खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले आ–आफ्नो जित पक्का भएको दाबी गरेका छन् भने परम्परागत दलहरूलाई नयाँ दलले चुनौती दिएको देखिएको छ।
२०७९ सालको समानुपातिक मत परिणाम अनुसार, एमालेले २४,२७१, कांग्रेसले १८,६७२, तत्कालीन माओवादी केन्द्रले ११,८४५ मत पाएका थिए। त्यस्तै, नेकपा एकीकृत समाजवादीले ३,३६३, जनता समाजवादी पार्टी नेपालले २,२४८, र राष्ट्रिय स्वतन्त्र पार्टीले १,२५५ मत पाएका थिए।
नेपाल बार एसोसियसनका जिल्ला सचिव अधिवक्ता ओमप्रकाश घिमिरेका अनुसार, “खोटाङमा कांग्रेस, एमाले र नेकपाबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ। यसपटक मतान्तर धेरै सानो हुने भएकोले हार–जितको नतिजा धेरै नजिकबाट निर्धारण हुनेछ।”
एमालेबाट पाँचपटक चुनाव लडेका विशाल भट्टराईले मैदान छाडेका छन्। उनको सट्टामा देवविक्रम राईलाई उम्मेदवार बनाइएको छ। भट्टराईले एमालेको जित पक्का भएको दाबी गर्दै भने, “समानुपातिक मतको आधारमा एमाले पहिलो भएको कारण यसपटक एक्लै चुनाव लडे पनि पार्टीको जित निश्चित छ। म विगतमा ०७० र ०७४ मा विजयी भइसकेको छु। ०७९ मा माओवादी केन्द्रका रामकुमार राई ३१,३५१ मतसहित विजयी भएका थिए भने मैले २८,६७२ मत पाएको थिएँ।”
कांग्रेस उम्मेदवार वीरकाजी राई पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन्। कांग्रेस एकढिक्का भएर चुनावमा होमिएकाले पार्टीको परिणाम सकारात्मक हुने उनले बताए। कांग्रेस जिल्ला उपसभापति इवन राईका अनुसार, “यसपटकको अवस्था पहिलेको गठबन्धन भन्दा फरक छ। वर्तमान अवस्थामा त्रिपक्षीय प्रतिस्पर्धा देखिन्छ। रास्वपा र श्रम संस्कृति पार्टीले कति मत तान्छन् भन्नेमा पनि परिणाम निर्भर रहनेछ।”
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार डा. हरि रोका आफ्नो क्षमताशीलता, बौद्धिक नेतृत्व र राष्ट्रिय योगदानका कारण विजयी हुने दाबी गर्दै आएका छन्। नेकपा केन्द्रीय सदस्य राजन राईका अनुसार, “डा. रोका राष्ट्रिय फिगर हुन्। उनको उम्मेदवारीले जिल्लाबासीलाई ऊर्जा प्रदान गरेको छ र पार्टीको जीत सुनिश्चित भएको छ। विभिन्न १६ पार्टीको एकता, अनुभवी नेतृत्व र बलियो संगठन संरचनाले पनि नेकपाको विजय सुनिश्चित गरेको छ।”
उम्मेदवारहरूले घरदैलो, क्षेत्रगत भेटघाट र प्रचार–प्रसार कार्यक्रममा सक्रियता देखाइरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुद्र गिरीले बिहीबारदेखि घरदैलो कार्यक्रम सुरु गर्ने बताए। उनले भने, “एक महिनाको चुनावी तालिका तयार गरी काठमाडौँबाट खोटाङ आउँदैछौं। अब घरदैलो कार्यक्रम र प्रचार–प्रसारमा केन्द्रित हुने छौं।”
श्रद्धा र संगठनको आधारमा आफ्ना उम्मेदवारलाई जिताउने रणनीतिमा रहेका अन्य दलहरू पनि प्रचार–प्रसारमा जुटेका छन्। श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष प्रताप राईले चुनावी कार्यक्रम बनाइ प्रचार–प्रसारमा लाग्ने बताए।
यस प्रकार, खोटाङको निर्वाचन क्षेत्र यसपटक परम्परागत दल र नयाँ उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धाको केन्द्र बन्दैछ। मत परिणाममा सानो मतान्तरले विजेता निर्धारण गर्ने भएकाले निर्वाचन निकै रोचक हुने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १६ गते, २०८२ - २२:१६
भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...
माघ १६ गते, २०८२ - २२:१५
काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...
माघ १६ गते, २०८२ - २१:५२
खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...
माघ १६ गते, २०८२ - २१:४२
काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...
माघ १६ गते, २०८२ - २१:२९
काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...
माघ १६ गते, २०८२ - २१:२७
ललितपुर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...
माघ १६ गते, २०८२ - २१:१३
काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...
माघ १६ गते, २०८२ - २१:०१
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...
माघ १६ गते, २०८२ - २०:५९
ब्रसेल्स । डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...
माघ १६ गते, २०८२ - २०:५६
बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...




प्रतिकृया लेख्नुहोस्: