Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

अयोध्यामा किन चर्कियो हिन्दू-मुसलमानबीच विवाद ?

भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा जम्मा भएका दशौं हजार हिन्दूहरूले १६औं शताब्दीको बाबरी मस्जिद रहेको स्थानमा मन्दिर निर्माणको माग गरेका छन्।

सन् १९९२ मा दक्षिणपन्थी हिन्दूहरूको भिडले उक्त मस्जिद भत्काएको थियो र पछिल्ला केही महिनायता त्यहाँ मन्दिर बनाउने चर्चा चल्दै आएको छ। त्यस्तो माग राख्नेमा धेरैजसो सांसद, मन्त्री र सत्तारूढ भारतीय जनता पार्टी (बीजेपी)का नेताहरू छन्। भारतको सबैभन्दा धेरै जनसङ्ख्या भएको उत्तर प्रदेश राज्यले केन्द्रीय संसदमा सबैभन्दा बढी सांसदहरू पठाउँछ।

कारण

देशको आगामी सरकार बनाउन चाहने जुनसुकै पार्टीले उक्त प्रदेशमा ठूलै जित हासिल गर्नुपर्ने हुन्छ। संवाददाताहरूका अनुसार बीजेपीले पुन: एकपटक उक्त मन्दिर रहेको उत्तर प्रदेश राज्यका हिन्दूहरूलाई धार्मिक रागका आडमा उचाल्न खोजिरहेको छ। पार्टीको त्यस्तै रणनीतिले सन् २०१४ मा काम गरेको थियो जतिखेर कुल ८० मध्ये बीजेपीले ७१ सीट जितेको थियो। त्यस्तो लहरले गत वर्षको राज्य स्तरको चुनावमा समेत शानदार विजयसाथ हिन्दू कट्टरपन्थी योगी आदित्यनाथलाई मुख्यमन्त्री बनाए तापनि बीजेपीले थुप्रै स्थानीय चुनावमा भने हार बेहोर्यो। त्यस्तो हारको एउटा कारण खडेरी र कृषि उत्पादन घट्दा सरकारले राहत दिन नसक्नुमा थियो। अयोध्याबाट बीजेपीले गुमाएको उक्त पकड फिर्ता ल्याउन खोज्नेछ।

इतिहास

बाबरी मस्जिदका लागि हिन्दू र मुस्लिमहरू एक शताब्दी अघिदेखि भिड्दै आएका छन्। विश्व हिन्दु परिषद्‌ र अन्य हिन्दु समूहरूले १६ ‍औं शताब्दीमा बाबरी मस्जिद रहेकै ठाउँमा हिन्दु मन्दिर बनाउन चाहेका छन्। हिन्दुहरूले उत्तर प्रदेशस्थित धार्मिक क्षेत्रमा उनीहरूले धेरै मान्ने भगवान रामको जन्म भएको विश्वास गर्छन्। तर मुसलमानहरूले आफूहरूले त्यहाँ पुस्तौंसम्म प्रार्थना गरेको बताउँछन्। सन् १९९२ मा हिन्दु मानिसहरूको भिडले त्यहाँ रहेको मस्जिदलाई भत्काइदिएपछि दुई समुदायबीचको तनाब चुलिएको थियो। विवादहरू बढेपछिका पछिल्ला दशकमा हिन्दु र मुस्लिम पक्षधरहरू थुप्रैपटक अदालतसम्म पुगेका छन्। भारतको सर्वोच्च अदालतले त्यस्तै एउटा मुद्दामा ज्यानुअरी २०१९ मा सुनुवाईका लागि मिति तय गरेको छ। तर अलाहवाद उच्च अदालतले भने सन् २०१० मै एउटा फैसला सुनाउँदै मस्जिद रहेको उक्त मुख्य क्षेत्रलाई तीन भागमा विभाजित गरेर दुईतिहाई क्षेत्र हिन्दूलाई र एकतिहाई मुस्लिमलाई दिने फैसला सुनाएको थियो। उक्त फैसलाले पहिलोपटक त्यस ठाउँ भगवान रामको जन्मस्थल हो भन्ने कुरालाई समेत उल्लेख गरेको थियो। बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies