन्। कांग्रेस एकढिक्का भएर चुनावमा होमिएकाले पार्टीको परिणाम सकारात्मक हुने उनले बताए। कांग्रेस जिल्ला उपसभापति इवन राईका अनुसार, “यसपटकको अवस्था पहिलेको गठबन्धन भन्दा फरक छ। वर्तमान अवस्थामा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ। रास्वपा र श्रम संस्कृति पार्टीले कति मत तान्छन् भन्नेमा पनि परिणाम निर्भर रहनेछ।”
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार डा. हरि रोका आफ्नो क्षमताशीलता, बौद्धिक नेतृत्व र राष्ट्रिय योगदानका कारण विजयी हुने दाबी गर्दै आएका छन्। नेकपा केन्द्रीय सदस्य राजन राईका अनुसार, “डा. रोका राष्ट्रिय फिगर हुन्। उनको उम्मेदवारीले जिल्लाबासीलाई ऊर्जा प्रदान गरेको छ र पार्टीको जीत सुनिश्चित भएको छ। विभिन्न १६ पार्टीको एकता, अनुभवी नेतृत्व र बलियो संगठन संरचनाले पनि नेकपाको विजय सुनिश्चित गरेको छ।”
उम्मेदवारहरूले घरदैलो, क्षेत्रगत भेटघाट र प्रचार–प्रसार कार्यक्रममा सक्रियता देखाइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरीले बिहीबारदेखि घरदैलो कार्यक्रम सुरु गर्ने बताए। उनले भने, “एक महिनाको चुनावी तालिका तयार गरी काठमाडौँबाट खोटाङ आउँदैछौं। अब घरदैलो कार्यक्रम र प्रचार–प्रसारमा केन्द्रित हुने छौं।”
श्रद्धा र संगठनको आधारमा आफ्ना उम्मेदवारलाई जिताउने रणनीतिमा रहेका अन्य दलहरू पनि प्रचार–प्रसारमा जुटेका छन्। श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष प्रताप राईले चुनावी कार्यक्रम बनाइ प्रचार–प्रसारमा लाग्ने बताए।
यस प्रकार, खोटाङको निर्वाचन क्षेत्र यसपटक परम्परागत दल र नयाँ उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धाको केन्द्र बन्दैछ। मत परिणाममा सानो मतान्तरले विजेता निर्धारण गर्ने भएकाले निर्वाचन निकै रोचक हुने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ५ गते, २०८२ - १९:५३
काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...
चैत्र ५ गते, २०८२ - १९:५१
काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...
चैत्र ५ गते, २०८२ - १९:४७
काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...
चैत्र ५ गते, २०८२ - १९:१०
काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...
चैत्र ५ गते, २०८२ - १९:०६
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...
चैत्र ५ गते, २०८२ - १८:५८
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...
चैत्र ४ गते, २०८२ - २१:२२
सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...
चैत्र ४ गते, २०८२ - २१:१७
काठमाडौं । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...
चैत्र ४ गते, २०८२ - २१:१५
काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...
चैत्र ४ गते, २०८२ - २१:१३
काठमाडौं । अष्ट्रेलिया पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। काठमाडौं महानगरपालिका–३२ बस्ने ५५...


प्रतिकृया लेख्नुहोस्: