Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

स्रोतको दुरूपयोग हुने डरले योजना कागजमै सीमित- मन्त्री यादव

जनकपुरधाम। प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले विकासको ७० प्रतिशत स्रोतको दुरूपयोग गर्ने मानसिकताका कारण योजना कागजमै सीमित हुने गरेको बताएका छन् । राष्ट्रिय योजना आयोगद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय योजना प्रणाली विषयक कार्यशाला गोष्ठी शुभारम्भका अवसरमा मन्त्री यादवले योजनाको अनुगमन तथा मूल्याङ्कन प्रभावकारी नभएकाले भ्रष्टाचारको बिगबिगी भएको प्रसङ्ग उल्लेख गर्दै उनले दीर्घकालीन विकासका लागि सही योजनाको तर्जुमा, बजेट विनियोजन र तीनै तहमा समन्वय र सहकार्यको आवश्यकतामा जोड दिए । सो अवसरमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेशमा सही ढङ्गले योजना र बजेटको विनियोजन हुन नसकेको बताउँदै प्रदेशको नीति, योजना र बजेटको कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले सङ्घ, प्रदेश र स्थानीय तहबीच अन्तरसम्बन्ध तथा सामञ्जस्यताको खाँचो औंल्याए । प्रदेश नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाले विकाससम्बन्धी सवालमा तीनै तहबीच आउन सक्ने बुझाइको भिन्नता र तहगत समन्वय र जिम्मेवारीको प्रष्टता हुनुपर्छ भने । राष्ट्रिय योजना आयोगका सदस्य डा उषा झाले प्रदेश नं २ को अवस्था कर्णाली झैँ रहेको बताउँदै यथार्थलाई मनन र जिम्मेवारीबोध गर्दै धरातलीय योजना प्रणालीको निर्माणमा ऐक्यबद्ध हुनुपर्नेमा जोड दिए । कार्यशालामा योजनाको अवधारणा, आवधिक योजना तर्जुमाको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान, तीनै तहबीचको अन्तरसम्बन्ध कायम गर्नेसम्बन्धी अभिमुखीकरण, मध्यमकालीन खर्च संरचनाको अवधारणा तथा प्रदेशस्तरमा सोको तर्जुुमा तथा सीप, तथ्याङ्कको महत्व, बजेट तर्जुमा सम्बन्धमा विद्यमान प्रक्रिया र वित्तीय स्रोत बाँडफाँटसम्बन्धी जानकारी, विकास प्रक्रियाको अनुगमन तथा मूल्याङ्कनसम्बन्धी अवधारणाको प्रयोगबारे छलफल हुने बताइएको छ । तीनदिने कार्यशालामा प्रदेश प्रमुख कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र विषय क्षेत्रगत मन्त्रालय र प्रदेशसभाका सचिव, प्रदेश मुख्य न्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता, प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख र योजना तर्जुमासम्बन्धी कार्यमा संलग्न उपसचिवको सहभागिता छ । रासस
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending