Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

एक्कासी सुन्तलाका बोट सुक्न थालेपछि किसान चिन्तित

रुकुम। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका सुन्तला किसान यो वर्ष चिन्तित बनेका छन् । यहाँको वडा नं ३, ४ र ५ का किसानले खेतबारीमा लगाएको सुन्तलाका बोट सुक्न थालेपछि किसानलाई चिन्ता थपिएको हो । सुन्तला उत्पादनको हिसाबले यस क्षेत्रको रुघा र खारालाई जिल्लामै पकेट क्षेत्रका रुपमा लिने गरिन्छ । तर यो वर्षदेखि यहाँका धेरैजसो किसानको सुन्तलाका बोट सुक्दै गएको सुन्तला किसान जयबहादुर सुनारको भनाइ छ । उनका अनुसार यो वर्षको बर्खा सकिएसँगै सुन्तलाका बोट सुक्न थालेको र पातसमेत पहेलै भएर झर्न शुरु गरेको बताइएको छ । सुनारले गाउँमा सुन्तलाको उत्पादन राम्रो देखिएकाले दुई वर्षअघि २५० वटा सुन्तलाको बेर्ना खेत र पाखो बारीमा लगाएको जानकारी दिए । तर यो वर्ष आफूले लगाएको सबै सुन्तलाको बोट सुक्न थालेकाले आजभोलि निद्रा नै लाग्न छाडेको सुनार बताउछन् । “सुन्तलाको खेती शुरु गरेसँगै राम्रो आम्दानी हुने अनुमान गरेको थिएँ, तर अब त्यो सम्भावना रहेन,” उनले भने । हामीलाई जस्तो चिन्ता त अरू कसलाई होला रु सुनारको दुखेसो छ । त्यस्तै वडा नं ५ का खिमबहादुर ओलीलाई पनि सुन्तलाको बोट सुक्दै गएकाले ठूलो चिन्ता थपिएको छ । उनले पाँच वर्षअघि खेत र पाखो बारीमा ५०० भन्दा बढी सुन्तलाका बोट लगाका थिए । रु ५० का दरले खरीद गरेर अन्नबाली उत्पादन हुने ठाउँमा लगाइएका सबै सुन्तलाका बोट हाल सुक्न थालेपछि ओलीलाई पनि सुन्तला खेतीले निराश बनाएको छ । “यस वर्षबाट खेतबारीमा लगाइएका धेरैजसो सुन्तला फल्न शुरु गरेका थिए, तर एकाएक बोट नै सुक्न थाले,” उनले भने । सुन्तला खेतीबाटै घरपरिवारको खर्च टार्ने गरी अन्नबालीको खेती छाडेका यस क्षेत्रका केही किसानलाई यस वर्षदेखि सुन्तला खेतीले थप चिन्ता थपिदिएको छ । सुन्तला उत्पादनका लागि यहाँको उपयुक्त हावापानी र पर्याप्त माटो हुँदासमेत सुन्तलाका बोट सुकेर गएकाप्रति किसान आश्चर्यमा परेका छन् । यहाँका किसानले उत्पादन गरेको सुन्तला जिल्लाको विभिन्न बजार र सदरमुकाम मुसिकोटमा समेत पुग्ने गर्दछ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies