Khabar Dabali ६ माघ २०८२ सोमबार | 19th January, 2026 Mon
Investment bank

प्रचण्डलार्इ छाडेर वामदेव गाैतम किन लागे माधव र झलनाथतिर ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका २१ केन्द्रीय सदस्यले उठाएका मागमा सचिवालय सदस्य वामदेव गौतमले साथ दिएका छन्। बालुवाटारमा बिहीबारदेखि बसेको सचिवालय बैठकमा नेता गौतमले केन्द्रीय सदस्यको मागमा छलफल गर्नुपर्ने अडान राखेका हुन् । गत बुधबार २१ जना केन्द्रीय सदस्यले पार्टी र सरकारको आलोचना गर्दै केन्द्रीय कमिटीको बैठक बोलाउन र पोलिटब्युरो गठनपछि मात्रै केन्द्रीय सदस्यहरूको जिम्मेवारी तथा कार्य विभाजन तोक्न महासचिव विष्णुप्रसाद पौडेलमार्फत अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका थिए । अाजको नागरिकमा खबर छ-सचिवालय बैठकमा ती केन्द्रीय सदस्यले उठाएको माग पन्छाउँदै पहिले पोलिटब्युरो गठन कि केन्द्रीय सदस्यको कार्य विभाजन भन्नेमा शीर्ष नेताहरूबीच छलफल भएको थियो। त्यस क्रममा नेता गौतमले केन्द्रीय सदस्यका माग जायज रहेकाले ती मागउपर सचिवालय बैठकमा छलफल हुनपर्ने अडान राखेका थिए । सचिवालय बैठकमा उनीहरूको विषयलाई पार्टी अध्यक्षद्वयले उठाउनै नचाहेपछि नेता गौतमले सचिवालयकै बैठकमा छलफल गर्नुपर्ने अडान राखेको स्रोतले जनाएको छ। केन्द्रीय सदस्यहरू डा. विजय पौडेल, जगन्नाथ खतिवडा, ठाकुर गैरे, रामकुमारी झाँक्री, माधव अर्याललगायतका नेताहरूले प्रादेशिक तहको एकता तथा कमिटीगत समायोजनका लागि केन्द्रीय स्तरबाटै प्रयास गर्नुपर्ने र तल्ला कमिटी तथा जनसंगठनलाई आआफ्नो एकीकरण, समायोजन र कामको जिम्मेवारी बाँडफाँट आफैं टुंग्याउन दिनुपर्ने माग गरेका थिए । सचिवालय बैठकमा अध्यक्षद्वय ओली र दाहाल केन्द्रीय सदस्यको कार्य विभाजन टुंग्याएर पोलिटब्युरो गठन गर्ने पक्षमा छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पोलिटब्युरो गठनसम्बन्धी अजेन्डा टुंग्याएर मात्र कार्य विभाजन गर्नुपर्ने मत राखेका छन् । उनीहरूसँगै नेता गौतमले पनि पोलिटब्युरो गठनपछि मात्रै केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोक्नुपर्ने मत राखेका थिए । छिटो वा तत्काल निर्णय गर्नुपर्ने अवस्थामा केन्द्रीय कमिटीले अनुमोदन गर्ने गरी स्थायी समितिले निर्णय गर्ने पूर्वपरम्परालाई पालना गर्न माग गरेको विषयमा नेता गौतम सहमत भएका छन् । सचिवालय बैठक स्थगित भएपछि केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्नेमध्ये केही केन्द्रीय सदस्यहरू आइतबार बिहान गौतमलाई भेट्न गएका थिए । गौतम निवास भंैसेपाटी पुगेका उनीहरुले आफ्ना माग सुनुवाइ नभएको गुनासो गरेका थिए । सचिवालय बैठकबाट पोलिटब्युरो सदस्य र सिनियर केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी तोकिए बाँकीलाई संघीय निर्वाचन क्षेत्रको इन्चार्जको जिम्मेवारी दिने गरी छलफल चलिरहेको छ । सचिवालयले कार्य विभाजनको ठोस प्रस्ताव तयार पारे स्थायी समितिले चार सय ४१ जना केन्द्रीय सदस्यकै कार्य विभाजन गर्ने तयारी छ । केन्द्रीय कमिटीको एक तिहाई एक सय ४७ जना रहेको पोलिटब्युरो गठन गर्ने नेकपाको तयारी छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending