Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

महिलाद्वारा सञ्चालित विद्यालयमा बालबालिकाको आकर्षण बढ्दो

लमही ।  महिला चुलोचौकोमै सीमित हुँदा हिंसा बढिरहेका बेला दाङको एक विद्यालयलाई शिक्षिकाले मात्रै सञ्चालन गरेकी छिन् । कुनै समय विद्यार्थी अभावमा बन्द भएको विद्यालयलाई महिलाकै सक्रियतामा पुनःसञ्चालनमा ल्याइएको थियो । महिला नेतृत्व तहमा पुगेर काम गर्न सक्दैनन्, भन्ने भ्रमलाई चिर्दै घोराही उपमहानगरपालिका–३ बेलुवामा रहेको रात्रि प्राथमिक विद्यालयलाई महिला शिक्षकले मात्रै सञ्चालनमा ल्याएका हुन् । महिलाले पनि अवसर पाएमा नेतृत्व तहमा रहेर पनि आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन् भन्ने यो गतिलो उदाहरण बनेका छन् । विद्यार्थीको अभाव भएको भन्दै विसं २०७२ मा बन्द भएको उक्त विद्यालयलाई चार शिक्षिकाको सक्रियतामा पुनःसञ्चालनमा ल्याइएको हो । विद्यालय व्यवस्थापन समितिमा पनि सबै महिलामात्रै हुनुहुन्छ । विसं २०७३ देखि पुनःसञ्चालनमा आएको उक्त विद्यालयमा शुरुदेखि नै अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु भएको छ । जसले गर्दा अहिले विद्यालयले नतिजा पनि सन्तोषजनक ल्याउँदै आएको छ । कक्षा ३ सम्म चलिरहेको उक्त विद्यालयमा तीन जना आधारभूत तहका शिक्षकको दरबन्दी छ भने एउटा दरबन्दी शिशु कक्षाको छ । जसमा प्रधानाध्यापक छमा सुवेदी छिन् भने शिक्षिकामा सुशीला पोखरेल, रीखा गाह र प्रवीणा चौधरी छन् । विद्यार्थीको सङ्ख्या नपुगेपछि बन्द भएको उक्त विद्यालय सञ्चालनमा ल्याउन त्यहाँका अभिभावक, तत्कालीन जिल्ला शिक्षा कार्यालय र ती शिक्षिकाको पहलमा पुनःसञ्चालनमा ल्याइएको थियो । त्यस क्षेत्रको एकमात्र सरकारी विद्यालय बन्द भएपछि त्यहाँका बालबालिका शिक्षाबाट वञ्चित हुने भन्दै उक्त विद्यालयलाई सञ्चालनमा ल्याउन पहल थालेको विद्यालयकी प्रअ छमा सुवेदीले बताइन् । “त्यस क्षेत्रमा एकमात्र सरकारी विद्यालय छ, त्यही विद्यालय पनि बन्द भएपछि बालबालिकाको भविष्य अन्योलमा पर्ने देखिएपछि हामीले विद्यालय सञ्चालनमा ल्याउन पहल थालेका हौँ”, सुवेदीले भनिन् । विद्यालय सञ्चालनमा ल्याउनका लागि सबै शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीले शैक्षिकसत्र विसं २०७३ मा विद्यालय भर्ना अभियान सञ्चालन गरेका थिए । त्यतिबेला उक्त विद्यालयमा भर्ना हुने विद्यार्थीको सङ्ख्या धेरै भएपछि पुनःविद्यालय सञ्चालनमा ल्याइएको प्रअ सुवेदीले बताइन् । अहिले विसं २०७५ मा आउँदा ५५ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । विद्यालयका प्रधानाध्यापक सुवेदीले महिलाले पनि हरेक क्षेत्रमा उदाहरणीय काम गर्न सक्छन् भन्ने कुराको प्रमाणित गर्न पनि आफूहरु इमान्दारी पूर्वक लागेको बताए । “महिलाले नेतृत्वमा पुगेर काम गर्न सक्दैनन्, भन्ने भ्रम थियो”, उहाँले भन्नुभयो, “हामीले यसलाई चिर्न सफल भएका छौँ ।” साथै महिला पनि हरेक काममा दक्ष हुने भन्दै अब चुलो र चौकोमै सीमित हुने दिन अन्त्य भए महिला हिंसा पनि अन्त्य हुने उनको भनाइ छ । महिलाले पनि समाजमा उदाहरणीय काम गर्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गर्न महिला नै विद्यालय सञ्चालन गर्न आँट गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पा चौधरीले बताइन् । थारू समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रका बालबालिका निजी विद्यालयमा पढ्न सक्ने अवस्था नभएको भन्दै उक्त विद्यालयलाई पुनःसञ्चालनमा ल्याउन पहल थालिएको उनको भनाइ छ । “यहाँका सबै बालबालिका गरीब परिवारका छन्”, उनले भनिन्, “उनीहरुको भविष्यका लागि पनि विद्यालय सञ्चालनमा ल्याएका हौँ ।” एकपटक बन्द हुने अवस्थामा रहेको उक्त विद्यालयलाई नमूना विद्यालय बनाएरै छोड्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरिन् । अहिले प्रत्येक अभिभावक, व्यवस्थापन समिति, शिक्षिकाले विद्यालय सञ्चालनका लागि मासिक रु १० जम्मा गर्दै आएको अध्यक्ष चौधरीले बताइन् । अभिभावकले पनि सोही विद्यालयमा पढेका विद्यार्थी निजी विद्यालयमा पढेका विद्यार्थी कमजोर नभएको बताएका छन् । गाउँमै राम्रो विद्यालयका रुपमा उक्त विद्यालय सञ्चालन भएपछि अभिभावक पनि खुशी भएका छन् । अहिले विद्यालयमा कम्प्युटर, ल्याप्टप तथा मल्टि मिडियाको प्रयोग गरी अध्यापन गराउँदै आइएको छ । रासस

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies