Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

वडा कार्यालयका काम होटल र चियापसलबाट

पर्वत। पर्वतको कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा आयोजित एक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जनप्रतिनिधिहरूलाई भने, “वडाध्यक्षहरूले होटल, चिया पसल र सडकमा बसेर नागरिकहरूका काम गरेको पाइएको छ, यसो नगर्नुहोला ।” “जनप्रतिनिधिहरूले आफ्नै कार्यालयबाट जनताका विभिन्न सिफारिश गर्दा राम्रो हुन्छ, यसरी होटल, चिया पसलमा बसेर गरिएका सिफारिश अब मान्य हुँदैनन्,” प्रजिअको यस्तो भनाइ आएपछि कार्यक्रममा सहभागी वडा नं १२ ठूलीपोखरी, वडा नं १३ खौलालाकुरी र वडा नं १४ का अध्यक्षहरूले टाउको हल्लाएर हुन्छ भन्ने समर्थन जनाए । यो प्रतिनिधि विषय मात्र हो । स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएपछि पनि पुरानै प्रवृत्ति देखिएको छ । वडाध्यक्षहरू अहिले पनि झोलामा कार्यालयका सबै सामग्री बोकेर सदरमुकामकै होटल तथा चिया पसलबाट नागरिकका काम सिफारिश गर्ने गरेको पाइएको छ । सरकारले गाउँगाउँमा सिंहदरबारको अधिकार प्रत्यायोजन गरेको भए पनि वडाका कार्यालयको सेवा भने सदरमुकाम केन्द्रित नै बनिरहेपछि नागरिकको सास्ती ज्यूँका त्यूँ बनेको हो । वडाध्यक्षहरू सदरमुकाम केन्द्रित बन्दा नागरिकले सहजरूपमा सेवा पाउन नसकेको गुनासो छ । राजनीतिक भेला, गोष्ठी, समारोह र व्यवसाय सदरमुकाममा हुने गरेकोले जनप्रतिनिधिहरू सदरमुकाममा नै सम्पर्क कार्यालय खोलेर बस्ने गरेका कारण सेवाग्राही मर्कामा परेको गुनासो आउन थालेको छ । सम्बन्धित स्थानीय तहले पनि कडाइ नगर्दा यो समस्या आएको प्रजिअको ढकालको भनाइ छ । कुश्मा नगरपालिका–३ दुर्लुङको सम्पर्क कार्यालय सदरमुकामस्थित वडा नं ४ दुर्लुङ चोकमा भाडामा राखिएको छ । फलेवास नगरपालिका–११ पाङराङका वडाध्यक्ष शेरबहादुर सुनुवार कुश्मा नगरपालिका–५ मै व्यवसाय गरेर बसिरहनुभएको छ । उहाँले हरेक काम आफ्नो पसलबाट गर्दै आउनुभएको छ । त्यसैगरी मोदी गाउँपालिका–४ क्याङका अध्यक्ष मनकुमार पुन पनि सचिवसहित अधिकांश समय सदरमुकामकै एक होटलमा बसेर जनताका काम गर्दै आउनुभएको छ । त्यस्तै कुश्मा नगरपालिकाकै वडा नं ११ पकुवाका अध्यक्ष शिव पौडेल कुश्माबजारमै होटल व्यवसायमा छन् भने वडा नं १० पिपलटारीका सुजन विक सुनचाँदी व्यवसाय गर्दै आएका छन् । जिल्लाका सात वटा स्थानीय तहका ६१ वडामध्ये अधिकांश वडाध्यक्ष र सचिव कार्यालयमा नबसेको पाइएको भन्दै प्रजिअ ढकालले असन्तुष्टि व्यक्तसमेत गरेका थिए । वडाध्यक्षहरूले सदरमुकाम नछाड्ने भएपछि आफूहरू पनि सदरमुकाममा नै सम्पर्क कार्यालय खोलेर बस्दै आएको वडा सचिवहरूको भनाइ छ । वडा सचिव तोयानाथ शर्माले वडाध्यक्षको वडामा भन्दा सदरमुकाममा नै बाक्लो बसाइ भएका कारण सेवाग्राहीको सहजताका लागि सदरमुकाममा सम्पर्क कार्यालय स्थापना गरिएको जानकारी दिए । फलेवास नगरपालिका–११ पाङराङका बासिन्दाले पनि नगरपालिकामा आएर वडाध्यक्षको सिफारिश लिनुपर्दा सास्ती पाएको बताएका छन् । अध्यक्ष शेरबहादुर सुनुवारले घर नै सदरमुकाममा भएका कारण धेरै सेवाग्राही कुश्मा आउने भएपछि घरबाटै सेवा दिँदै आएकोले नागरिकलाई खासै असहज नभएको बताए । जिल्ला प्रशासन कार्यालय रहेको कुश्मा र इलाका प्रशासन कार्यालय रहेको हुवासबजारमा जनप्रतिनिधि र वडा सचिवहरू बस्ने गर्दा गाउँकै वडा कार्यालयबाट सहजरूपमा सेवा पाउन नसकेको भन्दै यसका लागि सम्बन्धित स्थानीय तहले कडाइ गर्नुपर्ने वडा नं ३ दुर्लुङका कुल शर्माले बताए । अहिले नागरिक वडा तहमा ३५ वटा सेवा लिन जाने गरेका छन् । वडा कार्यालयमा धेरै जिम्मेवारी भए पनि जनप्रतिनिधिको जवाफदेहीतामा कमी आउँदा वडा कार्यालय सदरमुकामबाटै सञ्चालनमा भएका हुन् । स्थानीय तह कार्यान्वयनमा आउनुपूर्व पनि पर्वतका साबिकका ५५ वटै गाविसका सचिवहरू सदरमुकाममै बसेर काम गर्दै आएका थिए । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies